कालापानी आसपास क्षेत्रमा भूकम्पको धक्का
दार्चुलाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर केहीबेर अघि ९ः२४ मिनेट जाँदा चार दशमलटव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।
हङकङ आगलागीमा मृत्यु सङ्ख्या १६० पुग्यो
हङकङमा दशकौँयताकै सबैभन्दा भीषण आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६० पुगेको छ ।
सञ्चारमन्त्री खरेलसँग भारतीय अतिरिक्त सचिवको शिष्टाचार भेट
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज शिष्टाचार भेट गर्नुभएको छ।
उखुको खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धारण
सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्णय गरेको हो ।
विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम
नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ ।
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ ।
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी
जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।
पत्रकार सुरेश रजकलाई सहिद घोषणा
स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंको टोलीबिच छलफल
प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानको टोलीसँग भेटघाट तथा छलफल गर्नुभएको छ ।
क्षतिग्रस्त संंरचनाको अर्थमन्त्री खनालद्वारा निरीक्षण
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनकारीले क्षति गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको निरीक्षण गर्नुभएको छ ।
नक्कली बिल र झुट्टा लेखापरीक्षण : साढे नाै लाख रकम हिनामिना
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको शिवालय गाउँपालिका–१ को चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीमाथि रकम हिनामिनाको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दर्ता गरेको छ।
नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ
काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
अण्डाको मूल्य हालसम्मकै उच्च
विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् ।
भालुको आक्रमणबाट दुई जना घाइते
जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज दुई जना गम्भीर घाइते भएका छन् ।
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति
म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ ।
एनपिएल : आज खेल नहुने, पहिलो क्वालिफायर भोली
यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ ।
दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण
गुल्मी र स्याङ्जा जोडने मोटरेबल पुल जीर्ण बन्दै गएको एक दशकभन्दा बढी हुँदा पनि जीर्ण पुलबाटै जोखिम मोलेरै यात्रा गर्न यहाँका सवारी चालक र यात्रु बाध्य बनेका छन् । जहाँ नयाँ पुल निर्माणको चर्चा भए पनि चर्चामा मात्रै सीमित भएको छ ।
मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्राअवधि छोटिएको छ ।
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।
संसद् पुनर्स्थापनाको माग गर्दै कांग्रेस पनि सर्वोच्च अदालतमा
विघटित प्रतिनिधिसभामा रहेका नेपाली कांग्रेसका केही सांसदहरु प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दाका लागि पेस गरेका छन् ।
बङ्गलादेशमा विद्रोह : सामूहिक चिहान उत्खनन सुरू
बङ्गलादेशी प्रहरीले गत बर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिविना गाडिएका करिब ११४ अज्ञात पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहान आइतबारदेखि उत्खनन सुरु गरेको छ।
एनपिएल : कर्णाली याक्सको सुखद अन्त्य
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुखद अन्त्य गरेको छ । लिग चरणको अन्तिम खेलमा आइतबार कर्णालीले साविक विजेता जनकपुर बोल्ट्सलाई तीन रनले हरायो ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवद्वारा शपथ ग्रहण
मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले शपथ लिनुभएको छ ।