बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको छ।
सुशासन तथा सेवा प्रवाह प्रभावकारी भएमात्र लोकतन्त्रको लक्ष्य पूरा हुन्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी बनाउन सकिए मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुने बताउनुभएको छ ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन २९ गते नै हुने
राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गर्नुभएकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने निर्णय गर्नुभएको हो ।
नवनियुक्त वनमन्त्री सुडीद्वारा पदबहाली
नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पदबहाली गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उहाँले आजै पदबहाली गर्नुभएको हो ।
धर्मलाई राजनीतिसँग जोडेर हेर्नुहुँदैन : पूर्व राष्ट्रपति यादव
प्रथम राष्ट्रपति डा.रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभएको छ । मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
नेसनल क्याडेट कर्प्स’ कार्यक्रम मित्रराष्ट्रका सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने अवसर: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रहरूको सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताउनुभएको छ ।
एपेन्डिक्स र पित्तथैलीको क्यान्सर
एपेन्डिक्स र पित्तथैली दुवै अङ्ग पाचन नलीका सहायक अङ्ग भए पनि पाचन प्रक्रियामा पित्तथैलीको निकै महत्व हुन्छ । खासमा चिल्लो खानेकुरा पचाउनका लागि पित्तथैलीको निकै महìवपूर्ण भूमिका रहन्छ । एपेन्डिक्सको क्यान्सर एपेन्डिक्स नामको अङ्ग शाकाहारी जीवका लागि निकै महत्वको अङ्ग हो । जीव विकासक्रम (इभोलुसन) का क्रममा मानिसमा भने एपेन्डिक्स काम नलाग्ने अङ्गमा परिणत हुन गयो तर पनि यही अङ्ग बेलाब
क्यान्सरका आमलक्षण
१. सास लिनमा कठिनाइ । २. थकान महसुस । ३. निरन्तर खोकी । ४. शरीरको तौल अचानक घट्नु । ५. निल्नमा कठिनाइ ।
दुई मन्त्रीको शपथग्रहण आजै
जनता समाजवादी पार्टी (जसपा) बाट पार्टीमा समावेश भएका दुई मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नै शपथ ग्रहण गराउने हुनुभएको छ ।
लोप हुँदै चर्खा
कपासको धागो बटारने चर्खा लोप हुने अवस्थामा पुगेकाे छ । कपासबाट तयार भएका कपडाहरू स्थानीयले लगाउन छोडेपछि कपास खेती हराएको कारण चर्खा लोप भएका हुन ।
नयाँ पशुलाई चौध दिन क्वारेन्टाइन
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कुनै पनि पशु फर्म वा गोठमा नयाँ पशु ल्याउँदा त्यसलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने मापदण्ड तय गरेको छ । कृषि मन्त्रालयले पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका २०८० मा सो मापदण्ड उल्लेख गरेको छ । गोठ वा पशुपालन गर्ने फार्ममा स्वस्थ पशु राख्नु पर्छ । अन्यत्रबाट नयाँ पशु ल्याउँदा स्वस्थ प्रमाणित पशु मात्र ल्याउनु पर्छ र त्यस्ता पशुलाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने मापदण्डमा उल्लेख छ ।
थप दुई हजार छ सय ७४ सहिदमा सूचीकृत
सरकारले थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले ती सहिदको नामावली राजपत्रमा प्रकाशितसमेत गरेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
किसानसँग लाखौँ रुपियाँ ठगेर कृषि कार्यालयका कर्मचारी फरार
कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै चिन्तित भएका छन् ।
सुनको मूल्य छ हजारले बढ्यो, बिक्री न्यून
एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा छ हजार रुपियाँले बढेको छ । गत साताको शुक्रबार प्रतितोला एक लाख १९ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य यस साताको शुक्रबार बढेर तोलामा एक लाख २५ हजार रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सातको पहिलो दिन आइतबार प्रतितोला एक लाख २१ हजार रुपियाँमा कारोबार भएकोमा सोमबार सोही मूल्य कायम रहेको छ ।
मेगा सभा हल निर्माणको पहल
राजधानीको भृकुटीमण्डपमा मेगा सभा हल निर्माणका लागि काठमाडौँ महानगरपालिका जग्गाको खोजीमा छ । जग्गा प्राप्त नहुँदै नीति कार्यक्रममा राखेको सभा हल निर्माणको कार्यले गति लिन सकेको छैन । काठमाडौँ महानगरले समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गामा सभा हल बनाउने प्रयास गरेको हो तर त्यसबारे परिषद्सँग कुरा मिल्न सकेको छैन । परिषद्ले जग्गा दिने विषयमा तत्काल निर्णय नहुने पनि जनाएको छ । त्यसैकारण महानगरको प्रयास चार वर्षदेखि सफल हुन सकेको छैन । समाज कल्याण परिषद्को स्वामित्वमा भृकुटीमण्डपको २१४ रोपनी जग्गा रहेको छ ।
सरकार सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा दृढ छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताउनुभएको छ।
विज्ञ भन्नुहुन्छ ‘फ्रेस जनशक्ति ल्याउने प्रयास हो’
प्यूठान जुम्रीकाँडा गाउँपालिकाका गोविन्द न्यौपाने कीर्तिपुरमा बसेर लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ । निजामती सेवामा प्रवेश गरेर केही गर्ने सोच भएका उहाँलाई पछिल्लो समय संघीय संसद सचिवालयमा दर्ता भएको संघीय निजामति सेवा ऐनको विधेयकले निरासा बनाएको छ ।
‘रक्तदानलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
कवाड खाना जस्तो प्रहरी कार्यालय (फोटो फिचर)
वर्षौँदेखि स्पष्ट रेकर्डसमेत नराखिएका करोडौँ सवारी साधन प्रहरी थानमा थन्किएका छन् । कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन् ।
स्थानीय तहका छब्बिस पदमा उपनिर्वाचन
स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको सङ्ख्या २६ पुगेको हो ।
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दर्ता सोमबार
राष्ट्रिय सभा अध्यक्ष पदका लागि यही फागुन २८ गते सोमबार उम्मेदवारी दर्ता हुने भएको छ । मतदान फागुन २९ गते मङ्गलबार हुने छ । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले भन्नुभयो, “दलका नेता तथा
ज्वाइँद्वारा सासूलाई कलेजो दान
नेपालमा भएका अङ्गदानमध्ये ९० प्रतिशत महिलाले पुरुषलाई दान गरेका छन् । पुरुषले महिलालाई अङ्गदान गरेको विरलै पाइन्छ तर ज्वाइँले सासूलाई कलेजो दान गर्नुभएको छ ।
राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा गर्नुभएको छ।
सवारीदेखि सरकार हाँक्ने महिला
वैज्ञानिक एवम् आधुनिक युगमा आजका महिला हिजोका दिनमा झैं कुनै एक निश्चित घेराभित्र मात्र सीमित छैनन्। घरायसी कामसँगै पेशागत जिम्मेवारी, समाज र राष्ट्र हाँक्ने क्षमता राख्न सक्ने सक्षम बनेका छन्।