• ३० वैशाख २०८१, आइतबार

चार प्रदेशमा सामान्य वर्षा, पर्सिदेखि सुधार हुने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १९ गते । देशका चार प्रदेशमा अहिले हल्का वर्षा भइरहेको छ । मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य वर्षा भइरहेको छ । 

पश्चिमी  वायुको प्रभाव क्रमशः पूर्वतर्फ सर्दैगएकाले राति बागमती र कोशी प्रदेशमा पनि हल्का वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशको मौसम पूर्णतया बदली रहे पनि आज पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् अर्यालको भनाइ छ । 

उहाँका अनुसार भोलि पनि देशका सबै भूभागको मौसम आंशिकदेखि पूर्णतया बदली रही केही भूभागमा सामान्य वर्षाको सम्भावना रहेको छ । पर्सी सोमबारदेखि भने मौसममा सुधार हुँदैजाने मौसमविद् अर्यालको भनाइ छ ।