चुहावट नियन्त्रण गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजारको विस्तार गरी राजस्व वृद्धि गर्नुपर्ने बताउनुभएको छ । बुधबार विज्ञापन बोर्डका गतिविधिबारे जानकारी लिनुहुँदै मन्त्री गुरुङले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभएको हो ।
‘डेङ्गु संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ’
वर्षा सुरुभएसँगै डेंगु लगायत किट जन्य रोगको जोखिम बढ्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले वर्षाको समयमा डेंगु सङ्क्रमणको जोखिम बढ्ने बताउनुहुन्छ ।
झन्डै साठी हजारलाई औसत असी दिन रोजगारी
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आर्थिक वर्ष २०८०-८१ मा देशभर साढे ६० हजार बेरोजगारले औसतमा ८० दिनको रोजगारी प्राप्त गरेका छन् । सरकारले यो वर्ष ६० हजारलाई रोजगारी दिने लक्ष्य राखेकामा ६० हजार ५७१ जनाले रोजगारी पाएका हुुन् । नेपालभर आव २०८०-८१ मा सूचीकृत बेरोजगारको सङ्ख्या भने आठ लाख ५८ हजार १५४ रहेको छ ।
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता बयसट्ठी अर्ब पुग्यो
एक आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) झन्डै दोब्बरले बढेको छ । आव २०८०÷८१ मा झन्डै ६२ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको थियो ।
रुकुम पश्चिम अपडेट: पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ताको खोजी हुँदै
रुकुम पश्चिममा गए राती आएको बाढीले घर बगाउँदा मृत्यु भएका तीन बालिकाको शव निकालिएको छ ।
बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता
रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
कीर्तिपुरमा मैदान सुविधा सम्पन्न बनाउने मन्त्रिपरिषद्को पहिलो निर्णय
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न सोमबारको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ।
युवा पिँढीलाई सन्देश दिनेगरी काम गरौँ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ आशा र उत्साहसाथ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रीको जिम्मेवारीमा सोमबार पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीको स्वागत कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ। सोमबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबार पुगेर उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो।
नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन : अर्थमन्त्री पौडेल
नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताउनुभएको छ ।
सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा पदभार ग्रहण
सोमबार बिहान सञ्चारमन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएका उहाँले दिउँसो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीद्वारा लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदको शालिकमा माल्यार्पण गर्नुभएको छ।
नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
उपप्रधानमन्त्रीमा सिंह र पौडेलद्वारा शपथग्रहण
प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रिपरिषद गठन गर्नुभएको छ ।
राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले दौरा सुरुवालमा शपथ लिनु भएको छ ।
बैङ्कर बन्ने सपना छोडेर नर्स बनेका अभिषेक
झट्ट सुन्दा पुरुष स्टाफ नर्स छन् भन्दा अझै पनि धेरैले अचम्म मान्छन् । नर्स भन्ने बित्तिकै सबैजसोले महिला स्वास्थ्यकर्मी नै भन्ने बुझ्छन् ।
बाढीले पुल बगाएपछि तातोपानी–बाह्रबिसे यातायात ठप्प
गएरातीको बाढीले बाह्रबिसे नगरपालिका–३ स्थित खाग्दल खोलाको बेलिबिज्र बगाएको छ । बेलिबिज्र बगाएपछि तातोपानी–बाह्रबिसे सडक खण्ड पूर्ण रुपमा बन्द भएको छ ।
एघार महिनामा डेढ खर्ब बढीको इन्धन आयात
चालुु आर्थिक वर्षको ११ महिनामा निर्यातभन्दा दोब्बर बढी रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।
त्रिशूली नदीमा बेपत्ता मध्ये ११ जनाको शव भेटियो
त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन ।
अग्रजको छवि कायम राख्ने चुनौती
