नेपालको तराई भूपरिधि क्षेत्र संसारको सात उत्कृष्ट स्थानमा
नेपालको तराई भूपरिधि क्षेत्र संरक्षणको दृष्टिले संसारकै सात उत्कृष्ट स्थानमा पर्न सफल भएको छ ।
माओवादी युद्धका सहयात्रीलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल
नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गर्नुभएको छ ।
आजको दिन ऐतिहासिक जनयुद्ध दिवस हो : गृहमन्त्री श्रेष्ठ
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रूपमा मनाइने बताउनुभएको छ ।
जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्ने बताउनुभएको छ ।
समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीलाई स्वावलम्बी बनाउन आवश्यक: राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनै पर्ने बताउनुभएको छ ।
परिवर्तनकारीहरू एकै ठाउँमा गोलबन्द हुने बेला आएको छ: प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरू एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताउनुभएको छ ।
सुधार हुँदै टीकापुर गौशाला
टीकापुर गौशाला सुधार योजना सुरु भएको छ । गौशाला सुधार गर्न २०८० जेठ १४ गतेदेखि नगरपालिकाबाट व्यवस्थापनको जिम्मा लिएको सामुदायिक पशु चौपाया व्यवस्थापन समिति सक्रिय रहेको छ ।
पीडित भन्छन् : मृत्यु पर्खिरहेका छौँ
भीमबहादुर सेजुवाल उमेरले झन्डै छ दशक पुगिसक्नुभएको छ । भारतको हिमाचल प्रदेशमा सडक दुर्घटना भएपछि शरीर सग्लो रहेन । परिवारको जिम्मेवारी र आर्थिक स्रोत जुटाउने अभिभाराले उहाँलाई भारत पु¥यायो तर अपाङ्गता बनाएर फर्कायो । मेरुदण्डमा गम्भीर चोट (स्पाइनल इन्ज्युरी) लागेपछि उहाँलाई उठ्न–बस्न पनि सहारा चाहिने भयो । मुगुका सेजुवालले सुषमा कोइराला मेमोरियल अस्पतालको शøयामा गहभरि आँसु पार्दै भन्नुभयो, “अहिले उपचार गर्नै नसक्ने अवस्थामा छु । मृत्यु नै पर्खिरहेको छु, केही हुनेवाला छैन जस्तो लाग्छ ।” उहाँले लामो सुस्केरा हाल्नुभयो । ओछ्यानमा कोल्टो पर्न खोज्नुभयो तर शरीर सरेन । छेउमा बसेका सहयोगीले उहाँलाई अर्कोतिर फर्काउनुभयो । उहाँको ढाडमा गहिरो चोट छ । त्यसैको उपचारका लागि उहाँ सुषमा कोइराला अस्पतालमा गत पुस २६ गते भर्ना हुनुभएको हो ।
करिब दुई करोड नक्कली नोटमा एनआइसी एसिया बैङ्कको ट्याग !
सोमबार सुनसरीको इनरुवामा बरामद गरेको करिब दुई करोड बराबरको नक्कली नोटमा एनआइसी एसिया बैङ्कको लोगोसहितको कागज (ट्याग) प्रयोग भएको भेटिएको छ ।
सरकारले घटायो बजेट लक्ष्य, ८७.३८ प्रतिशत मात्रै खर्च हुने (पूर्णपाठसहित)
सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको छ । सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको हो ।
सरकारलाई राष्ट्रिय सतर्कता केन्द्रको १८ बुँदे सुझाव
सरकारलाई राष्ट्रिय सतर्कता केन्द्रले भ्रष्टाचार नियन्त्रण एवम् सुशासन कायमका लागि १८ बुँदे सुझाव पेस गरेको छ ।
अनिल र भीमको शतकसँगै सिरिजमा नेपालको ‘क्लिन स्विप’
अनिल शाह र भीम सार्कीले अविजित शतकीय इनिङ्स खेलेपछि क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । तीन खेलको सिरिज नेपालले ३–० ले जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडालाई नौ विकेटले हरायो ।
उपत्यकाका सडकमा एआई जडित क्यामेरा
काठमाडौँका विभिन्न ठाउँमा एआई जटित सिसिटिभी क्यामेराको फ्ल्यास लाइटका कारण रातिमा सवारी चालकलाई समस्या हुने गरेको छ ।
राष्ट्रिय सुरक्षामा सधैँ चनाखो हुनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
सुर्तीजन्य पदार्थ सेवन गर्नेमा क्षयरोगको जोखिम बढी
डा.श्रेष्ठका अनुसार क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । डा. श्रेष्ठका अनुसार क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो ।
