• २६ फागुन २०८२, मङ्गलबार

महोत्तरी-४ मा रास्वपाकी गौरीकुमारी विजयी

blog

तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, फागुन २४ गते । महोत्तरी क्षेत्र नम्बर ४ बाट पनि राष्ट्रिय (रास्वपा) उम्मदेवार गौरीकुमारी विजयी हुनुभएको छ । यो जीतसँगै महोत्तरीको चारवटै संसदीय निर्वाचन क्षेत्रमा रास्वपाले कब्जा जमाएको छ । 

उहाँले ३० हजार १३२ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो । गौरीले पूर्व मन्त्रीसमेत रहनुभएका जनता समाजवादी पार्टी नेपालका डा सुरेन्द्रकुमार यादवलाई २१ हजार ३९० मतको फराकिलो अन्तरले पराजित गर्दै महोत्तरीमा एक मात्र महिला सांसद बन्नुभएको छ । 

डा यादवले ८ हजार ७४२ मत प्राप्त गर्नु भएको छ । त्यतै नेपाली कांग्रेसका महेन्द्रकुमार रायले ६ हजार ९४४ मत मत प्राप्त गर्नुभयो । १ लाख ७ हजार ६०६ मतदाता रहेको क्षेत्र नं ४ मा ६५ हजार ६५ जनाले मतदान गरेका थिए । जसमध्ये ५९ हजार ५४३ मत सदर र ५ हजार ५२२ मत बदर भएको क्षेत्र नं ४ का निर्वाचन अधिकृत नारायणप्रसाद चापागाईले बताउनुभयो । 

महोत्तरी क्षेत्र नं ४ मा बिजयी रास्वपाकी गौरीकुमारी निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै ।