• १२ असार २०८१, बुधबार

झापामा टिपर र बस ठोक्किएर दुर्घटना हुँदा २१ जना घाइते

blog

विष्णुप्रसाद पोखरेल

दमक, असार ४ गते । झापाको कमल गाउँपालिका वडा न. ४ चुलाचुली मोडमा मङ्गलवार बिहान बस र टिपर जुधेर दुर्घटना हुँदा २१ जना यात्रुहरू घाइते बन्नुभएको छ । झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा३ ख २१६६ न.को टिपर र विपरीत दिशातर्फ जाँदै गरेको को १ ख ५०८७ नं.को यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनुभयो ।

दुर्घटनामा परेर बसमा सवार रहेका २१ जना  यात्रुहरुहरु घाइते भएको र उनीहरूको उद्धार गरेर उपचारका लागि दमक रिसर्च सेन्टर अस्पताल दमकमा ११ जना, लाइफलाइन अस्पताल दमकमा ९ जना  र दमक अस्पतालमा १ जना पठाइएको चन्दले जानकारी दिनुभएको छ । 

स्थानीय दमक अस्पतालमा उपचार हुन नसकेकाहरूलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ । झापा कमल गाउँपालिका वडा नं.४ बस्ने वर्ष ३८ की बिनु लिम्बू र दमक नगरपालिका वडा नं. ५ बस्ने वर्ष  ४२ का कलिन्द्र शेर्मालाई थप उपचारका लागि बिएण्डसि अस्पताल लगिएको छ ।

यसै गरी मोरङ मधुमल्ला ८ बस्ने वर्ष ३६ कल्पना कटुवाल उहाँको नाम खुल्न नुसकेको करिब  वर्ष  ४ छोराको दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात् थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पथरी शनिश्चरे नगरपालिका वडा नं.१ का वर्ष  ४० की  पूर्णमाया पोखरेल, दमक नगरपालिका वडा नं. ८ बस्ने वर्ष ५१ होम बहादुर भट्टराई, सुनसरी इटहरी उपमहानगरपालिका वडा न ५ बस्ने वर्ष  ३८ का शारदा खड्का, दमक नगरपालिका –५ बस्ने  वर्ष ४५ अच्युत निरौला, कमल गाउँपालिका वडा नं. ५ बस्ने वर्ष  ३८  लीला चौहानलाई थप उपचारका लागि न्युरो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जनाउनुभयो ।

अन्य घाइतेको अवस्था सामान्य रहेको र दमककै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना स्थलबाट बस चालक उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा न. ३ बस्ने वर्ष ४५ को अशोक बोट र टिपर चालक धनुषा जिल्ला गणेशमान नगरपालिका ५ बस्ने वर्ष ३४ को शेरबहादुर राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको बताइएको छ ।