संविधान कार्यान्वयनमा समस्या
संविधान युद्ध र शान्तिको जगमा उभिएका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको हक सुनिश्चित गरिएको सहमतिको दस्ताबेज हो । यसको लक्ष्य, उद्देश्य, मर्म र भावनाप्रति प्रतिबद्ध रही प्राप्त उपलब्धिको स्वामित्व ग्रहण गर्दै शान्ति र संविधानका पक्षधर दलबिच सहमति र सहकार्यको राजनीति फेरि एक पटक आवश्यक भएको छ ।
स्टार्टअप उद्यम कर्जाबापत साढे तीन करोड वितरण
स्टार्टअप उद्यम कर्जाबापत उद्यमीलाई साढे तीन करोड रकम वितरण गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियतपूर्ण कर्जा पाउनयोग्य १८३ वटा व्यावसायिक परियोजनालाई उद्यम कर्जा वितरण सुरु गरेको हो ।
विपदमा परी ७४ जनाको मृत्यु
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपदमा परी एक महिनामा ७४ जनाको मृत्यु भएको छ ।
विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।
सिंहदरबार प्रवेशमा विद्युतीय पास लागू
साउन १ गतेदेखि सिंहदरबार प्रवेशका लागि विद्युतीय पास लागू हुने भएको छ ।
महिना नबित्दै तरकारीको मूल्य दोब्बरले वृद्धि
काठमाडौँ, असार २४ गते । “कमाइ बढ्दैन महँगी भने दिनदिनै बढिरहेको छ, सीमित आय भएकालाई त बाँच्नै गाह्रो भयो । थोरै कमाइ हुनेले त तरकारी खान पनि सोच्नुपर्ने बेला आयो,” यसो भनिरहँदा कालीमाटी तरकारी बजारभित्र भेटिनुभएकी विमला सुुवेदीको अनुहार मलिन देखिन्थ्यो । “एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टार्न मुस्किल छ, त्यसलाई पकाउन चाहिने तेल, नुन मसला छँदै छ । दैनिक साढे आठ सय रुपियाँ कमाउनेले एक छाकको एक सय रुपियाँको तरकारी किनेर कसरी खान सक्छन् ?” उहाँले प्रश्न गर्नुभयो । सुुवेदी निजी कम्पनीमा काम गर्नुुहुन्छ । सुुवेदीले निजी कम्पनीमा काम गरेर मासिक २४÷२५ हजार रुपियाँ कमाएर तीन छोराछोरीसहित आफ्नो सबै खर्च त्यसैबाट धान्नुु पर्छ । हुन त उहाँको तलब सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा बढी छ तर यो तलबले अहिलेको महँगीमा आफूसहित चार जनाको परिवारलाई दाल र भात मात्रै खान पनि गाह्रो छ । महँगो तरकारी कसरी खाने ? “तरकारी महँगो भएर पनि राम्रो भए त हुुन्थ्यो नि हेर्दैमा बासी कुुहुुन लागेको जस्तो देखिन्छ,” कालीमाटीमै भेटिनुुभएका कमलराज पन्थीले थप्नुुभयो । न्यून आय भएकालाई मात्रै होइन, मध्यम वर्गमा पनि राम्रै आय भएकालाई समेत भान्सा चलाउन गाह्रो भएको अनुभव उहाँले सुनाउनुभयो । कालीमाटीको खुद्रा बजारमा व्यापार गर्ने कालिका खड्का महँगो तिरेर ल्याएको तरकारी देख्दा पनि राम्रो र आकर्षक नभएकाले बिक्री नभएर चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो, “महँगो तिरेर ल्याएको तरकारी उपभोक्ताले भाउ भन्नेबित्तिकै नाक खुम्चाउँछन् । सधैँ एक केजी किन्नेले आधा केजी र पाउको कुरा गर्छन् । बर्खाको तरकारी एक दिनमै कटेन भने भोलिपल्ट सबै फ्याँक्नु पर्छ । तरकारी बिव्रmी हुँदैन, तरकारी मात्रै खाएर भएन, दाल, चामल, तेल पनि किनेरै खानु पर्छ । व्यापारमै नोक्सान भएपछि कसरी बाँच्ने ?”