सगरमाथालाई भारतको भनेर टेलिसिरियलमा प्रचार
छिमेकी मुलुक भारतको एक टेलिभिजन सिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर गलत प्रचार तथा प्रसार गरिएको छ ।
‘गाजामा हरेक घण्टामा दुई आमाको मृत्यु’
एक सय दिनभन्दा बढी समयदेखि गाजामा चलेको द्वन्द्वमा हरेक घण्टामा दुई आमाहरूको मृत्यु हुने गरेको संयुक्त राष्ट्र सङ्घीय निकायले शुक्रबार जनाएको छ ।
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी परिचालन
सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २३ औँ स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी एक हप्ताअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको जानकारी गराएको हो ।
८० वर्षे उमेरमा धूमधाम बिहे
दार्चुलामा रोचक विवाह सम्पन्न भएको छ । अपि हिमाल गाउँपालिका–६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीले ८० वर्षको उमेरमा सांस्कृतिक तथा सामाजिक वैधानिक विवाह सम्पन्न गर्नुभएको हो ।
रोशी भिमखोरीका ३६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ भिमखोरीको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । प्रसारण लाइन जडान कार्य सम्पन्न भएपछि शुक्रबार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्युतीकरणको शुभारम्भ गर्नुभएको हो ।
२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत
रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । बयालीस हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गोली, पेस्तोल र लागू औषधसहित चारजना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली, पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार छुट्टाछुट्टै घटनामा एक थान पेस्तोल, एक थान गोली र लागुऔषधसहित चारजनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।
प्यालेस्टाइन र इजरायलबीच शान्ति–सुरक्षाका लागि उभिन चाहन्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताउनुभएको छ ।
स्कुल बसको ठक्करले बालकको मृत्यु
पोखरा महानगरपालिका –२४ कास्किकोटको काउलेमा स्कुल बसको ठक्करले बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने ३ बजेतिर बाल प्रतिभा बोर्डिङ स्कुलको ग १ क ४०८२ नम्बरको बसले नर्सरीमा पढ्ने समीर कार्कीलाई ठक्कर दिएको थियो ।
निजामती सेवामा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुग्न १३६ वर्ष लाग्ने
नेपालको निजामती सेवामा महिलाको प्रतिनिधित्व १५ वर्षमा ५.५ प्रतिशतको दरले बढेको छ ।
स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिवर्तन
स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक संस्थाका स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिवर्तन गरेको छ ।
दार्चुला बस दुर्घटना : १६ जनाकै परिचय खुल्यो
दुर्घटनामा परि गम्भिर घाइतेमध्ये दुहुँ गाउँपालिका ५ का ५३ वर्षीय दिलीपबहादुर बमको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि धनगढी रिफर गरिएको र उहाँसँगै सामान्य घाइते भएका बमकै २३ वर्षीय बुहारी कमला बम र ४ वर्षीय नाति हिमान्सु बमलाई पनि धनगढी पठाइएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर भट्टले बताउनुभयो ।
प्रधानमन्त्रीको सम्बोधन आज
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेअसंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्नुहुने भएको छ । उहाँले विश्वव्यापी साझा समृद्धिका लागि आपसी साझेदारीलाई प्रगाढ बनाउन आवश्यक पहलका विषयमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्ड नाम शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार युगान्डा प्रस्थान गर्नुभएको हो ।
शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काकाे निर्देशन
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनसमेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिनु भएको छ ।
अवैध मलखाद बोकेको १३ ट्रक नियन्त्रणमा
अवैध रूपमा चोरी निकासी भएर बाराको बाटो हुँदै अन्यत्र जिल्ला लैजाँदै गरेको १३ ट्रक मल प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकमा अवैध मल निकासी भइरहेको सूचनाको आधारमा खोज तलास गर्दा सो मल बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै
त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ ।
बागलुङमा दुर्गा प्रसाईँमाथि हातपात
मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बागलुङमा हातपातको भएको छ । नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ कार्यक्रमको लागि बागलुङ आउनुभएका प्रसाईँ माथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले हातपात गरेका हुन् ।
आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन हुन्छ : मन्त्री बस्नेत
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने बताउनुभएको छ ।
१५ लाख घुससहित वडाध्यक्ष पक्राउ
काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे रु. १५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राती नियन्त्रणमा लिएको छ ।
तेह्रथुममा टिपर दुर्घटना हुँदा दुईको मृत्यु तीन घाइते
तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
पार्किङबाट जिप चोरी गर्ने युवा पक्राउ
कास्की प्रहरीले बुधबार पार्किङमा राखिएको जिप चोरी गरी अन्यत्र लैजाँदैगरेका एक युवा पक्राउ परेका छन् ।
नागरिक लगानी कोषमा पर्वतकुमार कार्की नियुक्त
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
गङ्गालालमा डा. रवि मल्ल नियुक्त
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ ।