• २४ वैशाख २०८१, सोमबार

उद्योगले सहुलियत मूल्यमा ग्यास नपाउने

blog

काठमाडौँ, माघ ६ गते । नेपाल आयल निगमले औद्योगिक प्रयोजनमा खपत हुने ग्यास परल मूूल्यमा बिक्री गर्ने तयारी गरेको छ । घरायसी र औद्योगिक प्रयोजनका लागि एउटै मूल्य कायम रहेकोमा दोहोरो मूल्य कायम गर्ने गरी अध्ययन गरिरहेको निगमले जनाएको छ । 

निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले ठुुला र बढी ग्यास खपत गर्ने औद्योगिक क्षेत्रमा परल मूल्यमा ग्यासको बिक्री गर्ने गरी तयारी भइरहेको जानकारी दिनुुभयो । घरायसी र व्यावसायिक प्रयोगका लागि हाल एउटै मूल्य कायम छ, उहाँले भन्नुुभयो, “उपभोक्ताका लागि हालकै मूल्य र औद्योगिक प्रयोजनका लागि परल मूल्यमा बिक्री गर्ने गरेका छौँ ।” दोहोरो मूल्य कायम गर्ने गरी अध्ययन गरिरहेकाले जतिसक्दो छिटो कार्यान्वयनमा ल्याइने उहाँले जानकारी दिनुुभयो ।

निगमका अनुसार १० देखि १५ प्रतिशत ग्यास ठुुला औद्योगिक क्षेत्रमा खपत हुने अनुुमानसहित मासिक धेरै ग्यास खपत गर्ने होटेल रेस्टुुरेन्टमा खपत हुने ग्यासमा परल मूल्य कायम गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुुभयो । आद्योगिक क्षेत्रमा सबैभन्दा धेरै खपत हुने ठाउँमा परल मूल्यमा बिक्री गरिने र साना साना होटेल रेस्टुुरेन्टमा हालकै मूल्य कायम गर्ने तयारी गरिएको निगमले जनाएको छ । यसअघि निगमले ग्यासमा दोहोरो मूल्य कायम गर्ने गरी उद्योगीले दुुई रङको सिलिन्डर बनाए पनि जुुन कार्यान्वयनमा आउन सकेको थिएन । 

निगमका अनुसार हाल घरायसी प्रयोजनका लागि प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ८९५ रुपियाँ रहेको छ । हाल प्रतिसिलिन्डर ग्यासमा तीन सय रुपियाँ नोक्सान रहेको छ । ग्यासको लागत मूल्य दुुई हजार १९५ रुपियाँ रहेको छ । परल मूल्य लागुु भएपछि उद्योगलाई प्रतिसिलिन्डर ग्यास दुुई हजार १९५ रुपियाँ पर्ने छ ।  छिमेकी मुलुक भारतमा घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्यासमा छुुट्टाछुुट्टै मूल्य निर्धारण गरेको छ । तर नेपालमा भने घरायसी प्रयोजनसँगै पाँचतारे होटेलदेखि सामान्य चिया पसलमा प्रयोग हुने ग्यासमा एउटै मूल्य कायम रहेको छ । 

ग्यास आयात तीन अर्बले घट्यो

भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आवको पाँच महिनामा (साउन–मङ्सिर) सम्म तीन अर्ब रुपियाँ बराबरको ग्यास आयातमा कमी आएको छ । 

विभागका अनुसार चालुु आवको पाँच महिनामा २० अर्ब ६५ करोड ५८ लाख ३० हजार रुपियाँ बराबरको ग्यास आयात भएको छ । गत वर्ष सो अवधिमा २३ अर्ब ७५ करोड ८६ लाख ३८ हजार रुपियाँ बराबरको ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुुलनामा तीन अर्ब १० करोड रुपियाँ बराबरको ग्यास आयातमा कमी भएको तथ्याङ्कले देखाएको छ । ग्यासको खपत घटेसँगै आयातमा कमी आएको हो । हाल बजारमा मासिक ४२ हजार मेट्रिक टन ग्यासको खपत हुने गर्छ । विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए पनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन । 

चालु आवको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट हुँदै आएको छ । निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा पाँच प्रतिशतले खपत घटेको छ । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले विगतका वर्षमा चिसोको समयमा ग्यासको खपत २० देखि २५ प्रतिशतसम्म बढ्ने गरेकोमा यस वर्ष आर्थिक सङ्कटका कारण खपत बढ्न नसकेको जानकारी दिनुुभयो । 

निगमका अनुसार आव २०७९/८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको थियो । आव २०७८/७९ मा ६१ अर्ब रुपियाँ बराबरको पाँच लाख ३६ हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा आठ अर्ब रुपियाँ बराबरको ग्यास आयात कम भएको छ । मुलुकमा खपत ७० प्रतिशत परम्परागत दाउरा, गुइँठा, बायोग्यास, ३० प्रतिशत ग्यास कोइला र बिजुलीबाट हुन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकभर ४४ प्रतिशत घरधुरीले ग्यासको प्रयोग गर्ने गरेका छन् ।