आगामी निर्वाचन नलड्ने विश्वप्रकाश शर्माको घोषणा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले यस्तो घोषणा गर्नुभएको हो।
दैनिक छाक टार्न राप्ती बगरमै सङ्घर्ष
हेटौँडा उपमहानगरपालिका–१३, वनस्पतिकी ५५ वर्षीय लक्ष्मीमाया भ्लोनलाई सधैँ दैनिक छाक टार्ने चिन्ताले सताइरहन्छ । २०५० सालमा पूर्वी मकवानपुरको बागमती गाउँपालिका–राइगाउँमा आएको बाढीले खेतबारी बगरमा परिणत भएपछि उहाँ सुकुम्वासी बस्तीमा बस्न बाध्य हुनुभयो ।
गण्डकीमा राष्ट्रियसभा निर्वाचन : एक्लै लडे कांग्रेस बलियो
आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभाको निर्वाचनमा दलहरु केन्द्रित भएका छन् । गण्डकीबाट प्रतिनिधित्व गर्ने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले)का भगवती न्यौपानेको कार्यकाल सकिँदा ती स्थानमा चुनाव हुन लागेको हो ।
उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्वको शुभकामना व्यक्त
उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे), २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो ।
नागरिक लगानी कोषले पाँच प्रतिशत बोनस सेयर दिने
नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा पुस ३० गते आयोजना हुने भएको छ । साधारणसभा कोषको आफ्नै भवन परिसरमा सञ्चालन हुने जनाइएको छ ।
ठमेलको वाल्डो क्यासिनोमा अवैध जुवा, छजना पक्राउ
काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजेन्द्र लिङ्देन र कमल थापाको राप्रपाको एकता
राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबिच पार्टी एकताको गर्ने निर्णय भएको छ ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मान्छे कर्मले सधैँ अमर रहन्छ : सञ्चारमन्त्री खरेल
समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको हुलाक टिकट सार्वजनिक गरिएको छ ।
आज पनि बढ्यो सुनचाँदीको मूल्य
पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ ।
लिबियाका सेना प्रमुखसहित उच्च सैनिक अधिकारीको मृत्यु
लिबियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अलि अहमद अल–हद्दादसहित पाँच जना उच्च सैनिक अधिकारीको विमान दुर्घटनामा पनि निधन भएको छ ।
अत्यधिक चिसोले बोदेबर्साइनका विद्यालय पाँच दिन बन्द
अत्यधिक चिसो बढेपछि सप्तरीको बोदेबर्साइन नगरपालिकाले पाँच दिनसम्म विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबारदेखि पुस १३ गतेसम्म पाँच दिनका लागि नगरभित्र रहेको सबै विद्यालय बन्द गरेको हो ।
जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती
विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको आश्रममा मङ्गलबार चहलपहल थिएन ।
चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु
प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ ।
राष्ट्रिय सभा निर्वाचन : सात निर्वाचन अधिकृत नियुक्त
आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सात प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ।
सीता ज्वेलर्सका सञ्चालक चोरी अभियोगमा पक्राउ
सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
नारायणीमा देखिन थाले डल्फिन
नवलपुरको खोरिया मुहाननजिक नारायणी नदीमा डल्फिन देखिएका छन् । संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको खोरिया मुहाननजिक नारायणी नदीमा डल्फिन देखिएको बताउनुभयो ।
तीन वर्षअघि सकिनुपर्ने काम ४० प्रतिशत मात्रै
तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ भादगाउँ जोड्ने बुल्दीखोला पुल निर्माण कम्पनीको चरम लापरबाहीका कारण अलपत्र परेको छ । २०७९ सालमै निर्माण सम्पन्न हुनुपर्ने यो पुल सम्झौता भएको चार वर्ष बितिसक्दा पनि हालसम्म करिब ४० प्रतिशत मात्रै प्रगति देखिएको छ ।
सुनको मूल्यमा भारी वृद्धि
आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा रू. पाँच हजार ५०० र चाँदीको मूल्य रू. २० ले वृद्धि भएको छ
काठमाडौँ महानगरका १०७ विद्यालय गायब (सूचीसहित)
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्वजनिक गरिएको हो ।
ठेकदारको लापरबाही : कालोपत्र सडक तीन महिनामै उप्कियो
म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा कालोपत्र उप्किँदा खाल्डाखुल्डी परेका छन् ।
अत्यधिक चिसोका कारण चिनियाँ बजारमा जान छोडे स्थानीय
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरका पेमा छिरिङ गुरूङले अत्यधिक चिसोसँगै नेपाल–चीन जोड्ने कोरला नाकामा रहेको व्यवसाय बन्द गरी पोखरा झर्नुभएको छ ।
चिसो बढेसँगै रौतहटमा चार दिन विद्यालय बन्द
जाडो बढ्दै गएपछि रौतहटको गौर नगरपालिकाले विद्यालयमा बिदा दिएको छ । केहि दिनदेखि अत्यधिक जाडो बढेको भन्दै पुस ८ देखि ११ गतेसम्म चार दिन विद्यालयमा जाडो बिदा दिएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले बताउनुभयो ।