‘सकेसम्म आज दाउन्नेको सडक प्रयोग नगर्नु’
बिहानैदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्ड सञ्चालनमा ल्याउन समस्या भएको प्रहरीले बताएको छ । लगातार चार दिनदेखि परेको पानीले सडक चिप्लो भएर गाडी गुड्न नसक्दा समस्या भएको दुम्किवास प्रहरी चौकीका इन्चार्ज, प्रहरी निरीक्षक थम्मनसिंह रानाले बताउनुभयो ।
कांग्रेसको महाधिवेशनबारे सहमति नजुट्दा बैठक स्थगित
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा सहमति नजुटेपछि आजको बैठक स्थगित गरिएको छ।
जेनजी आन्दोलनमा कारागारबाट भागेर पीडितसँगै बिहे !
सप्तरीमा प्रेम र अपराधको एउटा अनौठो संयोग चर्चामा छ। त्यो चर्चाको केन्द्रबिन्दुमा छन् महादेवा गाउँपालिका वडा नम्बर ४ घर भएका २४ वर्षीय शत्रुघन मुखिया।
काठमाडौंको फोहोर फाल्न अवरोध हट्यो : गाडी सञ्चालन
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन रोकिँदा पाँच दिनदेखि अस्तव्यस्त बनेको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन समस्या अन्ततः समाधान भएको छ।
ढुङ्गा माटोसहितको लेदो पस्दा उत्तरी गोरखाका ५ घरमा क्षति
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका ५ घरमा ढुङ्गा, माटोसहितको लेदो पस्दा क्षति पुगेको छ ।
झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, नमुना सङ्कलन गरिँदै
सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरम मुसहरी टोलमा झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पुगेका छन् । प्रभावितको स्वास्थ्यकर्मीको टोली घर घरमै गएर व्यक्तिहरूको पखाला जाँचका लागि नमुना सङ्कलन गरिरहेका हुन् ।
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा-नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो ।
बाजुरा बस दुर्घटना : घाइते सहचालक जोशीको मृत्यु
बाजुरामा गत शनिबार बस दुर्घटनामा परी घाइते भएका बैतडीका २७ वर्षीया सहचालक गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ ।
धनुषाको वीरेन्द्र बजारमा बस र अटो ठोक्किँदा चार जनाको मृत्यु, दुई गम्भीर
धनुषाको वीरेन्द्र बजारमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
रुकुमपूर्वमा अटो दुर्घटना : जेठानी–देउरानीको मृत्यु, पाँच घाइते
रुकुमपूर्व भूमे गाउँपालिका–१ पञ्चासेमा अटो दुर्घटना हुँदा एकै घरका दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते हुनु भएका छन् ।
कात्तिकमै बाक्लो हुस्सु
कैलालीसहित तराईमा कात्तिकमै बाक्लो हुस्सु लागेको छ । आइतबार बिहानैदेखि हुस्सु लागेको हो । मोन्था आँधीको असरले केही दिन मौसममा बदली भए पनि सुदूरपश्चिम प्रदेशको तराईमा हल्कामात्रै वर्षा भएको थियो ।
सप्तरीमा झाडापखालाले एकै परिवारका तीन जनाको मृत्यु
सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका सदस्यका तीन जनाको मृत्यु भएको छ ।
‘मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै
बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।
मौसममा क्रमिक सुधार, आइतबार थप सुधार हुने
जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः सुधार हुँदैगएको र आइतबार थप सुधार हुने जनाएको छ ।
सरकार र आन्दोलनरत नर्सबिच सहमति
आन्दोलनरत नर्सका प्रतिनिधि र सरकारबिच सहमति भएको छ। नर्सहरूको माग सम्बोधन गर्न शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले सहमति गरेको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले 8जानकारी दिनुभयो ।
बाजुरामा बस दुर्घटना, ६ जना घाइते
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –७ को सेरकाटियानजिक बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुढीनन्दा नगरपालिका –१ को कोल्टी बसपार्कदेखि मार्तडी हुँदै धनगढी जान लागेको सुप्र ०१००१ ख ३१८१ नम्बरको बस सडकमै पल्टिदा चालकसहित पाँच जना घाइते भएका हुन् ।
दुर्घटनामा घटनास्थलमै दुईको मृत्यु
भोजपुरको उत्तरी षडानन्द नगरपालिका –४ दुबेस्थित चाम्लादाङबाट दिङ्ला आउँदैगरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बस दुर्घटनामा एकको मृत्यु
काठमाडौंबाट महेन्द्रनगरका लागि फर्केको बस कञ्चनपुरको कृष्णपुर नगरपालिका –२ वाणीमा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
एक साता अघिदेखि हराइरहेका शर्माको शव भेटिएपछि अवस्था तनावग्रस्त
एकसाता अघि आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको हत्या भएको खुलेपछि अवस्था तनावग्रस्त बनेको छ ।
एक सातादेखि बेपत्ता सरोज शर्माको हत्या, दुई जना पक्राउ
एकसाता अघि आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको फिल्मि शैलीमा अपहरणपछि हत्या भएको जनाइएको छ ।
डिजेल र मट्टितेलको मूल्य एक रुपियाँले घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगम सञ्चालक समितिको बैठकको आजको निर्णयअनुसार डिजेल र मट्टितेलमा एक एक रुपियाँ घटाइएको छ । पेट्रोलको मूल्य यथावत राखिएको छ।
एकीकृत समाजवादीद्वारा माओवादी केन्द्रलगायत दलसँग एकता गर्ने निर्णय
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) लगायत दलसँग एकता गर्ने निर्णय गरेको छ।
बाटोमै सकुशल सुत्केरी सेवा
बाजुराको बुढीगङ्गा नगरपालिका– ७ झाली बर्थिङ्ग सेन्टरमा कार्यरत बिनिता विष्टले बाटोमै सुत्केरी सेवा दिएर आमा र छोरालाई बचाउँनु भएको छ।
राँके–रवि सडक खण्डमा पहिरो
न्युन चापीय प्रणाली मोन्था चक्रवातको प्रभावका कारण तीन दिनदेखि जारी वर्षाका कारण आएको पहिरोले अवरुद्ध मध्यपहाडी राजमार्गको पाँचथर खण्ड सञ्चालनमा आएको छ ।