• १३ साउन २०८१, आइतबार

तारकेश्वरको सिरक डसना कारखानामा आगलागी

blog

काठमाडौं, माघ १३ गते । तारकेश्वरको एक सिरक डसना कारखामा आगलागी भएको छ । ताकेश्वर नगरपालिका–९ स्थित सिरक डसना कारखानामा आगलागी भएको छ ।

अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बालाजु प्रहरी परिसर कार्यालयले जनाएको छ । आगालागीमा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयाास जारी छ । आगालागी के कारणले भएको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।