काठमाडौँमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०२३ हुँदै
नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०२३ आयोजना गर्ने भएको छ । मङ्गलबार महासङ्घले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर १४ देखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।
सुनको मूल्य अहिले सम्मकै उच्च
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार एक सय ५० कायम भएको छ ।
राजनीतिक अस्थिरता व्यावसायिक वातावरणको प्रमुख अवरोध
राजनीतिक अस्थिरतालाई नेपालको निजी क्षेत्रले व्यावसायिक वातावरणको अवरोधको मुख्य कारण मान्ने पाइएको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘इन्टरप्राइज सर्भेज २०२३’ को सर्वेक्षणले यस्तो नतिजा देखाएको हो । सर्वेक्षणमा सहभागी निजी क्षेत्रका संस्थामध्ये ४१.२ प्रतिशतले राजनीतिक अस्थिरतालाई व्यावसायिक वातावरणको सबैभन्दा ठुलो अवरोध मान्ने तथ्य फेला परेको हो । राजनीतिक स्थिरतापछि निजी क्षेत्रले वित्तीय पहुँच र करको दरलाई अर्को व्यावसायिक वातावरणको अवरोधक मानेका छन् । सर्वेक्षण अनुसार यस्तो प्रतिक्रिया दिनेमा समान ११.९ प्रतिशत संस्था छन् ।
संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय भएको बताउनुभएको छ ।
सामाजिक सुरक्षा कोष छैठौं वर्षमा
सामाजिक सुरक्षा कोष छैठौं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसर पारेर कोषले सोमबार विशेष कार्यक्रमको आयोजना गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कोषले विशेष कार्यक्रमको आयोजना गरेको हो ।
आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् । सामाजिक सुरक्षा कोषले कोषको योजनामा आबद्ध भएर योगदान गरिरहेका बेला विभिन्न कारणले मृत्यु भएका ४१४ योगदानकर्ताका आश्रित परिवारलाई चार हजारदेखि ९९ हजार ६२५ रुपियाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ । कोषका अनुसार बालाजु ग्रुप अफ कम्पनीमा कार्यरत सन्तोष मेट्रु र अक्सफाम जिबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उहाँहरू आश्रित परिवार श्रीमती र सन्ततिले गरेर मासिक त्यो बराबरको रकम निवृत्तिभरणका रूपमा प्राप्त गर्दै आउनुभएको छ ।
काठमाडौँ महानगरद्वारा चार महिनामा दुई अर्ब ९२ करोड राजस्व सङ्कलन
चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व सङ्कलन गरेको छ । १० अर्ब ८० करोड ७८ लाख २० हजार वार्षिक लक्ष्यमा साउन, भदौ, असोज र कात्तिक गरी चार महिनामा दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार ७२९ रुपियाँ राजस्व सङ्कलन भएको राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो ।
सुनको मूल्यवृद्धि
नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ६ सय र चाँदी तोलामा ३५ रुपियाँले बढेको हो ।
उद्योग दिवसका अवसरमा उद्यमी पुरस्कृत
नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज म्याग्दीमा उद्यमीलाई पुरस्कृत गरिएको छ । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद पाँच-पाँच हजारसहित पुरस्कृत गरेको हो ।
स्याङ्जामा घट्यो सुन्तला उत्पादन
स्याङ्जामा यस वर्ष सुन्तला उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा करिब २५ प्रतिशत कम हुने देखिएको हो ।
चार महिनामा तेह्र अर्बको खाद्यान्न आयात
चालु आर्थिक वर्षको चार महिनामा १३ अर्ब रुपियाँ बराबरको खाद्यान्न (चामल, मकै, गहुँ, कोदो, जौ र फापर) आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चार महिनामा १३ अर्ब १६ करोड ४१ लाख ७० हजार रुपियाँको खाद्यान्न आयात भएको हो । अघिल्लो वर्ष सो अवधिमा ११ अर्ब ८३ करोड ७९ लाख १९ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा खाद्यान्न आयात बढेको छ । गत वर्ष सरकारले आयातमा कडाइ गरेका कारणले खाद्यान्नको आयातमा गिरावट आएको थियो । चालु आवको चार महिनामा तीन अर्ब १५ करोड १७ लाख ८९ हजार रुपियाँको ८३ लाख २५७ केजी चामल आयात भएको छ ।
एभरेष्ट बैंकको टोखा शाखा उद्घाटन
एभरेष्ट बैंक लिमिटेडले टोखा नगरपालिका ६ मा १२८ औं शाखा खोलेको छ। शुक्रबार बैंकका सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्यले टोखा नगरपालिका वडा नं. ६, नयाँ शाखाको उद्घाटन गर्नुभएको हो।
सहकारी दर्ता, क्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक
सरकारले कुनै पनि प्रकृतिका सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाएको छ ।
कर बक्यौता एक खर्ब १३ अर्ब, साढे पाँच हजार करदाता मुद्दा मामिलामा
गत आर्थिक वर्ष २०७९/८० सम्ममा रु एक खर्ब १३ अर्ब सात करोड ५८ लाख बराबर कर बक्यौता उठ्न बाँकी रहेको देखिएको छ ।
चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले सञ्चालन गर्दै
चोभार सुख्खा बन्दरगाह निजी साझेदारी (पि.पि.पि.) मोडेलमार्फत निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ ।
जलस्रोतको दिगो उपयोगमा जोड
नेपालले दिगो र उत्तरदायी किसिमबाट जलस्रोतको उपयोग गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बिहीबार काठमाडौँमा आयोजित जलविद्युत्को दिगो विकाससम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागीले जलविद्युत् क्षेत्रको दीर्घकालीन विकासका लागि पनि जिम्मेवारपूर्ण उपयोग आवश्यक रहेको धारणा राखेका हुन् ।
माग नबढ्दा खस्कियो अन्तर्राष्ट्रिय वस्तु व्यापार
अर्थतन्त्रमा देखिएको मन्दीको असर मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा पनि देखिएको छ । मुख्य चाडपर्व तथा हिउँदका लागि आयात बढ्नुपर्नेमा त्यसको विपरीत कात्तिकमा व्यापार खस्किएको छ । गत वर्ष उत्साहप्रद रहेको निर्यात व्यापार पनि कात्तिकमा खुम्चिएको छ । भन्सार विभागका अनुसार कात्तिकमा नेपालले एक खर्ब चार अर्ब रुपियाँको वस्तु आयात गरेको छ । जबकि असोजमा नेपालले करिब एक खर्ब ४८ अर्ब रुपियाँको आयात गरेको थियो ।
विद्युत् निर्यात उत्साहजनक
भन्सार विभागको तथ्याङ्कले मुलुकको अन्तर्राष्ट्रिय व्यापार खस्कँदै गएको देखाइरहँदा मुलुकको विद्युत् निर्यातमा भने उत्साहजनक प्रगति देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपियाँको विद्युत् भारतर्फ निर्यात गरेको छ ।
चार महिनामा साढे १२ अर्बको विद्युत् भारत निर्यात
नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपियाँको विद्युत भारतर्फ निर्यात गरेको छ ।
सहुलियत पसलको कारोबार वृद्धि
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको चाडपर्वलक्षित सहुलियत मूल्य पसलको कारोबार गत वर्षभन्दा यो वर्ष दोब्बरले बढेको छ । असोज २१ देखि मङ्सिर ३ सम्म सञ्चालनमा रहेको सुपथ मूल्य पसलमा कर्पोरेसनले गत वर्ष दुई करोड ६५ लाख कारोबार गरेकामा यस वर्ष गत वर्षभन्दा पाँच करोड सात लाख बढी कारोबार गरेको हो ।
सामाजिक सुरक्षा योजना प्रभावकारी बनाउन पहल
सरकारले सबै प्रकारका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने योजनालाई थप प्रभावकारी बनाउन स्थानीय तहलाई सहजीकरणका लागि पत्राचार गरेको छ । कोषका प्रवक्ता विवेक पन्थीका अनुसार पालिकाले औपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध हुुनेलाई सहयोग गर्ने र अनौपचारिक क्षेत्रका श्रमिकका लागि पहल गरिदिने अपेक्षासहित अनुरोध गरिएको हो । अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन पाइलटका रूपमा चालु आर्थिक वर्षमा दुई हजार श्रमिकलाई योजनामा आबद्ध गराउने लक्ष्य कोषले लिएको छ ।
न्यूनतम समर्थन मूल्यमा करिब नौ हजार मेट्रिक टन धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा हालसम्म तीन जिल्लाबाट आठ हजार ९३३ मेट्रिक टन धान खरिद गरेको हो । कम्पनीले बर्दियाको राजापुरबाट आठ हजार चार सय क्विन्टल, धनगढीबाट ४८० र महेन्द्रनगर कार्यालयबाट ५३ मेट्रिक टन धान खरिद गरेको हो । अन्य जिल्लामा भने धान खरिद गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । कम्पनीले दसैँअघिदेखि बर्दियाको राजापुरबाट धान खरिद सुरु गरेको थियो । यो वर्ष ५० हजार दुई सय मेट्रिक टन धान खरिद गर्न लागिएको बताइएको छ ।
सुपथ मूल्य पसल निरन्तर सञ्चालन
चाडपर्वलाई लक्षित गरी खोलिएको सहुलियत मूल्य पसल आगामी माघसम्म निरन्तर सञ्चालन हुने भएको छ । उपभोक्तालाई सहुलियत दिन माघसम्म निरन्तर सञ्चालन गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । चाडपर्वलाई लक्षित गरेर गत असोज २१ देखि कम्पनीले मुलुकभर सुपथ पसल सञ्चालन गरेको थियो । कम्पनीका बिक्री प्रमुख भीम थापाले माघीपर्वलाई लक्षित गरी माघसम्म सुपथ पसल निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो । सुपथ पसलमा ग्राहकको आकर्षण बढ्दै गएकाले पनि निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो । बजारमा मूल्यभन्दा सस्तोमा खाद्यान्न बिक्री भएकाले पनि सामान खरिद गर्न ग्राहक आउने गरेको कम्पनीले जनाएको छ । सुपथ पसल सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई करोड ३२ लाख २० हजार रुपियाँ बजेट विनियोजन गरेको थियो ।
सैनामैनामा बुधबारदेखि औद्योगिक व्यापार महोत्सव हुँदै
रुपन्देहीको सैनामैनामा मङ्सिर ६ गतेदेखि छैटौँ राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक तथा प्रविधि, व्यापार महोत्सव २०८० सुरु हुँदैछ ।