बचेरा हुर्काउँदै आगन्तुक राज र स्वर्गचरी (फोटो फिचर)
राजचरी र स्वर्गचरीलाई बचेरा हुर्काउन भ्याइ नभ्याइ छ । राजचरी (ब्ल्याक न्याप्ड मोनार्क) बचेरा हुर्काउन व्यस्त छ । भाले र पोथीले आलोपालो किरा फट्याङ्ग्रा खोज्छन् । चुच्चाको सहायताले बचेरालाई खुवाउँछन् ।
साहित्य साँझमा भानुभक्तको चर्चा
स्याङ्जामा साहित्य साँझ सम्पन्न भएको छ।२११ औं भानुजयन्तीको अवसरमा शुक्रबार राति वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ ले साहित्य साँझ कार्यक्रम गरेको हो।
त्रिशूलीमा बेपत्ता मध्ये एक जनाको शव फेला
भरतपुर महानगर पालिका वडा नम्बर २९ सिमलतालबाट यात्रुसहित दुई वटा बस बेपत्ता भएको दोस्रो दिन पश्चिम चितवनको मेघौलीको गोलाघाटमा एउटा शव भेटिएको छ ।
तरकारीमा विषादी व्यवस्थापन
माथि उल्लिखित विषय पत्रपत्रिकामा आएका समाचारका शीर्षक हुन् । सञ्चार माध्यममा कृषि क्षेत्रको यो विषयले पटक पटक प्राथमिकता पाएको छ । कहिले विषादी प्रयोगका विषय, कहिले आन्तरिक बजारमा विषादी परीक्षणको विषय, कहिले सीमा नाकामा विषादी परीक्षणको विषय । स्वच्छ खाद्य वस्तु खान पाउन सबैको नैसर्गिक अधिकार पनि हो । रासायनिक विषादी मानव स्वास्थ्य र पर्यावरणीय स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसप्रति धेरै चासो हुनु स्वाभाविक पनि छ ।
मौद्रिक नीतिमा चेम्बरको उनन्चालिसबुुँदे सुझाव
नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३९ बुँदे सुझाव नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पेस गरेको छ ।
त्रिशूलीमा बेपत्ताको खोजीमा बिहानैदेखि जुटे गोताखोर सहितको टोली
त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका दुवै बसको खोजी कार्य आज पनि जारी रहेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीसहित नेपाली सेना, नेपाल प्रहरीले दुर्घटना भएको दोस्रो दिनदेखि खोजी कार्य जारी राखेको हो ।
दसौँ राष्ट्रिय खेलकुदमा ३५ खेल प्रस्ताव
कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुदका लागि ३५ खेलमा ४१९ स्पर्धा प्रस्ताव गरिएको छ । राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा आयोजित बैठकमा सो प्रस्ताव गरिएको हो ।
कांग्रेस र एमालेद्वारा राष्ट्रपतिसमक्ष सरकार गठनको दाबी पेश
सत्ता सहकार्यमा जोडिनुभएका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) का नेता तथा सांसदहरुले नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार राति दावी पेश गर्नुभएको छ ।
काँग्रेस–एमाले छैठौं सत्ता सहकार्य
संसदका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) विचको पछिल्लो राजनीतिक सहकार्यको प्रतिफल एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्न लाग्नुभएको छ ।
प्रचण्डलाई प्राप्त भएन विश्वासको मत : गुम्यो प्रधानमन्त्री पद
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वास गुमाउनुभएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वास गुमाउनुभएको हो।
चितवन दुर्घटनाका बेपत्ताको पहिचान (नामावलीसहित)
अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकको १३ ठाउँमा गएको पहिरो हटाएर सडक सञ्चालमा ल्याइएको छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुँदै (प्रत्यक्ष प्रसारण)
शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्नुहुने र उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले केहीबेरमा विश्वासको मत लिनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही बेरमा प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका उहाँले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुहुनेछ ।
