अतिक्रमण वा कब्जा गरेको जग्गाको विवरण पठाउन ७७ वटै प्रशासनलाई गृहको निर्देशन
सरकारले देशभर अतिक्रमण वा कब्जा गरेको सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशक दिएको छ ।
सामाजिक एकता लोकतान्त्रिक गणतन्त्रको लक्ष्य : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको एकता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य हो । अछामको वैद्यनाथमा १४४ वर्षीय कोटिहोमको उद्घाटनका क्रममा सो कुरा बताउनुभएको हो ।
कालीगण्डकी नदीले हाम्रो जीवनलाई सिञ्चित गरेको छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले शालाग्रामले परिचित पवित्र कालिगण्डकी नदीले हाम्रो जीवनलाई सिञ्चित र ऊर्जा प्रदान गरेको बताउनुभएको छ ।
दुर्घटना न्यूनीकरणमा सबै सरोकारवाला गम्भीर बन्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनामा धेरैको ज्यान जाने गरेको जानकारी दिनुहुँदै दुर्घटना न्यूनीकरणमा सम्बन्धित सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
उपकुलपतिका लागि सिफारिस समितिले ‘मेरिटोक्रेसी’ को मापदण्ड पालना गरे/नगरेको अध्ययन गर्दै प्रधानमन्त्री
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस गर्ने क्रममा सिफारिस समितिले योग्यताप्रणालीको मापदण्ड पालना गरे नगरेको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन गरिरहनु भएको छ ।
राष्ट्रपति पौडेल बागलुङ पञ्चकोटमा
राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान बागलुङ नगरपालिका ६ स्थित सर्वसिद्धिधाम पञ्चकोट आउनुभएको छ । बुधवारदेखि पञ्चकोटमा सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल यहाँ आउनुभएको हो ।
महानगरपालिकामध्ये भरतपुर उत्कृष्ट
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिका लाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । गत आर्थिक वर्ष २०७९÷०८० मा आयोगको मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो ।
पोखराका ताल र खोलामा नयाँ मापदण्ड
पोखरा महानगरले भवन, पूर्वाधार, खोला, खोल्साको नयाँ मापदण्ड सार्वजनिक गरेको छ । आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड–२०८०’ सार्वजनिक गर्नुभएको हो ।
चीनसँग जोडियो तमोर कोरिडोर
निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम मङ्गलबार सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई जोडेको हो । तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरी भएको सडकका रूपमा लिने गरिएको छ ।
आयात २१ अर्बले घट्यो बढ्न सकेन निर्यात
बजारमा माग घट्दा मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा त्यसको असर कायमै देखिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको भन्सार तथ्याङ्क अनुसार गत वर्षको सोहीको महिनाको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा २.७५ प्रतिशतको सङ्कुचन देखिएको हो । गत वर्ष माघसम्म १० खर्ब १२ अर्ब रुपियाँको कुल अन्तर्राष्ट्रिय व्यापार रहेकोमा समीक्षा महिनासम्म नौ खर्ब ८४ अर्ब रुपियाँको कुल व्यापार देखिन्छ । कुल व्यापारमा ९१ प्रतिशतभन्दा बढी हिस्सा आयातको रहे पनि आयात करिब २१ अर्ब रुपियाँले घटेको तथ्याङ्कले देखाउँछ ।
विश्व शान्तिको नेतृत्व लिन सुझाव
शान्ति स्थापनामा नेपालले विश्वमा नै नेतृत्व लिने बेला आएको विज्ञहरूले सुझाउनुभएको छ । नेपालको शान्ति स्थापना र कार्यान्वयनमा भएको उच्च सुधारकै कारण नेतृत्व लिने बाटोमा अग्रसर हुनुपर्नेमा विज्ञहरूले जोड दिनुभएको हो । विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घमा शान्ति सैनिक पठाउन विश्वकै पहिलो मुलुक भएको, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्तो शान्ति सम्पदा पनि नेपालमै रहेको, १० बर्से सशस्त्र द्वन्द्वको पनि आफ्नै पहलमा टुङ्ग्याएर नमुना प्रस्तुत गर्नु शान्तिप्रियताको अर्को सूचक रहेको विज्ञहरूको भनाइ छ ।
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति विश्वास बढ्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनताको विश्वास अभिवृद्धि भई न्यायपालिकाका उद्देश्यहरू हासिल हुन सक्ने धारणा व्यक्त गर्नुभएको छ ।
आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ : प्रधानमन्त्री ‘प्रचण्ड’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेस गरेका कारण आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बताउनुभएको छ ।
विश्वकप क्रिकेट लिग–२ : नेपाल नामिबियासँग दुई विकेटले पराजित
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ ।
लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताउनुभएको छ ।
कोशीका १४ जिल्ला सभापतिको १६ बुँदे साझा धारणा
लालितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशका १४ जिल्ला सभापतिहरुले १६ बुँदामा साझा धारणा राख्नुभएको छ ।
अछाममा जिप दुर्घटना : एक बालकको मृत्यु, १४ घाइते
लुग्राबाट साँफेबगर आउने क्रममा जिप चौरपाटी गाउँपालिका–५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने १४ जना घाइते भएका भएका छन् । घाइतेमध्येमा अधिकांश विद्यालय आउने बालबालिका रहेको बताइएको छ ।
ललिता निवास क्षेत्र खाली गर्न महानगरपालिकाको अनुरोध
काठमाडौं महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।
कतै पिरा, गुन्द्री कतै दुई कार्यालयबाट सेवा
सर्वसाधारण जनतालाई सेवा दिन स्थानीय तहले आआफ्नै शैली अपनाएका छन् । कुनै शैली अलि अचम्मलाग्दा छन् त कुनै ज्यादै व्यावहारिक पनि । जनस्तरमा सेवा प्रदान गर्ने झापा र स्याङ्जाका दुई वडाले गरेका कार्य त्यस्तै उदाहरणीय छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ का निर्वाचित प्रतिनिधि कुर्सीमा बस्दैनन्; पिरा र गुन्द्रीमा बसेर काम गर्छन् । उनीहरू मात्र होइन, जोसुकै विशिष्ट व्यक्ति आए पनि गुन्द्री वा पिरामा नै बसाइन्छ ।
मिलेमतोमा शिक्षक दरबन्दी गायब
राजनीतिक तथा प्रशासनिक पहुँचको प्रयोग गरेर विद्यालय तहमा शिक्षक दरबन्दी लुकाउने प्रवृत्ति झाङ्गिँदै गएको छ । यस कार्यमा विद्यालय, पालिका र शिक्षकको मिलेमतो हुने गरेको छ । यस वर्ष निम्न माध्यमिक तहमा २५ दरबन्दी गायब भएपछि दरबन्दी लुकाउने प्रवृत्ति सतहमा आएको हो । दरबन्दी यकिन गर्ने निकायलाई यसबारे थाहा हुने भए पनि मौन रहने गरेको पाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक प्रेम भट्टराईले दरबन्दी लुकाउने गरेको भन्दै गुनासाका फोन दैनिक जसो आउने गरेको बताउँदै भन्नुभयो, “दरबन्दी लुकाउन पाइँदैन । खाली दरबन्दी केन्द्रमा पठाउनै पर्छ ।”
कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल
सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गर्नुभएको थियो।
क्यानडाविरुद्ध नेपाल ‘ए’ दुई विकेटले विजयी
क्यानडाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ ।
बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ आजदेखि सुरु
संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सैनिक मुख्यालय टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त तालिमको उदघाटन गर्नुभयो ।
भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्नु कांग्रेसको प्रमुख नीति : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुने बताउनुभएको छ ।