• ९ साउन २०८१, बुधबार

सौर्य एयरको विमान दुर्घटना (तस्बिरहरु)

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना ।

गाेरखापत्र अनलाइन

काठमाडौं, साउन ९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज बिहान विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको हो ।

विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए । दुर्घटनास्थलबाट क्याप्टेनलाई उद्धार गरी केएमसी शिक्षण अस्पताल लगिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

यस्तै, दुर्घटनामा परेका यात्रुहरूको शव भने महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो ।


तस्बिरहरु : केशब गुरुङ / कबिन अधिकारी