पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेको पीडा उस्तै
माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त हुनुहुन्थ्यो । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा हुनुहुन्थ्यो । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउनुहुने जानकारी प्रतिभालाई थियो ।
भूमिगत जलको दोहनलाई नियन्त्रणको विकल्प छैन: नेता सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमवार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
दुर्घटना न्यूनीकरणका उपाय
पुस २८ गते नेपालगन्जबाट काठमाडौँका लागि छुटेको भे. १ ख ३९१२ नम्बरको बस दुर्घटनामा परी १२ जनाको ज्यान गयो र २४ जना घाइते भए । यही दिन थानकोट–चित्लाङ सडक खण्ड अन्तर्गत काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ स्थित सेतो पहरामा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो । पुस १९ गते वीरगन्जबाट पोखरातर्फ गइरहेको यात्रु बस तनहुँको मौरीबजारमा दुर्घटना हुँदा ३२ जना घाइते भए । पुस ४ गते बाराको अमलेखगन्जस्थित तीन नम्बर पुलनजिक बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु र २७ जना घाइते भए आदि सडक दुर्घटनाका समाचार पछिल्लो समयका हुन् ।दुर्घटनाले पैदलयात्रु, सडक प्रयोगकर्ता र सडकमैत्री बनाउने अभियानमा लागेका सबैलाई चुनौती थपिदिएको छ । दुर्घटना भइसकेपछि मात्रै सरकारी निकाय र सम्बन्धित सरोकारवाला बिउँझने र अरू बेला निदाउने परिपाटीले सडक दुर्घटनामा कमी आउन सकेको छैन । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । सडक दुर्घटनाका कारण के के हुन, यसका निराकरणका लागि अपनाउनुपर्ने विधि के हुन सक्छन्, के कस्ता कानुन निर्माण गरी कार्यान्वयन गर्नुपर्ने हो ? यसतर्फ सरोकारवालाको ध्यान जानु जरुरी छ । तीन तहकै सरकारले सडकको नाममा नागरिकसँग कर उठाउँछन् तर वर्षौंसम्म सडकको स्तरोन्नति नगर्नु कहाँसम्मको न्याय हो ? नारायणघाट–बुटवल सडक खण्डको निर्माण वर्षांै हुँदा किन बन्दैन ? राजधानीभित्रका सडक निर्माणका लागि म्याद थपेको थपियै किन गरिन्छ ? यसको जवाफ अब सम्बन्धित निकायले दिनै पर्छ । देशभरिका सडकको अवस्था दयनीय छन् । सडक निर्माणका लागि भनेर महिनौँ सडक बन्द गरिन्छ । त्यसपछि खुलेको केही महिनामै फेरि सडक बेहाल हुने अवस्थाको अन्त्यका लागि गुणस्तरीय काम हुनु पर्छ । वर्षाको समयमा सडक अवरुद्ध हँुदा खाद्यान्न, लत्ताकपडालगायत अत्यावश्यक सामग्री आपूर्ति हुन सकिरहेको छैन । यो समस्याले सहरका ढलसमेत सडकमै बग्ने र यातायात अवरुद्ध हुने गरेको छ । फेरि यातायातमा सिन्डिकेटको मार बेहोर्नु परिरहेको छ । सवारीसाधनको पहुँचसमेत सर्वसाधारणमा सहज हुन सकिरहेको छैन । सडक दुर्घटना न्यूनीकरणका लागि चालक आफैँ सचेत, अनुशासित हुनुका साथै सवारीसाधनको अवस्थासमेत राम्रो हुनु पर्छ । चाडपर्वको समयमा तीव्र गति, मदिरा सेवन र ट्राफिक नियम उल्लङ्घन गरी जथाभावी सवारी चलाउँदा अकालमै नागरिकले ज्यान गुमाउनु परेको छ । सवारीचालकको अत्यधिक लापरबाहीका कारण सडक दुर्घटना बढेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ तर यो मात्रै सडक दुर्घटनाको कारण भने होइन । सरकारले सडकसम्बन्धी कानुन कार्यान्वयनमा