पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलमा १५–१५ रुपियाँ वृद्धि गरेको हो ।
संसदबाटै सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक माफी माग्दै उक्त माफीको मूल्य न्यायमार्फत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
शुक्रबार तराईमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार सबै प्रदेशका तराई भू–भागमा हावाहुरीको सम्भावना रहेको बताएको छ ।
फेसबुकबाट ९० लाख ठगी गर्ने एक पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा फेक अकाण्ट खोली ९० लाख रुपियाँ ठगी गर्ने ५० वर्षीया वन कुमारी गुरुङ पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरण : व्यवसायी दीपक भट्ट पक्राउ
प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टलाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राही ठगेको अभियोगमा चितवनबाट १६ जना पक्राउ
मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दुःख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
‘सरकारी सूचना सरकारी सञ्चार माध्यममा प्रकाशन–प्रसारण गर्नु’
सरकारी खर्चमा मितव्ययिता कायम गर्न सरकारले सरकारी सञ्चार माध्यममा मात्र सूचना प्रकाशन–प्रसारण गर्न गराउन निर्देश गरेको छ ।
विद्युत् खरिद सम्झौता र अनुमतिपत्रको अध्ययन गर्न दुई समिति गठन
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पिपिए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवटा उच्चस्तरीय समिति गठन गरेको छ।
जनअपेक्षा पूरा गर्न र सुशासन कायम गर्न अध्यक्ष दाहालको आह्वान
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाले एक परिपक्व, सुझबुझयुक्त र अभिभावकीय सदनको रूपमा आफ्नो पहिचान स्थापित गरेको बताउनुभएको छ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पहिलो प्रतिनिधि सभाको बैठकमा उपस्थित हुनुभएको छ ।
कपुरकोटमा अटो दुर्घटना हुँदा पाँच जना घाइते
सल्यानको कपुरकोट गाउँपालिका–४ किमुचौर नजिक अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष छलफल सुरु
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गर्नुभएको छ।
इरान युद्धमा ट्रम्पको कडा चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धलाई निर्णायक मोडमा पुगेको दाबी गर्दै थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने चेतावनी दिनुभएको छ ।
बाँकेमा ३५ बालबन्दी र ८ कैदी एसइईमा सहभागी
बिहीबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा बाँकेका दुई वटा बाल सुधार गृह र दुई वटा कारागारमा रहेका ४३ जना बालबन्दी तथा कैदी ले पनि सहभागिता जनाएका छन्।
विवादबिनै संसद सञ्चालन हुनेः ज्येष्ठ सदस्य केसी
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद राष्ट्रिय राजनीतिको ऐना भएको उल्लेख गर्दै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ सभामुख र संसदले जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभयो।
लमजुङमा बाहिरबाट कुखुरा–अण्डा ल्याउन प्रतिबन्ध
लमजुङमा बर्ड फ्लू रोगको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बाह्य जिल्लाबाट कुखुरा र अण्डा आयातमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
वालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ ।
साझा मुद्दामा सामूहिक पहल गर्ने थारू सांसदहरुको प्रतिवद्धता
प्रतिनिधिसभामा नवनिर्वाचित थारु सांसदहरुले संविधानले सुनिश्चित गरेको अधिकार सम्बोधनका लागि सामूहिक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सुनिश्चित भएको अधिकारको कार्यान्वयन गर्ने र बाँकी अधिकार संविधान संशोधनमार्फत सम्बोधनका लागि पहल गर्ने उहाँहरुले विश्वास दिलाउनुभएको छ ।
मालपोत अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय, पर्साका तत्कालीन अधिकृत हरिनारायण मिश्रसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
एमाले संसदीय दलमा बादल सर्वसम्मत चयन
नेकपा (एमाले) को संसदीय दलको बैठकले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’लाई चयन गर्ने निर्णय गरेको छ ।
सभामुखको चुनाव चैत २२ मा हुने
प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ ।
चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा विगत १२ वर्षमा चट्याङका घटनाबाट ठूलो जनधनको क्षति भएको छ ।
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ ।