खारेजीको प्रक्रियामा ४१ दल, १९ दललाई नाम परिवर्तन गर्न निर्देशन
निर्वाचन आयोगले १९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ । संविधान र ऐनको मर्मको भावनाअनुरूप नभएकाले आयोगमा दर्ता कायम रहेका १९ दललाई नाम परिवर्तन गर्न आयोगले निर्देशन दिएको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले आयोग पदाधिकारीको फागुन ३ गतेको बैठकले आयोगमा दर्ता कायम रहेका १९ दलको नाम परिवर्तन गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो । संविधान तथा ऐनमा दलको नाम सार्वजनिक नैतिकता प्रतिकूल हुन नहुने व्यवस्था गरेको छ ।
ठुला पूर्वाधारमा युरोपको लगानी आउने
नेपालमा ठुला पूर्वाधार आयोजनामा युरोपेली सङ्घ (इयू) ले सहयोग क्षेत्र विस्तार गर्ने भएको छ । सहयोग जलवायु परिवर्तनको विश्वव्यापी समस्या र त्यसबाट नेपाललाई परेको असर कम गर्न नवीकरणीय ऊर्जाको क्षेत्रका केन्द्रित हुने भएको छ । त्यसक्रममा युरोपियन इन्भेस्टमेन्ट बैङ्क (इआइबी) ले पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी गृहकार्य भइरहेको नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले जानकारी दिनुभयो । नेपाल र युरोपेली सङ्घबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षका अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले लगानीबारे तथ्यगत रूपमा अहिले सबै बताउन नमिल्ने पनि उल्लेख गर्नुभयो ।
ललिता निवास जग्गा प्रकरण : १२ जना दोषी ठहर
विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ।
सुझाव समेटेर अध्यक्ष दाहालद्वारा संश्लेषित विधान प्रस्तुत
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गर्नुभएको छ ।
ऐनअनुसार व्यवस्था गरी पठाउन दललाई आयोगको निर्देशन
निर्वाचन आयोगले राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम गर्न गराउन निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएको हो ।
समृद्धिका लागि राजनीतिक दलबिच सहमति जरुरी : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताउनुभएको छ ।
शान्तिसुरक्षा र सुशासनका पक्षमा गुणात्मक काम गर्नुस् : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी उपरीक्षक (एसपी)हरुलाई शान्तिसुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिनुभएको छ ।
कपिलवस्तुमा बस दुर्घटना : मृतक १० जनाकै सनाखत
कपिलवस्तुको शिवराज नगरापलिका–१ सुरही खोलामा बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ ।
डिपिआर बनेको बित्यो दुई वर्ष : प्रादेशिक औद्योगिक क्षेत्र अलपत्र
कर्णाली प्रदेशमा बजेट अभावले प्रादेशिक औद्योगिक क्षेत्र स्थापना कार्य अघि बढ्न सकेको छैन । आर्थिक वर्ष २०७७/७८ बाट प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्ने गरी काम अघि बढाइएको थियोे । कर्णाली प्रदेश सरकारले भेरीगङ्गा नगरपालिका–८, मैनतडामा प्रादेशिक औद्योगिक क्षेत्र प्रस्ताव गरेको थियो । भेरीगङ्गा नगरपालिकाले प्रदेश सरकारलाई ९९ रोपनी जग्गासमेत उपलब्ध गराएको छ । प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माण गरिएको छ । प्रदेशको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको हो । साढे दुई वर्षअघि डिपिआर निर्माण गरिएको भए पनि कुनै पनि ठोस काम अघि बढ्न सकेको छैन । निर्देशनालयले २०७८ जेठ १८ गते डिपिआर निर्माण गरेको हो ।
बदलियो नेपालीको खर्च शैली
आम्दानीको अधिकांश हिस्सा खाद्यान्नमा खर्च गर्ने नेपालीको शैलीमा परिवर्तन देखिएको छ । विगतमा आम्दानीको दुई तिहाइसम्म खाद्यान्न खरिदमा खर्च गर्ने प्रवृत्ति बिस्तारै लामो समय टिक्ने गैरखाद्य वस्तुको खरिदतर्फ मोडिएको पाइएको हो । हालै सार्वजनिक नेपाल जीवनस्तर सर्वेक्षणमा विगत एक दशकको अन्तरमा खर्च खाद्यान्न र गैरखाद्यान्नमा नेपालीले करिब आधा आधा खर्च गर्ने तथ्य सार्वजनिक भएको हो । सर्वेक्षण अनुसार सन् २०११ मा कुल खर्चको ६२ प्रतिशत खाद्यान्नमा खर्च गर्ने नेपालीले सन् २०२२ सम्म आइपुग्दा त्यस्तो खर्च घटाएर ५३ प्रतिशतमा सीमित गरेका छन् । गैरखाद्यान्नमा सन् २०११ मा ३८ प्रतिशत खर्च गर्ने नेपालीले सन् २०२२ सम्म बढाएर ४७ प्रतिशत पुर्याएका छन् ।
भासिए बस्ती, जङ्गलमै बास
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ का दुई बस्ती भासिएका छन्। गत कात्तिक १७ गतेको भूकम्पले २५ घरधुरी रहेको मङ्ग्रागाउँ र सात घरधुरी रहेको सिमपाखा बस्ती भासिएपछि अस्थायी आवास निर्माणको कामसमेत प्रभावित बनेको छ। अहिले मङ्ग्रागाउँ टोलवासीले पाखामै जस्तापाताले बेरेर अस्थायी आवास बनाउन थालेका छन् भने सिमपाखाका भूकम्प प्रभावित अझैसम्म घर फर्केर बस्न सकेका छैनन्। उनीहरू नजिकैको जङ्गलको बिचमा दिनरात काटिरहेका छन्।
विद्यार्थीले देशको हितमा खोज गर्दै अघि बढ्नुपर्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षता, सीप र कौशलमा प्राज्ञ उत्कृष्टता हासिल गर्दै विद्यार्थीले समुदाय, समाज र देशको हितमा खोज गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ।
माओवादी केन्द्रको विधान अधिवेशन : सुझाव सङ्कलन सकियो
नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्नेक्रम आजका लागि सकिएको छ। विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको छ।
हामीलाई सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताउनुभएको छ ।
राहुघाटको सुरुङ एक हप्ताभित्र ‘ब्रेक थ्रु’ हुँदै
नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नुभएको छ ।
उपचारमा ढिलाे गरे जन्मजात मुटुरोग निको पार्न गाह्रो हुन्छ : डा. शर्मा
बालबालिकामा जन्मजात विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गर्छन् । तीमध्ये जन्मजात मुटुरोग पनि एक हो । बालमुटु रोग विशेषज्ञ डा. पुनम शर्मा विश्वमा जीवित जन्मिएकामध्ये एक प्रतिशतमा जन्मजात मुटुरोग हुने बताउनुहुन्छ ।
स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका (फोटो फिचर)
आज माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमी । आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।
करोड बढी रकम अपचलन गर्ने प्रभु बैङ्कका कर्मचारी विरुद्ध मुद्दा दर्ता
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैङ्कका एक कर्मचारीले एक करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ । बैङ्कको अप्रेसन इन्चार्ज पदमा कार्यरत नीरजविक्रम शाहले एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको ।
दशगजामा भारतीय पक्षले निर्माणको काम रोकियो
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले इलामको सूर्योदय–२ स्थित पुल खोलाको दशगजामा निर्माण गर्दै गरेको पक्की संरचना काम तत्कालका लागि रोकिएको छ ।
गुम्यो चाँगुनारायणको मौलिकता
जिम्मेवार निकाय र पदासीन व्यक्तिको लापरबाहीका कारण चाँगुनारायणको मूल मन्दिरको मौलिक स्वरूप गुमेको छ । पुरातत्व विभाग र त्यस अन्तर्गतको स्मारक संरक्षण तथा दरबार हेरचार अड्डा भक्तपुर तथा चाँगुनारायण नगरपालिका र चाँगुनारायण विकास समितिका अध्यक्ष एवं चाँगुनारायण मन्दिरका मूल पुजारीको लापरबाहीका कारण यस्तो अवस्था सिर्जना भएको हो । २०७२ वैशाख १२ को भूकम्पपछि जीर्णोद्धार गरिँदा विश्वसम्पदा सूचीमा सूचीकृत नेपालकै पुरानो मन्दिरको पहिचान नै मेटिएको विज्ञहरूको भनाइ छ ।
खगेन्द्र नवजीवन केन्द्रको बेथिति : अपाङ्ग कल्याण कोषबाट पदाधिकारीलाई गाडी
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आश्रित दृष्टिविहीन ५४ वर्षीय न्हुच्छेबहादुर माझी मुटुरोगसँग लडिरहनुभएको छ । दृष्टिविहीन हुँदा झेल्नुपरेको सङ्घर्ष छँदै थियो । त्यसमाथि मुटुको रोग पनि थपिएको छ । चिकित्सकले २०७७ सालमै मुटुको भल्भ फेर्नुपर्ने सल्लाह दिए पनि स्वास्थ्यमा सामान्य सुधार आएपछि उहाँ नियमित स्वास्थ्य परीक्षण र औषधी सेवन गरिरहनुभएको छ । २०३६ सालदेखि खगेन्द्र नवजीवन केन्द्रमै रहनुभएका माझीलाई अहिले स्वास्थ्योपचारमा निकै सकस बेहोर्नुपरिरहेको छ ।
सुस्तामा सास्ती, ‘पढ्न नपाएर जीवन अन्धकार भयो’
सुस्ता वडा नम्बर ५ का गुड्डु खटिएको उमेर अहिले २० वर्ष भयो। ११ वर्षमा उहाँले कक्षा पाँच पास गर्नुभयो। उहाँको चाहाना अलि धेरै पढ्ने थियो। तर गाउँमा भएको एउटा मात्र श्री जनता दलित आधारभूत विद्यालयमा पाँचसम्म मात्र पढाई हुन्थ्यो। ६ कक्षा पढ्नका लागि यता भारतको बिहार हुँदै हिँडेर नेपालको बलिनगर जानुपर्थ्यो अथवा ढुङ्गा चढेर नारायणी पार गरेर जानुपर्थ्यो।