• १२ साउन २०८१, शनिबार

चितवन दुर्घटना अपडेट : गोताखोरबाट बेपत्ताको खोजी सुरु

blog

सशस्त्र प्रहरी बलका गोताखोर बेपत्ता यात्रुको खोजी गर्ने क्रममा । तस्बिर : सशस्त्र प्रहरी बल

चितवन, असार २८ गते । चितवनमा भएको दुर्घटना स्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ । शुक्रवार बिहान ३ बजे भरतपुर २९ सिमलतालमा गएको पहिरोमा परेर दुई वटा गाडी बेपत्ता भएको थियो । दुवै गाडीमा गरी ६५ जना सवार थिए । 

यो पनि पढ्नुहोस

त्रिशूलीमा खसेका दुई बस फेला परेनन्, खोजीकार्य जारी

स्थानीय बासीका अनुसार केही यात्रुले झ्यालबाट हामफालेर बचेको र केही अझै बेपत्ता भएकाले खोजी सुरु गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन ।