अन्तरिक्षमा अड्कियो ‘मुनाल’
नेपालले प्रक्षेपण गरेको सानो आकारको भूउपग्रह (नानो स्याटेलाइट) मुनाल अन्तरिक्षमा अड्किएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को पहल र छिमेकी मुलुक भारत सरकारको सहयोगमा सोमबार प्रक्षेपण
त्रिवि फेरि आन्दोलनको मारमा्
केही समय मत्थर बनेको त्रिभुवन विश्वविद्यालय फेरि विद्यार्थी आन्दोलनको मारमा परेको छ । ताला नलगाउन विगतमा सर्वोच्च अदालतले दिएको आदेशको उल्लङ्घन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल क्रान्ति
निर्वाचन घोषणापछि विधि र प्रविधि परिवर्तन हुँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न नमिल्ने बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
नेकपा केन्द्रीय सदस्यको शपथ
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य पद तथा गोपनीयताको शपथ लिएका छन्।
कठ्याग्रिँदो जाडोमा च्याङ्ग्रासँगै लेकमा रमाउँदै कृषक
चिसो बढेसँगै तापक्रम ऋणात्मक भए पनि च्याङ्ग्रा व्यवसायी गुरूङ दैनिक गोठालासहित चरन क्षेत्रमा पुग्ने गर्नुहुन्छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना कोरलाको नाकामा करिब ७ सय च्याङ्ग्राको चरन क्षेत्र व्यवस्थापन गर्दागदै गुरूङलाई चिसो झल्न बेंसी झर्ने फुर्सद समेत छैन
भारतमा ग्यास सिलिन्डर विस्फोट : नौ नेपालीको मृत्यु
भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपालीको ज्यान गएको छ । मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
निर्वाचन तोकिएको मितिमै शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ
भदौ २३ र २४ गते नवपुस्ता (जेनजी) को आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको कार्यादेश छ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने र मुलुकमा सुशासन कायम गर्नु हो । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारले सरोकारवाला निकायसँग निरन्तर संवाद गरिरहेको छ । यसै सन्दर्भमा निर्वाचन सुरक्षा चुनौती, त्यसलाई सामना गर्न गृह मन्त्रालयले गरिरहेको सुरक्षाव्य
परामर्श दिएर नेपालीले भित्र्याए अठार अर्ब
विदेशमा परामर्श दिएर नेपालीले गर्ने आम्दानी बढ्न थालेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना अर्थात् मङ्सिरसम्म नेपालीले आकर्षक आम्दानी भित्र्याएका छन् ।
पार्टीसँगै देश बदल्ने सङ्कल्प
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव र साङ्गठनिक प्रतिवेदन पेस गरिएको छ । महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माले साङ्गठनिक सुधारसहितको प्रतिवेदन सोमबार पेस गर्नुभएको हो ।
अमेरिकी बहिर्गमनले थपियो चुनौती
जलवायु परिवर्तनको विश्वव्यापी साझेदारीका विभिन्न कार्यक्रम तथा संस्थाबाट अमेरिकाले हात झिकेसँगै नेपाललगायत अति कम विकसित तथा विकासशील मुलुकको जलवायु अनुकूलन, न्यूनीकरण तथा हरित विकासका प्रयास प्रभावित हुने देखिएको छ । विश्वका सबै मुलुक हरित अर्थतन्त्रको विकासतिर अग्रसर भएका बेला सामूहिक प्रयासबाट अमेरिकाको बहिर्गमनले अन्योल सिर्जना गरेको छ ।
अर्बौंको लगानी बालुवामै पानी
भूमण्डलीय उष्णीकरण (ग्लोबल वार्मिङ) का कारण केही वर्षयता खानेपानीको समस्या भोग्दै आएका तराईका जिल्लामा अहिलेसम्म २८० वटा आकासे खानेपानी ट्याङ्की (ओभरहेड वाटर ट्याङ्क) निर्माण गरिएको छ तर ती सबै सञ्चालनमा नआई अलपत्र छन् । ट्याङ्की निर्माण गरिए पनि पानी वितरण सञ्जाल विस्तार हुन सकेको छैन । ओभरहेड ट्याङ्कीमध्ये १७६ वटा मधेश प्रदेशका जिल्लामा रहेका छन् ।