कडाइ, सडक मर्मत, सवारीचालक अनुमतिपत्र दिँदा पु¥याउनुपर्ने तालिमलगायत विषयमा ध्यान दिनु आवश्यक छ । सडक दुर्घटना हुने अर्को कारण भनेको पशुचौपाय हो । राजधानीलगायत मुख्य राजमार्गमा जथाभावी पशुचौपाया छाड्ने गरिएको छ । ट्राफिक सङ्केत चिह्नहरूको मर्मत तथा सम्भार नहुँदा पनि दुर्घटना हुने गरेको छ । सङ्घीय राजधानीको चव्रmपथ सडक विस्तार गरी सडक चौडा भएको वर्षौं दिन भइसक्दा पनि पर्याप्त मात्रामा ट्राफिक चिह्न राख्न सकिएको छैन । उपत्यकाका सडक र राजमार्ग फराकिलो बनाउने भन्दै काम सुरु गरे पनि विभिन्न झमेलाले समयमै सम्पन्न हुन सकेको छैन । बनाइएका सडक र पुल पनि कम गुणस्तरका हुँदा चाँडै बिग्रिएका समाचार सुन्नु परेको छ । सडकछेउका घर भत्काएको पनि वर्ष दिनभन्दा बढी भइसक्यो तर ती स्थानमा अहिलेसम्म सडक निर्माणको काम पुरा हुन सकेको छैन । काठमाडौँ उपत्यकामै सडकका मङ्गाल नछोपी राख्ने गरिएको पाइन्छ । कतिपय ठाउँका सडक खाल्डो परेको र त्यसको मर्मतसम्भारमा कुनै चासो कसैले नदिएको देख्न सकिन्छ । गत वर्ष कपनमा समयमै सडक निर्माण नहुँदा एक जना बालकको मृत्यु भएको घटना सुन्नु परेको थियो । यसरी समयमा काम नसक्ने निर्माण व्यवसायीलाई किन कारबाही हुँदैन ? विशेष गरी बिहान र बेलुका चव्रmपथ बाहिरका साना ठुला सडकमा ठुल्ठुला टिप्पर गुड्दा सडक बिग्रँदै छन् । उपत्यका भित्रिने राजमार्गमा पनि क्षमताभन्दा बढी सामान बोकेका सवारीसाधन गुड्नाले सडक र पुलको गुणस्तरीयता कायम राख्न सकिएको छैन । सरकारले सडक सुधार र ट्राफिक व्यवस्थापनका लागि समय समयमा नीति, नियम र प्रतिवेदन सार्वजनिक गर्छ तर ती व्यवहारमा उत्रिए भनेर मूल्याङ्कन गर्न सकिएको छैन । सडक चौडा र फराकिलो हुनेबित्तिकै सवारी दुर्घटना कम हुने होइन । जबसम्म आमसवारी चालक र पैदल यात्रुबिच जनचेतना जागृत हुँदैन तबसमम दुर्घटना घट्न सक्दैन । सडक विस्तारको व्रmममा सडकमै रहेका बिजुली र टेलिफोनका पोल तथा यत्रतत्र छरिएका तारले सडक सुरक्षाको वातावरण बिगारिरहेका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ । काठमाडौँलगायत मुलुकका विभिन्न सहरमा ट्राफिक व्यवस्थापनका लागि सडकमा अनिवार्य सडकपेटी हुनु पर्छ । ट्राफिक चिह्नको अलावा पर्याप्त पार्किङको व्यवस्था, लेन अनुशासनको पालना, सफा र व्यवस्थित सडक, यात्रुका लागि यात्रु प्रतीक्षालय र समयानुकूल ट्राफिक नियम हुनु पर्छ । सडक विस्तार त भएको छ तर त्यहाँ जथाभावी मोटर, मोटर साइकल पार्किंङ र फुटपाथ पसल थाप्ने गरिएको छ । कोटेश्वरदेखि बल्खुसम्म छ लेनको सडक बनाइएको छ तर यी सडकमा सर्वसाधारणलाई बाटो काट्न प¥यो भने हम्म्मे हम्मे पर्छ । यसतर्फ पनि सम्बन्धित निकायको ध्यान पुग्नु पर्छ । सडकमा पर्याप्त मात्रामा जेब्राव्रmस, आकाशे पुल, ट्राफिक सङ्केत राख्नु पर्छ । सडक फराकिलो भएकै कारण भक्तपुर कोटेश्वर सडक खण्डमा दिनहुँ दुर्घटना भई कतिले अनाहकमा ज्यान गुमाउनु परेको छ । तीव्र गतिका कारण मात्रै सडक दुर्घटना भएको होइन, सडकको दुरवस्था, ट्राफिक सङ्केत चिह्नको अभाव, सिकारुले सवारीसाधन चलाउँदा र सडकको स्तरोन्नति नहुँदा पनि सडक दुर्घटना हुने गरेका छन् । क्षमताभन्दा बढी यात्रु राखेका कारण गाडी अनियन्त्रित