• १६ भदौ २०८१, आइतबार

साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता

blog

काठमाडौँ, माघ ३ गते । मुलुकमा लगानी गर्न सबैभन्दा धेरै साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता धेरै आउने गरेको छ । उद्योग विभागका अनुसार चालुु आर्थिक वर्षको छ महिनामा (साउन–पुुस) सम्म २२६ उद्योगमध्ये सबैभन्दा धेरै २११ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ । 

यस्तै १२ वटा मझौला र सबैभन्दा कम १२ ठुुला उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ । साना उद्योगमा कम लगानी गर्न सकिने हुुँदा प्रतिबद्धता धेरै आउने गरेको विभागको भनाइ छ । 

साना उद्योगमा लगानी गर्नका लागि स्थिर पुुँजी १० करोड रुपियाँसम्म हुुुनुुपर्ने छ । यस्तै मझौला उद्योगमा १० करोडदेखि २५ करोड रुपियाँसम्म स्थिर पुुँजी हुुनुुपर्ने र ठुुला उद्योगमा स्थित पुुँजी ५० करोड रुपियाँभन्दा माथि हुुुनुुपर्ने छ । 

विभागका अनुसार साउनदेखि पुुस महिनासम्म २२६ उद्योगमा २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । जसमा सबैभन्दा धेरै पर्यटनमूलक उद्योग १०३, सेवामूलक उद्योग ८३, उत्पादनमूलक २३, सूचना प्रविधिमा आधारित उद्योग २३, कृषिमा आधारित चार, पूर्वाधारजन्य उद्योग चार, खानीजन्य दुई उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ । 

विभागका अनुसार पुुस महिनामा मात्र २७ उद्योगमा एक अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । 

विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार ८५ उद्योगमा चार खर्ब ७२ अर्ब ३० करोड ५४ लाख ३८ हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत लगानी भित्रिने गरेको पाइएको छ ।