• १२ साउन २०८१, शनिबार

साहित्य साँझमा भानुभक्तको चर्चा

blog

अर्जुन काफ्ले 

स्याङ्जा, असार २९ गते। स्याङ्जामा साहित्य साँझ सम्पन्न भएको छ।२११ औं भानुजयन्तीको अवसरमा शुक्रबार राति वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ ले साहित्य साँझ कार्यक्रम गरेको हो।

वालिङ–६, मिर्दीमा गरिएको साहित्य साँझमा काठमाडौंदेखि जिल्लासम्मका साहित्यकारको उपस्थिति थियो।सहित्य साँझमा धेरै कविले आदिकवि भानुझक्तको बारेमा लेखिएका कविता, गजल तथा सहित्य पस्किए ।

कार्यक्रममा साहित्यकार तथा गोरखापत्रका नायब कार्यकारी सम्पादक तुलसीहरि कोइराला, ममता मृदुल, बिन्दु अधिकारी ढकाल, रन्जना पराजुली लम्साल, नीता श्रेष्ठ र विक्रमभक्त जोशीले रचना वाचन गर्नुभएको थियो।साहित्य साँझमा स्याङ्जाली कवि प्रकाश सिग्देल, पारिश्वर न्यौपाने, वसन्त खनाल, शम्भु अर्याल, दिलीप तिवारी फकिर, सिर्जना रेग्मी उपाध्याय, दमकुमारी बगाले, विष्णु पंगेनी पाण्डे, स्मारिका अर्याल, अर्चना अर्याल, सिजन अर्याल, दीप शारदा, देशबन्धु आचार्य, कमलप्रसाद बगाले, अनन्त अर्याल, प्रेमप्रसाद सुवेदी लगायतले आफ्ना उत्कृष्ट रचना वाचन गर्नुभएको थियो।