सहिद देशका साझा सम्पत्ति हुन्: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सहिद देशका साझा सम्पत्ति भएकाले सहिदका परिवारसँग सबैले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताउनुभएको छ ।
खानेपानी व्यवस्थापनमा चुनौती : माग बढ्दो, लगानी घट्दो
भूमण्डलीय उष्मीकरण (ग्लोबल वार्मिङ) का कारण प्राकृतिक स्रोतहरू सुकेर पानीको समस्या बढ्दै गए पनि खानेपानी क्षेत्रमा सरकारको लगानी घट्दै गएको छ । खानेपानीको माग बढ्दै गएको अवस्थामा यस क्षेत्रमा बजेट वृद्धि हुनुको सट्टा घट्दै जाँदा खानेपानी व्यवस्थापनमा थप चुनौतीको सामना गर्नुपर्ने अवस्था बन्दै गएको छ । हरेक वर्ष बजेटको आकार वृद्धि हुँदै गए पनि विगत पाँच वर्षदेखि खानेपानी क्षेत्रको बजेट खुम्चिँदै गएको खानेपानी मन्त्रालयका पदाधिकारीको भनाइ छ ।
आठ देशका लागि राजदूत नियुक्ति सिफारिस
सरकारले विभिन्न आठ देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतहरु नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
नयाँ दलले पुराना राजनीतिक दललाई सम्मान गरेनन्: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताउनुभएको छ ।
गरिबको गाई सानन बाख्रा !
सपक्क परेका सेता रौँ, छोटा र ठाडा कान, मिलेको शरीर, लामो ठाडो र पातलो सिङका साथै झपक्क दारी तथा माउको विकसित ठुलो कल्चौँडो । यो पहिचान हो सानन बाख्राको । दुध उत्पादनका लागि पालिने बाख्रा भएकाले यसलाई गरिबको गाईसमेत भन्ने गरिएको छ । बाख्रा विकास फार्म चित्लाङका फार्म प्रबन्धक विश्वेश्वरप्रसाद यादवका अनुसार गाई, भैँसी पाल्न नसक्ने र सानो क्षेत्र, घाँसको अभाव भएका किसानले दुधका लागि सानन बाख्रा नै उपयुक्त हुन्छ ।
सञ्चार मन्त्रालयको बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ (पूर्णपाठ)
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि संसदमा उठेको प्रश्नको जवाफ दिनुभएको छ।
सामाजिक सद्भाव बिगार्ने छुट कसैलाई छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान विपरीत धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तोसुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पार्नुभएको छ ।
क्यान्टिलिभर पुल मर्मतपछि सञ्चालन
उत्तरी गोरखाको धार्चे गाउँपालिका – १ यारु बगरमा भएको क्यान्टिलिभर पुल (भीर खोपेर बनाइएको) तीन वर्ष पछि मर्मत सँगै स्थानीय तथा पर्यटकलाई यात्रा गर्न सहज भएको छ । २०७८ सालमा आएको विनाशकारी बुढी गण्डकीको बाढीले क्यान्टिलेर पुलमा क्षति पुर्याउदा त्यस पुलबाट ३ वर्ष सम्म आवतजावत नै बन्द भएको थियो ।
जलेश्वरका वडाध्यक्षद्वयले पाए प्रमुख र उपप्रमुखको जिम्मेवारी
भ्रष्टाचार आरोपमा प्रमुख र उपप्रमुख नै निलम्बनमा परेपछि जनप्रतिनिधिविहीन रहेको जलेश्वर नगरपालिकाले कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरेको छ । नगरपालिकाले रवीन्द्र यादवलाई प्रमुख र रत्तन चौधरीलाई उपप्रमुखमा चयन गरेको हो ।
सर्लाहीमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१ रायमाझी चोकमा बिहीबार बिहान यात्रुवाहक बस र भारतीय मालवाहक ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
शौच च्यापेर रात कुर्नुपर्ने बाध्यता
“बिहान घाम नझुल्किँदै शौचालय गइसक्नु पर्छ दिउँसो दिसा लाग्यो भने त च्यापेरै बस्ने हो । कतिबेला अँध्यारो होला भनेर कुर्नुपर्ने बाध्यता छ । अब त रोक्ने बानी पनि परिसक्यो तर बिरामी हुँदा भने धेरै समस्या हुन्छ ।” यो पीडादायी अभिव्यक्ति कपिलवस्तु नगरपालिका–१२, बिठुवाका महिलाको हो तर यो उनीहरूको मात्र समस्या होइन बरु नेपालका तराई र पहाडका अधिकांश स्थानमा शौचालयको अभावमा सर्वसाधारणले बेहोर्नुपरेको लज्जास्पद पीडाको प्रतिनिधि भनाइ पनि हो ।
नमुना सदरमुकाम निर्माण प्रक्रिया सुरु
नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माणका लागि प्रक्रिया अघि बढेको छ । डिपिआर तयार भई वातावरण प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको लामो समयसम्म पनि प्रक्रिया अघि नबढेपछि आलोचना भइरहेका बेला सदरमुकाम निर्माणले गति लिने देखिएको हो । सदरमुकामका लागि पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र एकीकृत प्रशासनिक भवन बनाउन टेन्डर प्रक्रियाले लगभग अन्तिम रूप लिएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिनुभयो ।
जोखिम न्यूनीकरणका लागि समयमै सही सूचना आवश्यक : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरो लगायत विपद् जोखिम न्यूनीकरण गर्न आम नागरिकलाई समयमै सही सूचना दिने व्यवस्था मिलाउन मातहतका निकाय तथा सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ ।
झापामा दुई हजार तीन सय परिवार बाढीको जोखिममा
झापाका चार पालिकाहरू बाढीको उच्च जोखिममा रहेका छन्। १५ पालिकामध्ये ४ वटा उच्च र थप अन्य चार पालिका आंशिक जोखिममा रहेका हुन्। जिल्लामा दुई हजार तीन सय घरपरिवार उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बताएकाे छ।
राष्ट्रपतिद्वारा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गर्नुभएको छ । जर्मनी भ्रमणका क्रममा उहाँले जर्मनीका राष्ट्रपति डा. फ्रैङ्क–वाल्टर स्टाइनमायेरसँगको भेटमा यस्तो आग्रह गर्नुभएको हो ।
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर बुधबार बिहान स्वदेश फर्कनुभएको छ ।
चुनावी नारा मात्र बन्यो जनकपुरको फोहोर व्यवस्थापन
स्थानीय तहको निर्वाचन अघि पहिलो प्राथमिकतामा रहेको जनकपुरधामको फोहोर व्यवस्थापनको समस्या तीन वर्ष हुँदा पनि पुरा हुन सकेको छैन ।
राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज बिहान स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै नेपाल फर्कने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ ।
कालोपत्रे हुँदा जनताको खबरदारी
धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारका ६० वर्षीय गणेश बस्नेतको केही दिनयताको दैनिकी तमोर कोरिडोर आसपास नै बित्ने गरेको छ । उहाँ घरको बित्दो कामसमेत थाँती राखेर निर्माणाधीन कोरिडोरमा आउनुहुन्छ र बेलुकीपख मात्र उहाँ घर फर्कनुहुन्छ । यसरी दैनिक घरको काम छाडेर कोरिडोरमा गफिएर दिन बिताउँदा पनि उहाँलाई कुनै ग्लानि छैन, बरु खुसी थपिएको छ । ७८ वर्षीय स्थानीय लोकेन्द्र भण्डारी पनि दैनिक सडक आसपासमै भेटिनुहुन्छ । सडक कालोपत्रे हुँदा अत्यधिक खुसी भएको उहाँ बताउनुहुन्छ । उहाँहरूलाई त्यो खुसी दिएको हो तमोर कोरिडोरमा कालोपत्रे कार्यले । कालोपत्रे सुरु
राष्ट्रपति पौडेलद्वारा पूर्वी बर्लिन क्षेत्रको अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणका क्रममा मङ्गबार पूर्वी बर्लिन क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ। आज उहाँले बर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
चिकित्सा शिक्षाको समस्या समाधानका लागि समन्वय आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीलाई आपसी समन्वय र सहकार्यमा समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ।
‘समयमा लामखुट्टे नियन्त्रण नगरे महामारी फैलिन सक्छ’
पछिल्लो समय डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (ईडिसिडी) का अनुसार डेंगु सङ्क्रमण पाँच जिल्ला बाहेक सबै जिल्लामा फैलिसकेको छ।
झापामा टिपर र बस ठोक्किएर दुर्घटना हुँदा २१ जना घाइते
झापाको कमल गाउँपालिका वडा न. ४ चुलाचुली मोडमा मङ्गलवार बिहान बस र टिपर जुधेर दुर्घटना हुँदा २१ जना यात्रुहरू घाइते बन्नु भएको छ । झिलझिलेबाट दमक तर्फ आउँदै गरेको बा३ ख २१६६ न.को टिपर र विपरीत दिशा तर्फबाट जाँदै गरेको को १ ख ५०८७ न.को यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनु भयो ।