घरजग्गा कारोबार बढ्दा राजश्व सङ्कलन ३४ करोडभन्दा बढी
केही महिनादेखि सुस्ताएको घरजग्गा कारोबार पुस महिनामा बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार अघिल्ला महिनाको तुलनामा पुस महिनामा घरजग्गा कारोबार बढेको हो ।
राष्ट्रिय सभा निर्वाचन : मतपत्र ढुवानीका लागि सुरक्षा प्रबन्ध मिलाउन निर्देशन
निर्वाचन आयोगले मतपत्र ढुवानीका लागि गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।
मदिराको कालो बजारी : खुकुरी रमदेखि ब्ल्याक लेबलसम्म नक्कली
काठमाडौँ उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने गरी कालो बजारी हुने गरेको फेला परेको छ ।
प्रधानमन्त्री प्रचण्ड बिहीबार युगाण्डा प्रस्थान गर्नुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (माघ ४ गते) युगान्डा गणतन्त्र प्रस्थान गर्दै हुनुहुन्छ ।
प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुङ्ग्याउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुङ्ग्याउन निर्देशन दिनुभएको छ। बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो।
मेलम्चीकाे खानेपानी पाइएन, यी नम्बरमा सम्पर्क गर्नुस्
सरकारले सोमबारदेखि पुनः काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको वितरण गरेको छ । उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समान रूपमा निरन्तर उपभोक्ताको धारामा पानी वितरण गर्न समेत निर्देशन दिएको छ ।
साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता
मुलुकमा लगानी गर्न सबैभन्दा धेरै साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता धेरै आउने गरेको छ । उद्योग विभागका अनुसार चालुु आर्थिक वर्षको छ महिनामा (साउन–पुुस) सम्म २२६ उद्योगमध्ये सबैभन्दा धेरै २११ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।
सेयरमा फराकिलो वृद्धि कारोबार पनि उच्च
सुधारिएको सेयर बजारले २२ सयको बिन्दु पछ्याएको छ । साताको तेस्रो दिन ५४ अङ्कले उकालो लागेको परिसूचकलाई साथ दिँदै कारोबार रकमले पनि आठ अर्ब नाघेको छ ।
ओखलढुङ्गामा हिमपात : किसान खुसी
ओखलढुङ्गाको माथिल्लो उच्च भेगमा हिमपात भएको छ ।
उपत्यकामा फाट्टफुट्ट वर्षा, पर्सिसम्म मौसम नखुल्ने
पश्चिमी वायुको प्रभावका कारण अहिले देशैभरको मौसममा सामान्यदेखि आंशिक बदली भएको छ । जसका कारण देशका पहाडी भूभागका एक–दुई स्थान सहित उपत्यकामा फाट्टफुट्ट पानी परेको छ ।
वैदेशिक रोजगारीमा लाखौँ ठगी गर्ने दुई जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
प्रेस्किप्सनबिना साइक्याट्रिक औषधि बिक्रीमा कडाइ
गोकर्णश्वर नगरपालिकाले प्रेस्किप्सनबिना साइक्याटिक औषधि बिक्रिवितरण गरेको पाइएमा फार्मेसी सिल गर्ने चेतावनी दिएको छ ।
केन्द्रीय अस्पतालका लागि १६ हजार दरबन्दी आवश्यक : स्वास्थ्यसचिव पोखरेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले केन्द्रीय अस्पतलाहरुका लागि तत्काल १६ हजार दरबन्दी तत्काल आवश्यक रहेको बताउनुभएको छ ।
ग्यास सिलिन्डर विस्फाेट हुँदा एक गम्भीर घाइते
बिर्तामोड नगरपालिका –७ गरामनीस्थित बेल्स मोडल स्कुलमा स्कुलको अतिरिक्त कार्यक्रममा बेलुन फुलाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते हुनुभएको छ ।
२० हजार बढी सवारी साधन कारबाहीमा
कपिलवस्तुमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २० हजार ८९९ सवारी साधनलाई कारबाही गरिएको छ ।
आज राति हल्का वर्षाको सम्भावना
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
सुन्तला बेचेर कृषकले कमाए ३० करोड रुपियाँ
तनहुँका कृषकले यस वर्ष सुन्तला बेचेर ३० करोड रुपियाँ आम्दानी गरेका छन् । सुन्तला खेती विस्तार र उत्पादन वृद्धि भएकाले गत वर्षभन्दा चार करोड रुपियाँले बढी सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले बताउनुभयो ।
टुँडिखेलमा भागदौड हुँदा आठ जना घाइते
माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबिच भागदौड हुँदा आठ जना घाइते भएका छन् । टुँडिखेलमा माघे सङ्क्रान्तिको अवसरमा थारु र मगर समुदायले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागीबिच भागदौड हुँदा उनीहरू घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।
पर्सामा कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगन्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ ।
सुडानमा युद्धबाट ७४ लाख व्यक्ति विस्थापित
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट विस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ ।
पाथीभरा मन्दिरबाट मासिक ३५ लाख भेटी सङ्कलन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुस महिनामा ३५ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम सङ्कलन भएको हो ।
श्रीमानको शव फेला, श्रीमती अचेत
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३, पकरियामा शङ्कास्पद अवस्थामा सोमबार बिहान एक पुरुषको शव फेला परेको छ । मृतक पुरुषको श्रीमती अचेत अवस्थामा फेला पर्नुभएको छ ।
घरेलु सामग्री उत्पादनमा परिश्रम धेरै, आम्दानी कम
डोटीको केआईसिंह गाउँपालिका–४ वायलका ४५ वर्षीया डवल विकले निगालोको डोकोडालो बुन्न थालेको २५ वर्षभन्दा बढी समय भयो ।
चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा एक लाख पर्यटक
चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जमा जङ्गल सफारीमार्फत एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकहरूले निकुञ्जको अवलोकन गरेका हुन् ।