• २४ फागुन २०८२, आइतबार

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुने

blog

प्रधानमन्त्री सुशीला कार्की ।

काठमाडौँ, फागुन २४ गते ।प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को घटना जाँचबुझ आयोगबाट प्राप्त प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा लगिने बताउनुभएको छ ।

उक्त आयोगको प्रतिवेदन ग्रहण गरेपछि उहाँले त्यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढाउने र त्यसलाई आवश्यकतानुसार सार्वजनिक पनि गर्ने बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गछौँ यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौ ।” उहाँले प्रतिवेदनमा यथार्थ वस्तुस्थिति र सत्यतथ्य समावेश भएको विश्वास पनि व्यक्त गर्नुभयो ।

साथै प्रधानमन्त्री कार्कीले आयोगका अध्यक्ष एवं सदस्यहरूले गर्नुभएको मेहनतको सराहना गर्नुभएको छ । रासस