हुँदा, चालकले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउँदा, समयमै सवारीसाधन मर्मत सम्भार नगर्दा पनि सडक दुर्घटना हुने गरेको छ । नेपालमा बर्सेनि सडक दुर्घटनाबाट धेरैले ज्यान गुमाउनु परेको छ । ट्राफिक प्रहरीका अनुसार सडक दुर्घटनाको मुख्य कारण चालकको लापरबाहीलाई लिइएको छ । चालकको लापरबाहीका कारण ६७ प्रतिशत, यात्रुको गल्तीले चार प्रतिशत, ओभरटेकबाट चार प्रतिशत, तीव्र गतिका कारण १५ प्रतिशत, यान्त्रिक गडबडीका कारण चार प्रतिशत र अन्य कारणमा छ प्रतिशत रहेका छन् । दुर्घटना न्यूनीकरणका लागि चालकले आफ्नो व्यवहारमा सुधार ल्याउनु पर्छ । सवारीसाधनलाई समय समयमा मर्मत सम्भार गर्नु पर्छ । सडकको स्तरोन्नति हुनु पर्छ । यात्रु तथा पैदल यात्रु सचेत हुनु पर्छ । ट्राफिक नियमको पालना सबैले गर्नु पर्छ । थोत्रा सवारीसाधन विस्थापित गर्नु पर्छ । सडक छेउछाउ बनाइएका अव्यवस्थित भौतिक संरचना हटाउनु पर्छ । ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय उच्च रक्तचाप, छारे रोग भएका र मोबाइलको प्रयोग गर्ने तथा अनुभव नभएका चालकका कारण दुर्घटना बढेको छ । यस्ता प्रवृत्ति रोक्नका लागि सम्बन्धित निकायको ध्यान जानु पर्छ । अतः सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक ऐन, नियम, नीति नियम बनाएर लागु गर्नु पर्छ । भएका कानुनमा समय सापेक्ष परिमार्जन गर्दै लैजानु पछै । ट्राफिक नियमबारे जनचेतना जगाउनु पर्छ । सडकमा जथाभावी चौपाया छोड््नेलाई कडा कारबाही गरिनु पर्छ । सडक अवरुद्ध हुने गरी सभा, सम्मेलन, धर्ना दिने कार्यव्रmम गर्नु हुँदैन । फुटपाथ पसल हटाउनु पर्छ । ट्राफिक चिह्न पर्याप्त राख्नु पर्छ । यसले केही हदसम्म सडक दुर्घटना न्यूनीकरणमा सघाउँछ ।
निकुञ्जभित्र चल्ने सवारी साधन अवैध
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा समेत सफारीमा चल्ने सवारी साधन अवैध रूपमा स्वरूप परिवर्तन गरेर सञ्चालनमा ल्याइने गरिएको पाइएको छ । त्यसरी सञ्चालन भएको एउटा
इजराइल–हमास युद्ध : सर्वाधिक रक्तपातपूर्ण र विनाशकारी युद्ध
एक सय दिन पुरानो पछिल्लो इजराइल–हमास युद्ध कट्टर दुश्मनबीचको अहिलेसम्मको सबैभन्दा लामो, सबैभन्दा रक्तपातपूर्ण र सबैभन्दा विनाशकारी युद्ध हो ।
नेपालभाषाका प्रख्यात गायक भृगुरामको निधन
नेपाल भाषाका गायक भृगुराम श्रेष्ठको ९१ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ । अर्बुद रोगबाट पीडित गायक भृगुरामलाई केही दिनअघि वीर अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।
हुण्डी कारोबार गर्ने दुई जना पक्राउ
प्रहरीले राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
सोमबार र मङ्गलबार सामान्य वर्षाको सम्भावना
नेपालमा सोमबारदेखि पश्चिमी वायुको प्रभावका कारण सामान्य वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागका अनुसार आज आंशिक प्रभाव परेको छ । जसका कारण पहाडी क्षेत्रको एक–दुई स्थानमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने छ ।
उम्मेदवारको निर्वाचन खर्चको हद तोकियो
निर्वाचन आयोगले २०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ ।
मेलम्चीको दैनिक पाँच करोड लिटर पानी वितरण भोलिदेखि
