• १० साउन २०८१, बिहिबार

पहिलो महिला मुख्यसचिव

मुख्य सचिवमा लिलादेवी गड्तौला नियुक्त

blog

मुख्य सचिव लिलादेवी गड्तौला । फाइल तस्बिर

काठमाडौँ, साउन १० गते । सरकारले मुख्य सचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारको कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । 

कर्मचारी प्रशासनको प्रमुखको नेतृत्व गर्ने अवसर पहिलो पटक महिलाको रुपमा गडतौलाले पाउनुभएको हो । यसअघि उहाँ कायमुकायम मुख्य सचिव हुनुहुन्थ्यो । 

कर्मचारी प्रशासनको प्रमुखको नेतृत्व अवसर पहिलो पटक महिलाको रुपमा गडतौलाले पाउनुभएको हो । यसअघि उहाँ कायमुकायम मुख्य सचिव हुनुहुन्थ्यो । 

तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा तानेपछि वरिष्ठताका आधारमा उहाँ कामु मुख्यसचिव बन्नुभएको थियो । उहाँ सचिव पदमा २०७७ साल कात्तिक २७ गते बढुवा हुनुभएको थियो । 

५८ वर्षे उमेरहदले उहाँ यही भदौ १५ सेवानिवृत्त हुनुहुनेछ । २०२३ साल भदौ १५ गते तेह्रथुमको पिप्लेमा जन्मनुभएकी गड्तौला सरकारी सेवामा २०५२ पुसमा कानुन सेवाको शाखा अधिकृत हुँदै प्रवेश गर्नुभएको हो ।