बैजनी रङमा रङ्गिएको काठमाडौँ (फोटो फिचर)
जब चैत, वैशाखको चञ्चल बतासले हिमालका काखबाट सुस्तरी बगेर उपत्यका भित्रिन्छ, तब काठमाडौँले एउटा भिन्नै अवतार धारण गर्छ ।
सञ्चार क्षेत्र मर्यादित र जिम्मेवार बन्नुपर्छ : मन्त्री तिमिल्सिना
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाको पछि नलागी जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आग्रह गर्नुभएको छ ।
यसरी फेरिँदैछ रूपाको रूप
अबको तीन वर्षमा रूपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ ।
हुलाकमार्फत घरमै पुग्छ अब राहदानी र लाइसेन्स कार्ड
जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको राहदानी घरमै पुर्याउने तयारी अघि बढाएको छ । सरकारी सेवा घर–घरमै पुर्याउने योजना कार्यान्वयन गर्न लागिएको प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
वर्षौँ रोकिएको वीरगञ्ज सडक विस्तार कार्य अघि बढ्यो
वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारका लागि आइतबार बिहानैदेखि डोजर प्रयोग गरी अतिक्रमण हटाउने कार्य सुरु गरिएको छ ।
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इरानले संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथिको नौसैनिक नाकाबन्दी नहटाएसम्म होर्मुजको जल डमरूमध्य पूर्ण रूपमा खुला नहुने स्पष्ट पारेसँगै क्षेत्रीय तनाव पुनः चुलिएको छ ।
बर्डफ्लुबाट ५० करोडभन्दा बढी क्षति, किसान मारमा
कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएको बर्डफ्लु संक्रमणका कारण पछिल्लो एक महिनामा किसानले ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष आर्थिक क्षति बेहोरेका छन् ।
सामाजिक सञ्जालका सूचना आधिकारिक भए–नभएको चिन्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन् वा आधिकारिक हुन् भनेर चिन्न आवश्यक रहेको बताउनुभएको छ ।
‘जिटुजी’ मार्फत खरिद हुँदै रासायनिक मल
सरकारले छिमेकी मुलुक भारतसँग जिटुजी (सरकार–सरकार) मार्फत डेढ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्न लागेको छ । पश्चिम एसियाली मुलुकमा जारी युद्धका कारण मल आपूर्तिमा असहज भएपछि जिटुजीमार्फत मल खरिद गर्न लागिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति व्यवस्था सहज बनाउन परराष्ट्र मन्त्रालमार्फत भारतलाई पत्राचार गरेको जनाएको छ ।
कांग्रेसको अबको बाटो साङ्गठनिक र वैचारिक एकता
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनपछि उत्पन्न द्विपक्षीय विवाद निरूपण भएपछि १५ औँ महाधिवेशनका सन्दर्भमा बहस आरम्भ भएको छ । सर्वोच्च अदालतले शुक्रबार दिएको आदेशमा विशेष महाधिवेशनबाट सभापति गगनकुमार थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिले आधिकारिकता प्राप्त गरेपछि कांग्रेसका सम्पूर्ण पार्टीपङ्क्ति १५ औँ महाधिवेशनउन्मुख भएको हो ।
कार्यान्वयनले लिन थाल्यो गति
सरकारले शासकीय सुधारको २० दिनको यात्रामा आफ्ना एक सय प्रतिबद्धताका अधिकांश बुँदामा तीव्रतासाथ पाइला अघि बढाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएकै दिन चैत १३ गतेको मन्त्रीपरिषद्को पहिलो बैठकले पारित गरेको एक सय कार्यसूचीलाई मूर्तरूप दिन सरकारले गति बढाएको हो । सरकारले आफ्नै काम कसरी भइरहेको छ भनेर आन्तरिक कार्यदक्षता सञ्जाल बनाएको छ । हरेक दिन उक्त सूची पल्टाउने र परिमार्जनसहित परिणाम दिने व्यवस्था गरेको छ ।
करोडौँका ‘होल्डिङ सेन्टर’ अलपत्र
कोभिड–१९ महामारी नियन्त्रणका लागि विभिन्न जिल्लामा निर्माण गरिएका होल्डिङ सेन्टर प्रयोगविहीन छन् । करोडौँ रुपियाँ लगानीमा निर्माण गरिएका यी संरचना सञ्चालन र व्यवस्थापनको स्पष्ट योजना नहुँदा अलपत्र बनेका हुन् ।
प्रधानमन्त्री, मन्त्री ९ बजे नै कार्यकक्षमा
पछिल्लो समय सरकारी कामकाजलाई चुस्त बनाउन प्रधानमन्त्री र मन्त्री बिहान ९ बजे नै सिंहदरबार पुग्ने अभ्यास सुरु भएको छ । यसले कर्मचारी प्रशासनमा अनुशासन र समय पालनाको सकारात्मक सन्देशसमेत दिएको छ । प्रधानमन्त्री र मन्त्री समयमै कार्यालय उपस्थित हुनु र जिम्मेवारीपूर्वक काम गर्नुलाई सुशासनको पहिलो सर्तका रूपमा लिइएको छ । प्रधानमन्त्री र मन्त्री नै समयमै कार्यालय आउने र पूरा समय बस्ने भएपछि कर्मचारी स्वतः समयमै कार्यालय पुग्ने गरेको पाइएको छ ।
अध्यक्ष ओली उपचारपछि अस्पतालबाट घर फिर्ता
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपचारपछि अस्पतालबाट आज घर फर्कनु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवी) शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका उहाँ आज उपचारपश्चात घर फर्कनुभएको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाइँले जानकारी दिनुभयो । शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहनुभएको थियो ।
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण
वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मत्स्येन्द्रनाथको आज शुभसाइतमा रथारोहण गरिएको छ ।
शनिबार सवारी मुक्त असन (फोटो फिचर)
काठमाडौँ महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको केलटोल क्षेत्र शनिबार सवारी मुक्त बनेको छ ।
एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ ।
गोरखापत्र लोकसेवा तयारी कक्षा : तेस्रो शृङ्खला सुशासन सम्बन्धी ६ प्रश्नोत्तर
लोकसेवा तयारी कक्षा विशेष कार्यक्रमको तेस्रो शृङ्खलामा सुशासनसँग सम्बन्धी ६ वटा प्रश्नोत्तर समावेश छन् ।
आरोग्य दिवसको अवसरमा पैदलयात्रा (फोटोफिचर)
नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको महासभाबाट प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने गरिएको छ । दिवसको अवसरमा शनिबार यहाँ आरोग्य पैदलयात्रा गरिएको छ ।
भारतीय बजार जोगबनीमा नेपाली उपभोक्ताको भिड
सरकारले सीमा नाकामा राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा विराटनगरको रानी नाकाबाट नेपाली उपभोक्तालाई आवश्यकताको सामान ल्याउन गाह्रो छैन । त्यही भएर नेपाली ग्राहकको घुइँचो लाग्नेगरेको छ ।
पार्टी सुदृढीकरणका लागि सभापति थापाको आह्वान
नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकता र सुदृढीकरणको नयाँ मार्गप्रशस्त गरेको बताउनुभएको छ ।
कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकको आगमन
जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकुल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो।
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीविरुद्ध उल्लेख्य सङ्ख्यामा भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायर गरेको छ ।
मनसुन पूर्वको वर्षाले घटायो वन डढेलो
हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो ।