• ३० वैशाख २०८१, आइतबार

पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, ७ घाइते

blog

दुर्घटनामा परेको पिकअप भ्यान । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे

हिले, फागुन २० गते । धनकुटाको चुङमाङ्गमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् । 

मृतकको नाम खुलेको छैन । हिलेबाट चुङमाङ्ग जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप गाडी पाख्रिवास नगरपालिका–१० चुङमाङ्गमास्थित भारती मावि छेउमा दुर्घटना भएको हो ।

गाडीमा १७ जना सवार रहेको बताइएको छ । घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । गाडीको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीचौकी हिलेका असई अर्जुन कार्कीले जानकारी दिनुभयो ।