सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
कांग्रेसको नियमित महाधिवेशन स्थगित
नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले वक्तव्य सार्वजनिक गर्नुहुँदै नियमित महाधिवेशन स्थगित भएको जानकारी गराउनुभएको हो।
भवन निर्माणमा भ्रष्टाचार, चार जनाविरुद्ध मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुस्मा नगरपालिका–७, खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै चारजनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
९३ थान हजारका नक्कली नोटसहित छजना पक्राउ
नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट छ जनालाई पक्राउ गरेको छ।
सन् २०२६ लाई आतशबाजीसँगै स्वागत
विश्वभरका मानिसले एक अस्थिर वर्षलाई बिदाई दिँदै बिहीबार सन् २०२६ को सुरुआत उत्साह र आतशबाजीका साथ मनाएका छन् । सन् २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यापार प्रवद्र्धन गर्नुभयो, युक्रेनमा क्रूर द्वन्द्व भड्कियो र तापमान बढ्दै गयो ।
देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा मास्क लगाएर मात्र निस्कन आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा मास्क लगाएर मात्र निस्कन आग्रह गरेको छ ।
अलैँचीको खेती क्षेत्र बढ्यो, उत्पादन घटयो
ताप्लेजुङमा यसवर्ष अलैँचीको खेती क्षेत्र बढेको छ भने उत्पादन घटेको छ । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको खेती विस्तार हुँदा यसवर्ष उत्पादन भने घटेको हो ।
सुकेटार विमानस्थलमा हवाई उडान थप
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप भएको छ । सातामा दुई दिनमात्र उडान भइरहेको सुकेटार एयरपोर्टमा पुनः एक दिन तालिका थप भएको हो ।
राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।
तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा बिहीबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पेट्रोल र डिजेलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर चार रुपियाँ १९ पैसा, डिजेलमा पाँच रुपियाँ छ पैसा र हवाई इन्धनमा प्रतिलिटर आठ रुपियाँ १५ पैसा घटाएको छ ।
गोली लागेर एकको मृत्यु, पाँच जना पक्राउ
जाजरकोटमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहको गोली लागेर मृत्यु भएको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अवैध भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पूर्वमन्त्री गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश
विशेष अदालतले घुस (रिसवत) प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
भूमि आयोगका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
'मुलुक निर्वाचनतर्फ गयो, अब के होला भन्ने अन्यौलता छैन'
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ।
अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन
मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।
वीरगन्जमा तेस्रोपटक पठनपाठन बन्द गर्ने निर्णय
वीरगञ्ज महानगरले यहाँ शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै
देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ ।
आज तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली
देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ ।
ओखलढुङ्गाको भदौरेमा मगर दम्पती को विभत्स हत्या
ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६, भदौरेमा एक मगर दम्पतीको विभत्स हत्या भएको छ ।
वर्ष समीक्षा २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र
सन् २०२५ मा विश्व अर्थतन्त्रले उच्च ब्याजदर तथा मुद्रास्फीति, आपूर्ति शृङ्खलामा आएको परिवर्तन, मानवीय सहायता रकममा चरम कटौती, सार्वजनिक ऋणको बढ्दो आँकडा जस्ता चुनौतीको सामना गर्नुपर्यो ।
दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।
प्रधानमन्त्रीद्वारा खालिदा जियाको निधनप्रति दुःख व्यक्त
प्रधानमन्त्री सुशीला कार्कीले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
तमु ल्होसारले सद्भावलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउनमा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभएको छ ।