• ५ वैशाख २०८३, शनिबार

आरोग्य दिवसको अवसरमा पैदलयात्रा (फोटोफिचर)

blog

अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा आयोजित आरोग्य पैदलयात्रा । तस्बिरः सुजन गुरुङ

गोरखापत्र अनलाइन 

काठमाडौँ, वैशाख ५ गते । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको महासभाबाट प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने गरिएको छ । दिवसको अवसरमा शनिबार यहाँ आरोग्य पैदलयात्रा गरिएको छ । 

१० मार्च २०२६ का दिन पारित सो प्रस्ताव भएसँगै यस सन्दर्भमा परराष्ट्र मन्त्रालयले पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुख–राजदूत तथा अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनका प्रतिनिधिहरूलाई समेत आमन्त्रण गरी आरोग्य पैदलयात्राको आयोजना गरेको हो । 

हात्तीवन हिमालयन हाई रिसोर्टमा आयोजना गरिएको सो कार्यक्रम नेपाल सरकार परराष्ट्र मन्त्रालयका सचिव अमृत राई, कर्मचारी, कुटनीतिज्ञ, सर्वसाधारणहरूको उपस्थिति रहेको थियो।