नेपाल र आयोजक माल्दिभ्ससहित श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सिङ्गल राउन्ड रोविनका आधारमा पहिलो र चौथो हुने तथा दोस्रो र तेस्रो हुनेबिच सेमिफाइनल खेलाइने छ । काठमाडौँ, असार ३१ गते । नेपालको राष्ट्रिय महिला भलिबलले पछिल्ला केही वर्ष आफ्नो छवि राम्रो बनाउँदै आएको छ । सन् २०१९ र २०२१ मा एसियन सेन्ट्रल जोन (काभा) भलिबलमा लगातार दुई स्वर्ण, पछिल्लो दक्षिण एसियाली खेलकुदमा रजत तथा घरेलु भूमिमा भएको काभा महिला च्यालेन्ज कपमा पनि कांस्य पदक केही उदाहरण हुन् । नेपालको राष्ट्रिय खेल भलिबलमा पुरुषको तुलनामा महिलाको प्रदर्शन अन्तर्राष्ट्रियस्तरमा राम्रो छ ।अब सिनियर टिमको छविलाई कायम राख्ने सोचाइ अनुरूप नेपालको यु–२० महिला भलिबल टिमले माल्दिभ्समा हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिप खेल्दै छ । साउन ३ देखि सुरु हुने प्रतियोगितामा सहभागी हुन नेपाली युवा महिला टिम मङ्गलबार माल्दिभ्स प्रस्थान गर्दै छ । नेपालको उमेर समूहको महिला भलिबल टिमको यो पहिलो प्रतियोगिता पनि हो । त्यसैले खेलाडीसँगै प्रशिक्षक र समग्र नेपाली भलिबल नै उत्साहित बनेको छ ।काभा महिला च्यालेन्ज कपका लागि यही महिना काठमाडौँमा सम्पन्न प्रथम सहाना प्रधान स्मृति यु–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनबाट खेलाडी छनोट गरी टिम तयार पारिएको हो । प्रमुख प्रशिक्षक कुमार राईले पहिलो पटकको सहभागिताले सबै उत्साहित बनेका र स्तरीय खेलाडी भएकाले नेपाल उपाधिको दाबेदारमध्ये एकमा पर्छ भन्नुभयो । उहाँले ओपन स्पाइकर सलिना बुढामगर, स्नेहा थकुन्नन तथा अलराउन्डर निशा महर र आरती चौधरी टिमको बलियो खम्बा भएको बताउनुभयो । “सेटर र मिडल ब्लकमा केही कमजोरी तथा अनुभवको कमीको चुनौती हटाउन सक्यो भने नेपाल च्याम्पियन हुन्छ,” उहाँको भनाइ छ । प्रशिक्षक राईले भलिबलको विकास गर्ने उमेर समूहबाटै हो भन्नुभयो । “नेपाल भलिबल सङ्घले राम्रो सुरुवात गरेको छ । यु–१५, यु–१८, यु–२० जस्ता प्रतियोगिता भइरह्यो भने सिनियर टिम बलियो हुन्छ,” उहाँको भनाइ छ ।नेपाली टिमकी ओपन स्पाइकर तथा कप्तान जेनिशा विश्वकर्माले कप्तानको जिम्मेवारी पाउनुभएको छ । उहाँले यु–२० को पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले आफूहरू उत्साहित भएको र प्रशिक्षणका लागि कम समय भए पनि खेलाडीले धेरै मेहनत गरेको जानकारी दिनुभयो । प्रतियोगिताको तयारीस्वरूप सिनियर टिमसँग भएको मैत्री खेलले पनि माल्दिभ्समा धेरै फाइदा पु¥याउने विश्वास जेनिशाको छ । “सिनियर टिमसँग खेल्दा हामीले आफ्नो टिममा रहेका कमीकमजोरी बुझ्ने मौका पायौँ । ब्लकमा अलि ध्यान दिनु पर्छ,” कप्तान जेनिशाले भन्नुभयो । सहप्रशिक्षक अर्जुन घिमिरेले पनि सिनियर खेलाडीसँग खेल्दाको अनुभव काम लाग्ने बताउनुभयो । अभ्यास खेलमा सिनियर टिमसँग यु–२० टिम पराजित भएको थियो । सिनियर टिमले दुई पटक काभा महिला भलिबल जितिसकेको छ । त्यसैले पनि यु–२० महिला भलिबल टिमसमक्ष सोही विरासत कायम गर्ने चुनौती पनि छ ।प्रतियोगितामा नेपाल र आयोजक माल्दिभ्ससहित श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सिङ्गल राउन्ड रोविनका आधारमा पहिलो र चौथो हुने तथा दोस्रो र तेस्रो हुनेबिच सेमिफाइनल खेलाइने छ । नेपालले पहिलो खेल साउन ३ गते श्रीलङ्कासँग खेल्ने छ । त्यसपछि नेपालले साउन ४ गते किर्गिस्तान र साउन ५ गते माल्दिभ्सको सामना गर्ने छ ।प्रशिक्षक राईले श्रीलङ्कासँगको पहिलो खेल महत्वपूर्ण हुने बताउनुभयो । “श्रीलङ्का राम्रो टिम हो । पहिलो खेलमा चुनौती हुने छ । त्यसपछिका प्रतिस्पर्धी किर्गिस्तान र माल्दिभ्सभन्दा हाम्रो टिम तुलनात्मक रूपमा राम्रो छ,” प्रशिक्षक राईको भनाइ छ ।नेपाल भलिबल सङ्घका उपाध्यक्ष भरत शाहले नेपालले अब उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेल्न पाउनु गौरवको कुरा भएको धारणा व्यक्त गर्दै नयाँ प्रतिभावान् खेलाडीले यसबाट राम्रो अवसर पाउने विश्वास व्यक्त गर्नुभयो ।
जेलले जन्माएको नेता ‘केपी शर्मा ओली’
नेपाल कम्युनिस्टी पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का अध्यक्ष केपी शर्मा ओलीको ७१ वर्षे जीवन सङ्घर्षमय छ । उहाँको वास्तविक नाम खड्गप्रसाद ओली भए पनि राजनीतिमा केपी ओलीको नामबाट परिचित हुनुहुन्छ । उहाँलाई माया गर्नेले ‘केपी बा’ भनेर सम्बोधन गर्छन् ।
केपी ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
सिमलताल दुर्घटनापछि शव भेटिएका दुई जनाको सनाखत
चितवन सिमलताल दुर्घटनामा बेपत्ता भएर आइतबार शव भेटिएका दुई जनाको सनाखत भएको छ।
बचेरा हुर्काउँदै आगन्तुक राज र स्वर्गचरी (फोटो फिचर)
राजचरी र स्वर्गचरीलाई बचेरा हुर्काउन भ्याइ नभ्याइ छ । राजचरी (ब्ल्याक न्याप्ड मोनार्क) बचेरा हुर्काउन व्यस्त छ । भाले र पोथीले आलोपालो किरा फट्याङ्ग्रा खोज्छन् । चुच्चाको सहायताले बचेरालाई खुवाउँछन् ।