• २ माघ २०८१, बुधबार

आरोहण इतिहासमा नयाँ रेकर्ड, कामी रिताले गरे ३० औँ पटक सगरमाथाको आरोहण

blog

काठमाडौँ, जेठ ९ गते । कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै नयाँ रेकर्ड कायम गरेका छन् । आज (बुधवार) बिहान शेर्पाले सर्वोच्च शिखर सगरमाथा (८,८४८‍.८६) मिटरको ३० औँ पटक आरोहण गर्नुभएको  छ । 

फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उहाँले विदेशी आरोही लिएर आज विहान ७ः४९ बजे चुचुरोमा पाइला टेकेको  सगरमाथाको चुचुरोमा पुगेको कम्पनीका प्रमुख तथा आधार शिविर म्यानेजर टासि लाक्पा शेर्पाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । यसै महिना मात्र शेर्पाले २९ औँ पटक सगरमाथाको आरोहण गरेका थिए । 

सोलुखुम्बु थामेका ५४ वर्षीया कामी रिता सगरमाथाको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोही हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामी रिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । 

यो पनि पढ्नुहोस

सगरमाथा आरोही कामीरितालाई विमानस्थलमा स्वागत

कामीरिता शेर्पा २८औँ पटक सगरमाथामा

सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामी रिता शेर्पा हुन् ।