मन्त्रिपरिषदका निर्णय : म्यानमारको मन्दिर पुनर्निर्माण गर्न सहयोग
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
समुन्नत नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन, पारदर्शिता र भ्रष्ट्राचार नियन्त्रणका साथै समुनत नेपाल निर्माणका लागि डिजिटल रुपान्तरण अनिवार्य भएको बताउनुभएको छ ।
'निर्वाचनको शान्ति सुरक्षामा कुनै शङ्का गर्नुपर्दैन'
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताउनुभएको छ ।
कांग्रेस विशेष महाधिवेशनको चहलपहल (फाेटाे फिचर)
बन्दसत्रको सुरुवातमा विशेष महाधिवेशन कार्यविधि, २०८२ पारित गरिएको छ । जसले पार्टीको नीति, विधान संशोधन र सम्भवतः नेतृत्व चयनको बाटो खोल्ने अपेक्षा गरिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेको छ ।
यस्ता छन् जाडोमा मुटुरोगको जोखिमबाट बच्ने उपाय
जाडोको समयमा शरीरले तापक्रम जोगाउन विभिन्न हर्मोन सक्रिय बनाउँछ । चिसोबाट जोगिन शरीरमा क्याटेकोलामाइन र एड्रिनल हर्मोन सक्रिय हुन्छ ।
हरित निर्वाचन अभियान सुरु
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई हरित निर्वाचन बनाउने अभियान निर्वाचन आयोगले सुरु गरेको छ । सरकारको हरित विकासको रणनीतिलाई सघाउँदै आयोगले हरित निर्वाचन अभियान सुरु गरेको हो, जस अनुसार आगामी निर्वाचनलाई हरित निर्वाचन नामकरण गरेर आइतबारदेखि अभियान थालेको छ । आयोगले यो अभियान आफैँबाट सुरु गर्दै निर्वाचनका गतिविधिलाई हरियो रङका साथ सम्प्रेषण गर्न थालेको छ ।
खानीको धन्सारमा गरिबीको खात
फस्फोराइटसहित आठ वटा खानीको धन्सार जस्तो जिल्ला भए पनि दुई वटा स्थानीय तहसहित बैतडी देशका १० वटा गरिब जिल्लाको सूचीमा परेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन २०८१ अनुसार बैतडी १० वटा गरिब जिल्लाको सूचीमा पर्नुका साथै यही जिल्लाको सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका १० वटा गरिब स्थानीय तहको सूचीमा परेका छन् ।
राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज आयोजित जलपान कार्यक्रममा सहभागी हुनुभएको छ ।
चिसो बढेसँगै मुस्ताङमा पर्यटक आगमन घट्यो
हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय रौनक घट्दै जान थालेको छ । अत्यधिक चिसो बढेसँगै सदरमुकाम जोमसोमका होटललगायत यहाँका राष्ट्रिय राजमार्गमा सञ्चालित होटल सुनसान हुन थालेका छन् ।
कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा चहलपहल (फाेटाे फिचर)
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । राजधानीको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको हाे ।
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ ।सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदानको सम्मान गर्नुभएको हो ।
सहरीकरणमा नवीन अभ्यास
धेरैलाई थाहा नहुन सक्छ तर सरकारी निकायले नै आधुनिक, सुविधासम्पन्न र सहुलियत मूल्यमा आवास योजना निर्माण गरी नागरिकलाई सुम्पिने भएको छ । आधुनिक बस्ती विस्तारको योजना अनुसार राष्ट्रिय आवास कम्पनी लिमिटेडले जनताका लागि सहुलियतको मूल्य र किस्ताबन्दीमा घर बनाएर हस्तान्तरण गर्ने भएको हो ।