प्रधानमन्त्रीका निर्देशन कार्यान्वयनबारे थालियो अनुगमन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालको दोस्रो वर्षको सुरुआतमा गर्नुभएको मन्त्रालयगत समीक्षाका क्रममा मन्त्री तथा सचिवलाई दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद् कार्यालयले अनुगमन थालेको छ ।
अख्तियारको सङ्कल्प
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसका अवसरमा विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति भ्रष्टाचारविरुद्धको अभियानका लागि सम्मान र प्रोत्साहन हो । यसले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धताका साथ अगाडि बढ्ने हाम्रो सङ्कल्पलाई अझ बलियो बनाएको छ । आयोगले आफ्नो स्थापनाकालदेखि नै प्राप्त गुनासा र उजुरीउपर अनुसन्धान गरी भ्रष्टाचार भएको देखिएमा विशेष अदालतमा मुद्दा दायर गर्ने आफ्नो प्रमुख संवैधानिक जिम्मे
रामग्राम गुरुयोजना प्रकरण : सम्झौता बदर गर्न निर्देशन
पुरातात्त्विक महत्त्वको रामग्राम क्षेत्र व्यावसायिक प्रयोजनका लागि निजी क्षेत्रलाई दिने गरी भएका निर्णय र सम्झौता बदर गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । समितिले सम्झौता प्रतिस्पर्धाविहीन भएको, प्रचलित कानुनी व्यवस्था र प्रक्रियाको पालना नभएको र दीर्घकालीन रूपमा राज्यलाई हानि हुने देखिएको भन्दै बदरको निर्देशन दिएको हो । सम्बन्धित र सरोकारवाला मन्त्रालयले सहमति नदिँदै गलत नियतले सम्झौता गरेको भन्दै समितिले थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले समेत सम्झौता गलत भए पुनरवलोकन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
पुनः सञ्चालनमा पिरामिड प्रयोगशाला
सगरमाथाको फेदीमा एघार वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालन हुने भएको छ । बजेट अभावमा सन् २०१३ देखि बन्द रहेको प्रयोगशाला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान कूटनीतिको अवधारणा जागृत गर्दै बहुउपयोगी ढाँचामा पुनः सञ्चालन गर्न लागेको हो । केटु केन्द्रित अध्ययन अघि बढाउन बनेको सहमति र सिएनआरले बजेट दिने प्रतिबद्धता आएसँगै पिरामिड प्रयोगशालाको प्रयोग सुनिश्चित भएको हो । नेपाललाई विशिष्ट वैज्ञानिक अध्ययनको केन्द्र बनाउन प्रयोगशालाको सदुपयोगी रणनीतिको खाका बनिसकेको नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “उताबाट बजेट आउनेवित्तिकै अध्ययन अनुसन्धानको नयाँ बाटो खुल्छ ।” जसका लागि नास्टले सिएनआरसँगको सम्झौता पनि नवीकरण गरेर स्वामित्व लिएको छ ।
मोहम्मद आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश
रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश गरेको छ ।
अर्थतन्त्र लयमा फर्किसक्यो : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लयमा फर्किसकेको बताउँदै अहिले विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा रहेको बताउनुभएको छ ।
सङ्घीयतापछि गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उजुरी बढे : प्रमुख आयुक्त राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सङ्घीयता कार्यान्वयनपछि तीन तहकै सरकारमा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य सङ्ख्यामा उजुरीहरू परेको बताएको छ ।
भ्रष्टाचारले राष्ट्रको नैतिक धरातल भासिदै जान्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्ट्राचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सिर्जना गर्ने बताउनुभएको छ । उहाँले यसले राष्ट्रको नैतिक धरातल भासिँदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्नेमा चिन्ता पनि प्रकट गर्नुभयो ।
भ्रष्टाचार देश विकासको बाधक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक तथा निजी क्षेत्रमा सदाचारिताको आधार विकास गर्न ‘राष्ट्रिय सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताउनुभएको छ ।