मेलम्चीको पानी चौथो पटक काठमाडौँ उपत्यकावासीको धारामा आउन लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार (माघ १ मा) सिंहदरबारमा आयोजना हुने कार्यव्रmमबिच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गरेपछि पानी उपत्यकावासीको धारामा पुग्ने छ ।
इजरायली आक्रमणमा गाजामा कम्तीमा २० को मृत्यु
इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले जनाएको छ।
माओवादीको विधान सम्मेलन फागुन १, २ र ३ गते हुने
शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले सो सम्मेलन फागुन १, २ र ३ गते गर्ने औपचारिक निर्णय गरेको हो।
काठमाडौँको सेतो पहरामा निजी गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु
शनिबार दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी
मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन्।
बागलुङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, नौ घाइते
बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज (शनिबार) बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।
सञ्चारमन्त्रीद्वारा घाइतेको प्रभावकारी उपचारका लागि निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी उपचारका लागि निर्देशन दिनुभएको छ ।
घाइतेको प्रभावकारी उपचारका लागि प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी उपचारका लागि निर्देशन दिनुभएको छ ।
राप्ती बस दुर्घटना अपडेट: १२ जनाको मृत्यु चार जनाको अझै सनाखत भएन
दाङको भालुवाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ जना पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–१ भालुवाङस्थीत राप्ती नदीको पुलबाट बस तल खसेको थियो ।
अस्थिर नीतिको भुमरीमा क्यासिनो
कोरोनाको विश्वव्यापी महामारीका कारण नेपालमा भएको बन्दाबन्दी र निषेधाज्ञाले लगभग शून्यमै पुगेको नेपालको होटल व्यवसायले बिस्तारै गति लिन थालेको छ । फस्टाउँदो पर्यटनलाई पछ्याउँदै यो क्षेत्र पनि विस्तारित बन्दै छ । पाँचतारेसहित अन्य सुविधासम्पन्न होटल खुल्न थालेका छन् तर पाँचतारे होटल स्थापनामा लागेका व्यवसायीहरू निराश छन् । नेपालको पूर्वदेखि पश्चिमसम्मै निर्माणाधीन होटलका सञ्चालकमा निराशा छाएको छ ।
पहिलो त्रैमासिकमा ३.२ प्रतिशत आर्थिक वृद्धि
वित्तीय र खानी तथा उत्खनन क्षेत्र चलायमान हुँदा चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो त्रैमासिक(साउन–असोज) मा मुलुकको अर्थतन्त्रले ३.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको छ ।
तीन महिनामा तीन दशमलव दुई प्रतिशतको आर्थिक वृद्धिदर
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा गार्हस्थ उत्पादन (जिडिपी)मा तीन दशमलव दुई प्रतिशतले वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्कानुसार जिडिपी वृद्धिदर खुम्चिएको हो।
राप्रपाको चियापानमा प्रधानमन्त्री प्रचण्डसहित शीर्षनेता उपस्थित
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको चियापान समारोहमा शीर्ष नेताले उपस्थिति जनाउनुभएको छ।
पृथ्वी जयन्तीमा एकता दिवस मनाउनु राम्रो : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो काम भएको बताउनुभएको छ ।
वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताउनुभएको छ ।