चितवन दुर्घटना अपडेट : गोताखोरबाट बेपत्ताको खोजी सुरु
चितवनमा भएको दुर्घटना स्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ । शुक्रवार बिहान ३ बजे भरतपुर २९ सिमलतालमा गएको पहिरोमा परेर दुई वटा गाडी बेपत्ता भएको थियो । दुवै गाडीमा गरी ६५ जना सवार थिए ।
त्रिशूलीमा खसेका दुई बस फेला परेनन्, खोजीकार्य जारी
पहिरोमा परी त्रिशूली नदीमा खसेर दुई वटा बस हराएको छ । बसमा सवार ६५ जना यात्रु समेत बेपत्ता भएको प्रहरीले जनाएको छ ।
‘किटजन्य रोगबाट बच्न सरसफाइमा ध्यान दिउँ’
मनसुन बढेसँगै विभिन्न पानीजन्य तथा किटजन्य रोगको जोखिम बढ्ने हुनाले सतर्क रहन सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।
१९ हजार योगदानकर्ताले लिए तीन अर्ब ५५ करोड सापटी
योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट १८ हजार ८५६ योगदानकर्ताले तीन अर्ब ५५ करोड ५९ लाख रुपियाँ सापटी लिएका छन् । करिब दुुई वर्षको अवधिमा कोषमा योगदान गरेका योगदानकर्ताले त्यो बराबरको रकम कर्जा तथा सापटी योजना अन्तर्गत विभिन्न शीर्षकमा लिएका हुुन् । कोषले २०७९ साल भदौ २ गतेदेखि विभिन्न चार प्रकारको कर्जा तथा सापटी योजना सुुरु गरेको हो ।
प्रबलीकरणमा ढिलाइ हुँदा कलाकृति अलपत्र
भूकम्पबाट क्षतिग्रस्त सीता भवनको प्रबलीकरण कार्य समयमै सम्पन्न नहुँदा बहुमूल्य कलाकृति अलपत्र अवस्थामा रहेका छन् । नेपाल बाल सङ्गठन र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सीता भवन आधा आधा प्रयोग गर्दै आएका छन् ।
शोधनान्तर स्थिति चार खर्ब पच्चिस अर्बले बचत
आर्थिक वर्ष २०८०÷८१ को पहिलो ११ महिनामा मुलुकको शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोड रुपियाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको वर्तमान आर्थिक अवस्थाबारे प्रतिवेदन अनुसार अमेरिकी डलरमा तीन अर्ब २० करोडले बचतमा रहेको छ ।
कांग्रेस–एमाले सत्ता सहकार्य : यसरी बन्दैछ सरकार
प्रतिनिधि सभामा संसद् सङ्ख्याको हैसियतअनुसार प्रमुख दल मानिएका नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते सोमबार राति सत्ता सहकार्य गर्नेगरी सहमति भए यता संविधानको धारा ७६ (२) कि ७६ (३) अनुसार सरकार बन्ने बहस चुलिएको छ ।
नेपालमा धान : उत्पादनमा वृद्धि हुँदै, आकर्षण घट्दै
साँझ बिहान नियमित चामलको भात खाने प्रचलन घट्दो रुपमा छ ।
ताप्लेजुङमा घर भत्किँदा बालकसहित छ घाइते
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा अचानक एउटा घर भत्किँदा छ जना घाइते हुनुभएको छ । सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको हप्पुखोलामा मङ्गलवार खेतमा काम गरेर खाजा (नास्ता) खान बसेको घर अचानक भत्किँदा एक बालकसहित छ जना घाइते हुनुभएको हो ।
नेपालको निर्यात व्यापार धान्ने यी हुन दस वस्तु
अधिकांश वस्तुको निर्यात घटिरहेका बेला १० वटा स्वदेशी वस्तुुले नेपालको निर्यात व्यापार धानेका छन् । व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षका ११ महिनामा नेपालबाट सबैभन्दा धेरै निर्यात हुुने १० वटा वस्तुु रहेका छन् ।
चामल खरिद गर्न बिस संस्था छनोट
सरकारले भारतबाट चामल खरिद गर्नका लागि २० वटा व्यापारिक संस्था छनोट गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भारतबाट चामल खरिदका लागि आएका २८ वटा व्यापारिक कम्पनीका निवेदनमध्ये २० वटा छनोट गरेको जनाएको छ ।