पुतली बजारमा बस दुर्घटनामा १० जना घाइते
धरान चतरा सडक खण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका ६ स्थित पुतली बजारमा बुधवार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
यु १९ विश्वकपमा नेपाल र पाकिस्तान भिड्दै
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बुधबार नेपालले पाकिस्तानको सामना गर्दै छ ।
नर्वेका राजाको पदमाेह : राजगद्दी त्याग्न अस्वीकार
शारीरिकरूपमा कमजोर नर्वेका राजा हेराल्डले पद छाड्ने कुनै योजना नभएको दोहोराउनु भएको छ ।
नेपाली कांग्रेस ‘मास बेस’ पार्टी हो : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस ‘क्याडर बेस’ नभई ‘मास बेस’ पार्टी भएको बताउनुभएको छ ।
सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न पाइने
सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस भएको छ ।
योजना कार्यान्वयनको समस्या खोज्न आयोग पदाधिकारीलाई उपप्रधानमन्त्री खड्काको सुझाव
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले १६ औँ आवधिक योजनाका बारेमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ।
एमालेले सरकारलाई बुझायो ७५१ वटा माग सहितको ज्ञापन पत्र
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले मध्यपहाडी लोकमार्ग अभियानका क्रममा जनताका मागसहितको ज्ञापन पत्र सरकारलाई बुझाएको छ ।
त्रिवि उपकुलपतिका लागि ४३ जनाकाे आवेदन
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति नियुक्तिका लागि पूर्वपदाधिकारीले नै आकाङ्क्षा राख्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति सोमबारसम्म ४३ जनाले आवेदन दिएका छन् । उपकुलपतिमा दरखास्त दिनेहरूमा विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्राडा शिवलाल भुसाल, त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले पनि दरखास्त दिनुभएको छ ।
प्यालेस्टिनी र इजराइलीबीच भीषण सङ्घर्ष, ४० को मृत्यु
दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजराइली बमबारीमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ ।
स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
राजस्व बढाउने सरकारको लक्ष्य : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजस्व बढाउने नै सरकारको लक्ष्य भएको बताउनु भएको छ ।
टोपी भिसामा अस्ट्रेलिया
उच्च शिक्षाका लागि बिदेसिएकी छोरीको दीक्षान्त समारोहमा भाग लिन हामी अस्ट्रेलिया जाने भयौँ । कोभिड प्रकोपको सुरुवाती दिनहरूमा उसले नेपाल छोडेको पनि तीन वर्ष भएछ । पासपोर्ट हात लागेको खुसियाली डेङ्गुले खोस्यो ।
दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, दुईजना घाइते
बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको उहाँले बताउनुभयो ।
एकै पटक ११ सयभन्दा बढी कर्मचारी माग
बागमती प्रदेशको लोक सेवा आयोगले अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्यामा कर्मचारी माग गर्दैछ ।
एसइई परीक्षा चैत १५ गतेबाट सुरु हुने
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।
नेपाल–भारत सीमा नाकामा सुरक्षा चेकजाँच कडाइ
भारतको अयोध्यामा हुन लागेको ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ र ‘गणतन्त्र दिवस’ को पूर्वसन्ध्यामा यहाँस्थित नेपाल–भारत नाकामा सुरक्षा चेकजाँच कडा पारिएको छ ।
प्रहरी समायोजनको काम तत्काल हुन्छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेशहरूमा प्रहरी समायोजन प्रक्रियाको घोषणा छिट्टै हुने बताउनुभएको छ ।
कार्यकारिणी समितिको बैठक डाक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिनुभएको छ ।
राष्ट्रपतिद्वारा बौद्ध धर्मगुरुलाई प्रमाणपत्र प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले ४६ औँ बौद्ध दर्शन अध्ययन भ्रमण टोली–२०८० मा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
चिसोले पहिरोपीडितको जीवन कष्टकर
पूर्वी नवलपरासीमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेपछि जनजीवन प्रभावित बनेको हो ।
राम मन्दिरको प्राण प्रतिष्ठा : जनकपुरमा उत्सव तयारी
भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।
श्रीमानद्वारा श्रीमतीको बीभत्स हत्या
नवलपुरमा श्रीमानले कोदालो र खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका ६ बिरुखर्कका ३३ वर्षीय श्रीमान् शेरबहादुर लम्कामगरले आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा मगरलाई सुतिरहेको अवस्थामा हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
राज्यको नीति र संविधान विपरीत सेनामा भर्ती हुनु गलत : प्रधानमन्त्री प्रचण्ड
युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरू राज्यको नीति र संविधान विपरीत कार्य गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।