कालीमाटी फलफूल तथा तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बर्खा सुरु भएसँगै तरकारीको भाउमा दिनदिनै उतारचढाव आइरहेको बताउनुभयो । पछिल्लो साता तरकारी आयात घटेकाले मूल्य बढेको मात्रै होइन, राम्रो तरकारी पाउनै गाह्रो भएको उहाँले सुनाउनुभयो । आचार्यका अनुसार पछिल्लो पटक गोलभेँडा, आलु, प्याज, बन्दा, काउली, सिमी, भन्टा, बोडीलगायतको भाउ मात्रै बढेको छैन । मौसमी तरकारी हरियो फर्सी, भिन्डी, परबर, घिरौँला, लौकाको समेत भाउ उच्च दरमा बढिरहेको छ । एक सातादेखि बजारमा मौसमी तरकारीसमेत थोरै आएको भन्दै उहाँले भन्नुभयो, “तराईको उत्पादन लगभग सकिएको र पहाडी क्षेत्रको उत्पादनले मात्रै बजारको माग धान्न सकेको छैन, आउनेबित्तिकै तरकारी सकिन्छ ।” कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार बजारमा ३८० मेट्रिक टनको हाराहारीमा तरकारी भित्रिएको छ । अधिकांश तरकारीको भाउ थोकमै प्रतिकेजीको एक सय रुपियाँभन्दा बढी छ । मौसमी तरकारी बोडी, सिमी, घिरौँला, लौकालगायतको भाउ पनि उच्च छ । सामान्य अवस्थामा बजारमा एक हजार मेट्रिक टनभन्दा बढी तरकारी भित्रिने गरेको समितिले जनाएको छ । समितिका निर्देशक विनय श्रेष्ठले बर्खामा तरकारीको भाउ बढ्नु स्वाभाविक भएको स्वीकार गर्नुभयो । बजारमा भित्रिने अधिकांश तरकारी काठमाडौँ बाहिरबाट ल्याउनुपर्ने र ठाउँ ठाउँमा वर्षा र रोपाइँ सुरु भएकाले पनि बजारमा तरकारी कम आएको र बजार आई नपुग्दा कुहिने, सड्नेलगायतका कारण पनि तरकारीको भाउ तुलनात्मक रूपमा महँगो भएको उहाँको भनाइ छ । असार १ गते ३० रुपियाँमा बिक्री भएको मुला आइतबार ७५ रुपियाँमा बिक्री भयो । १८ रुपियाँमा बिक्री हुँदै आएको सानो गोलभेँडा ५५ रुपियाँ प्रतिकेजीमा बिक्री भयो । यसरी नै हरेक तरकारीको मूल्यवृद्धि हुँदा कम आयस्रोत भएका उपभोक्ता मारमा परेका छन् ।
कर्णाली नदीको बाढी सतह उक्ल्यो १० मिटर १ सेन्टिमिटर
कर्णाली नदीमा बाढीको सतह १० मिटरमाथि उक्लेको छ । आइतबार साँझ ६ः५० बजे १० मिटर १ सेन्टिमिटर पुगेको छ । कर्णाली नदीमा १० मिटरलाई शतर्कताको तह र १० मिटर ८० सेन्टिमिटरलाई खतराको तह मानिन्छ ।
सप्तकोसी नदीमा बहाव बढ्यो, चार लाख क्युसेक नजिक
सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेको छ । अहिले ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ९३ हजार ७१५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको छ ।
‘शारीरिक रूपमा स्वस्थ रहन ‘पेट’ सफा राखौँ’
पौष्टिक खानाले शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन मद्दत गर्ने चिकित्सकहरूको भनाइ छ । विभिन्न अध्ययनले स्वथ्यकर खानेकुराले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखाएको छ ।
विपदबाट प्रभावितको जिउधन रक्षामा सबै लागौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।
तटबन्धनका कारण नदी किनारका बासिन्दा सुरक्षित
केही दिनदेखि अविरल रुपमा परेको भारी वर्षाका कारण नारायणी नदीमा अहिलेसम्मकै ठुलो बाढी आएको स्थानीयको भनाइ छ ।
कोशी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह
पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले कोसी ब्यारेजमा सबै ५६ वटा ढोका खोलेको छ ।
सप्तकोसी नदीको ४६ वटा ढोका खोलिए
पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदै आएको छ । आज आइतबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको छ ।
डुबानमा सुकुम्वासी बस्ती
शुक्रबार रातिदेखि लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ ।
वर्षाका कारण उपत्यकामा खोलाको बहाव बढ्यो (फोटो फिचर)
रातिदेखि परेको पानीले उपत्यकाको खोलाको बहाव बढेको छ। उपत्यकाको बागमती, मनोहरा र हनुमन्ते लगायत खोलामा पानीको बहाव बढेको हो।
नारायणीले चेतावनी तह पार गर्यो, सतर्क रहन प्रशासनको आग्रह
नारायणी नदीले चेतावनीको तह पार गरेको छ । चेतावनीको तह पार गरेसँगै जिल्ला प्रशासन कार्यालय नवलपुरले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढीले अरुण तेस्रोको डाइभर्सन थुनियो
लगातार पानी परेपछि अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल थुनिएको छ ।
पुल बनाउने ठेकेदार दुई वर्षदेखि बेपत्ता, जनतालाई सास्ती
कालीकोटको फुगाढमा बेलिबज बगाएको चार वर्ष भयो । पुनः पुल निर्माणका बिकोई बिल्डर्स प्रालि काठमाडौँसँग पुल निर्माणका लागि दुई वर्ष अगाडी सरकारले सम्झौता गरेपछि ठेकेदार सम्पर्क विहीन भएपछि जनताले सास्ती खेप्नु बाध्य भएका छन् ।
विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौंः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि बजेट बढाउँदै लगिनेछ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गर्दै लगिने बताउनुभएको छ ।
नयाँ सत्ता समीकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास
नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बन्ने भएसँगै निजी क्षेत्र उत्साहित देखिएको छ । मुलुकका दुई ठुला राजनीतिक दलबिच भएको सत्ता समीकरणसँगै सङ्कुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्मविश्वास बढ्ने प्रतिक्रिया दिएका छन् ।
ज्ञान बढाउन विज्ञान
कक्षा ११ मा भर्नाका लागि तम्तयार भएर बसेका विद्यार्थी अलमलमा पनि पर्न सक्छन्– विज्ञान पढौँ वा व्यवस्थापन वा के विषय लिने होला ? स्वाभाविक हो, कक्षा ११ मा सही विषय छनोट गर्न सहज नहुन पनि सक्छ । आफन्तले भन्छन्– फलानो विषय पढ्नुहोस् । अर्काले सुझाव दिन्छन्– फलानो विषय पढेपछि सबैभन्दा राम्रो हुने छ । अनि साथीले भन्लान्– फलानो विषयको माग बजारमा निकै छ, त्यही पढ्नु पर्छ ल ? यता जाने कि उता जाने ? सही समयमा सही निर्णय गर्न सके भ
एसइईपछि आइटी
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भर्खरै प्रकाशित भएको छ । यतिबेला विद्यार्थीको ध्यान के पढ्ने ? कहाँ पढ्ने ? भन्नेतर्फ केन्द्रित भइरहँदा कक्षा ११ र १२ को पढाइसँगै छोटो अवधिका केही उपयोगी सूचना प्रविधि (आइटी) का सिप सिक्दा करिअरमा थप टेवा पुग्छ । विद्यार्थी भाइबहिनीले अध्ययनसँगै दैनिक एक/दुई घण्टा समय निकालेर सूचना प्रविधि (आइटी) सम्बन्धी छोटो अवधिका कोर्स गर्न सक्छन् । यस्ता सिपमूलक कोर्सहरूमा वेब डेभलपमेन्ट, डिजिटल मार्केटिङ, नेटवर्किङ,
प्रधानमन्त्रीलाई एमाले मन्त्रीहरूको कार्यभार
नेकपा (एमाले) बाट सरकारमा सहभागी आठ जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ । बुधबार राति एमालेका आठ जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा दिनुभएको थियो ।