• १२ साउन २०८१, शनिबार

त्रिशूलीमा खसेका दुई बस फेला परेनन्, खोजीकार्य जारी

blog

फाइल तस्बिर

बसन्त पराजुली

चितवन, असार २८ गते ।  पहिरोमा परी त्रिशूली नदीमा खसेर दुईवटा बस हराएको छ । बसमा सवार ६५ जना यात्रु बेपत्ता भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा  भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण पहिरो झरी वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए ।

वीरगन्जबाट आएको गाडीमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको जानकारी प्राप्त भएको छ । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ । 

उक्त स्थानमा  सशस्त्र प्रहरी बल नेपाल  नं. १७ गण चितवनबाट बाट ३५  जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २० जना खोजी कार्यका लागि परिचालन भएका छन् । साथै अहिले मुग्लिन नारायणगढ सडक अवरुद्ध रहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ । 

ढुङ्गा लागेर बस चालकको मृत्यु 

यसैगरी, असार २८ गते बिहान ३ बजे चितवन जिल्ला  भरतपुर महानगरपालिका–२९ सत्रकिलो स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाण्डौँतर्फ जाँदै गरेको लु २ ख ६५६६ नं. को बसलाई माथिबाट लेदोसहितको पहिरोसहित ढुङ्गा खसी बस चालकलाई लाग्दा जिल्ला नवलपरासी  सुनवल नगरपालिका–४ बस्ने वर्ष ३६ को मेगनाथ बिक गम्भीर घाइते उहाँको उपचारको क्रममा मृत्यु भएको छ ।

बस घटनास्थलमै  रहेको बसमा सवार यात्रुहरुला  केही नभएको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।  बाटो एकतर्फ अवरोध भएको उक्त स्थानमा  सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट २० जनाको टोली र नेपाल प्रहरी परिचालन भएको छ ।  बाटो खुलाउन सडक डिभिजनसँग समन्वय भइरहेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।