कठघरामा सङ्ग्रहालय
इतिहास न अनुमानशास्त्र हो, न त वस्तुनिष्ठ सत्य । वस्तुतः सत्यको निकट पुग्ने प्रयास नै इतिहासको दार्शनिकता हो । अभिलिखित शिलालेख, ऐतिहासिक दस्ताबेज, सभ्यताका भग्नावशेष, मूर्ति प्रतिमा, मुद्रा, मिथक–अनुश्रुतिलगायत मूर्त–अमूर्त पुरातात्त्विक तथा ऐतिहासिक सम्पदा नै इतिहास लेखनका आधार र उपकरण हुन् । परिवर्तनको साक्षीका रूपमा रहेका यस्ता ऐतिहासिक एवं पुरातात्त्विक सम्पदाहरूलाई वैज्ञानिक तरि
कथाको कथा
“हेलो सर ! नमस्कार ! म ईश्वरा । मलाई भीम सरले नम्बर दिनुभएको हो । म दर्शनाचार्य, विद्यावारिधि पढ्दै छु । भीम सरले तपाईंको ‘भत्कँदै आँगनहरू’ कथासङ्ग्रह पढ्न सिफारिस गर्नुभएको थियो । काठमाडौँको धेरै जसो पसलमा खोजेँ, कतै पाइएन । भखरै भएको पुस्त
बिस्काः जात्रा
बिस्काः जात्रा मल्लकालीन युगका सबैभन्दा उत्तेजक जात्रामा दर्ता भएको चाड मानिन्छ । जात्राहरू जताततै उत्तेजनामय नै हुन्छन् ! उत्तेजनाका प्रासङ्गिक भावार्थ अनेक छन् । उत्तेजनाले रूपरङ्ग, जोस जाँगर, प्रफुल्लता अर्थ जाहेर गर्छ । तथापि बिस्काः जात्रा अत्यधिक जनसमूहबिच भैरवनाथको भीमकाय तीनतले, पित्तल्ले छानोहरू, गजूर, टुँडाल, विशाल काठेपाङ्ग्राहरू तलैपिच्छे टुँडालहरू जडिएर आकर्षक साथै भैरवनाथ मूर्ति विराज
माग घटेपछि बुलेटमै थन्कियो ग्यास
आधा सिलिन्डर बिक्री गर्ने सरकारी निर्णय र बिजुलीमा खाना पकाउने प्रवृत्ति बढ्दा ग्यास उद्योगमा सिलिन्डर थन्किन थालेका छन् । अर्कोतिर बजारमा पहिले नै धेरै सिलिन्डर गइसकेकाले बुलेटबाट ग्यास ‘रिफिल’ गर्न नपाएको उद्योगीले जनाएका छन् । आधा तौल (७.१ केजी) को सिलिन्डर भर्न थालेपछि सिलिन्डर कम भएर ग्यास बुलेटमा थन्किन थालेका हो । ग्यास आपूर्ति नियमित हुन थालेपछि आयात पनि घटेको छ । नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा बजारमा मासिक ४५ हजारदेखि ४८ हजार मेट्रिक ग्यासको माग रहेकोमा १५ दिनको अवधिमा बजारमा १८ हजार मेट्रिक टन मात्र ग्यास आयात भएको छ । बजारमा ग्यासको अभाव हुन थालेपछि आपूर्ति व्यवस्था सहज पार्न निगमले २८ फागुनदेखि आधा तौलको सिलिन्डर वितरण गर्न उद्योगीलाई निर्देशन दिएको थियो ।
नारायणगढ–बुटवल सडकखण्ड : चौँतिस पुल र कल्भर्ट निर्माण
विस्ताराधीन पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवलखण्डको पूर्वी भाग (नागरायणगढ–दाउन्ने) मा पुल र कल्भर्ट निर्माण सम्पन्न भएको छ । यस भागमा साना र ठुला गरी कुल ३४ वटा पुल निर्माण भएको हो । यसमध्ये साना २२ र ठुला १२ वटा पुल निर्माण भएका हुन् । त्यसै गरी यस भागमा सबै कल्भर्टसमेत निर्माण सम्पन्न भइसकेको छ । सडक विभाग एडिबी निर्देशनालय प्रमुख ई. चूडाराज ढकालले विस्तारक्रममा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवलखण्डको पूर्वी भाग (नारायणगढ–दाउन्ने) मा निर्माण गर्नुपर्ने पुलको काम सम्पन्न भएको जानकारी दिनुभयो । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ ।
गगन नेतृत्वलाई वैधानिकता
नेपाली कांग्रेसको आन्तरिक विवादको न्यायिक निरूपण भएको छ । विशेष महाधिवेशन वैधानिक वा अवैधानिक भन्ने विवाद सर्वोच्च अदालतले शुक्रबार किनारा लगाएको छ । सर्वोच्चको संयुक्त इजलासले गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई नै वैधता प्रदान गरेको छ । विशेष महाविधेशनको निर्णय राजनीतिक दलसम्बन्धी ऐन र दलको विधानविपरीत रहेको भन्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको रिट निवेदन सर्वाेच्चले खारेज गरेको छ । मुलुककै पुरानोमध्येको एक पार्टीको चार महिना लामो आन्तरिक किचलो सर्वोच्चको आदेशसँगै टुङ्गो लागेको छ ।
जोखिम मोलेर बचाउने सङ्कल्प
बाढी, पहिरो, दुर्घटना, आगलागी वा डुबान जस्ता प्राकृतिक तथा दैवीप्रकोपमा परी जोखिममा परेका व्यक्तिलाई बचाउन होमिने उद्धारक सधैँ सकुशल नफर्किन पनि सक्छन् । हरदम आइपर्न सक्ने जोखिम, चुनौतीपूर्ण तथा ज्यानको पर्वाह नगरी निरन्तर कर्तव्यपथमा लाग्न राष्ट्रभक्ति र देशप्रतिको समर्पण नभई सम्भव हुँदैन, यही समर्पणलाई आफ्नो वृत्ति (करिअर) बनाउने देशभक्तको पनि यहाँ कमी छैन ।
मकवानपुर प्रशासनमा थन्किएका ७६ थान राहदानी हुलाकमार्फत पठाइयो
विभिन्न प्रयोजनका लागि राहदानी बनाएर पनि लामो समयसम्म लिन नआउने प्रवृत्ति बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाकमार्फत घरमै राहदानी पठाउन सुरु गरेको छ ।
हुम्लाको एउटै विद्यालयमा चार जोडी जुम्ल्याहा दिदीबहिनी
हिमाली जिल्ला हुम्लाको एक माध्यमिक विद्यालयमा चार जोडी जुम्ल्याहा दिदीबहिनीले एकैसाथ अध्ययन गरिरहेका पाइएको छ । सदरमुकाम सिमिकोटस्थित बालमन्दिर माध्यमिक विद्यालयमा चार जोडी जुम्ल्याहा दिदीबहिनीले अध्ययन गरिरहेका हुन् ।
संसदीय समिति सभापतिको शपथ
संसदीय समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनियताको शपथ सिंहदरबारस्थित लेखा समितिको हलमा सभामुख डोलप्रसाद अर्यालसमक्ष लिनुभएको हो ।
पीएम कप क्रिकेटको उपाधि आर्मीले उचाल्यो : सुदूरपश्चिम पाँच विकेटले पराजित
विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गर्नुभएको छ ।
लिग-२ का लागि नेपाली टोलीको घोषणा : कप्तान रोहित पौडेल
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएई र ओमान सम्मिलित त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
उद्योग समिति सभापतिमा रहबर अन्सारी निर्विरोध
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारी निर्वाचित हुनुभएको छ ।
शिक्षा समिति सभापतिमा डा. शेरचन निर्वाचित
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा. ओजस्वी शेरचन निर्वाचित हुनुभएको छ ।
लेखा समिति सभापतिमा भरतबहादुर खड्का निर्विरोध
सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । समितिको शुक्रबार बसेको बैठकले खड्कालाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो ।
आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाइनेछः सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाउने तयारी भइरहेको बताउनुभएको छ ।
संसद्का १२ समितिका सभापति चयन हुँदै
सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन गर्न आज समितिका बैठक हुँदैछन् । प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुई गरी १२ समितिका सभापतिको निर्वाचन हुन लागेको हो ।
सञ्चारमन्त्रीद्वारा मुद्रण केन्द्र निरीक्षण, २४ घण्टामा लाइसेन्स छपाइ सुरु
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिनुभएको छ ।
नारायणगढ–बुटवल सडक अन्तिम चरणमा
राष्ट्रिय गौरवका रूपमा निर्माणधीन पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्ड सात वर्षमा निर्माण सम्पन्न हुने भएको छ । ४२ महिनामा सम्पन्न गर्ने गरी ११३ किलोमिटर सडक चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले ठेक्कामा लिएको सात वर्ष पुग्न अब तीन महिना मात्रै बाँकी छ । सो अवधिभर निर्माणको काम सकेर सरकारलाई सडक हस्तान्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाको ठेकेदार पक्षले दाबी गरेको छ ।
मातातीर्थमा मातृभक्तको भिड (फोटो फिचर)
दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा तर्पण, श्राद्ध र पूजा गर्नेको भीड लागेको छ ।
संविधान संशोधनका लागि गहन छलफलमा कार्यदल
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न वर्तमान सरकारले गठन गरेको कार्यदलले काम सुरु गरिरहँदा संविधानविद् एवं संविधान निर्माणका क्रममा सक्रिय राजनीतिज्ञले संशोधन प्रक्रिया जटिल र कठोर रहेकाले गम्भीर चेतका साथ प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव दिएका छन् ।
‘दसमा निर्विरोध, दुईमा निर्वाचन’
सङ्घीय संसद्का दुई संयुक्त समिति तथा प्रतिनिधि सभाका १० विषयगत समितिमा एकै पटक नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । समिति सभापतिका लागि बिहीबार मनोनयन प्रक्रियासमेत पूरा भएको छ । १२ वटै समितिमा मनोनयन दर्ता भएको छ । १२ मध्ये दुई वटामा दोहोरो मनोनयन परेको छ । एक संयुक्त र एक विषयगत समितिमा प्रतिपक्ष दलले पनि उम्मेदवारी दिएका छन् । एकल मनोनयनमा भने निर्विरोध निर्वाचित हुने छन् ।
अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै
अबको तीन वर्षभित्र पूर्वपश्चिम राजमार्ग अन्तर्राष्ट्रिय ‘हाइवे’ को मापदण्डमा स्तरोन्नति हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा त्यस्तो उल्लेख गरिएको हो । सरकारले सार्वजनिक गरेको विभिन्न १८ क्षेत्रको प्रतिबद्धतामध्ये पूर्वाधार क्षेत्रमा त्यस्तो उल्लेख गरिएको हो । पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म छिचोल्ने पूर्वपश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) अहिले विभिन्न छ खण्डमा विस्तार भइरहेको छ । मुलुककै यातायातको ‘लाइफ लाइन’ का रूपमा रहेको यो राजमार्ग विस्तार भएपछि तराई/मधेशसहित देशको आधाभन्दा बढी जनसङ्ख्या लाभान्वित हुने विश्वास गरिएको छ ।