मेलम्चीको खानेपानी काठमाडौँमा १२ महिना आपूर्तिको व्यवस्था मिलाइने
सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो।
सरकारले पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने
सरकारले देशभरका पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।
मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले बताउनुभयो ।
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिए : आठ मन्त्रीको राजीनामा
मधेश प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिएका छन्। दुवै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै एमालेका छ र माओवादी केन्द्रका दुई गरेर आठ मन्त्रीले आइतबार राजीनामा दिएका छन्।
सभामुख–प्रमुख सचेतकबिचको छलफल निष्कर्षविहीन
संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकसँग गर्नुभएको छलफल बिना निष्कर्ष सकिएको छ।
मधेश सरकारबाट बाहिरियो एमाले : ६ मन्त्रीको राजीनामा
आइतबार मधेश प्रदेशको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै समर्थन फिर्ता लिएको जानकारी गराउनु भएको हो ।
मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादी केन्द्रबाट मन्त्री बनेका भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाउनुभएको हो ।
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गर्नुभएको छ । आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डका बिचमा भेटघाट भएको हो ।
नीति तथा कार्यक्रम तयारी सम्बन्धमा सभामुखको कार्यकक्षमा छलफल
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारीको विषयमा सिंहदरबारमा छलफल गर्नुभएको छ।
‘नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुनै अवरोध हुँदैन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रस्तुत हुने दाबी गर्नुभएको छ ।
कोशी सरकार गठनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
जोशी र ढकाल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा
सरकारले प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ।
कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको शपथ
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।
कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीद्वारा शपथ ग्रहण
बझाङ क्षेत्र नम्बर (१) उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
जलेश्वरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेस
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेस भएको छ ।
अमेरिका पठाउने भन्दै एक करोड ठगी गर्ने पक्राउ
प्रहरीले अमेरिका पठाउने भनी एक करोड १८ लाख ५९ हजार रुपियाँ लिई सम्पर्कविहीन रहेका ४१ वर्षीय तेजराम चौधरीलाई पक्राउ गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, नर्भिकमा लगियो
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको छ। काठमाडौँबाट मङ्गलबार सिन्धुली हुँदै रामेछाप जिल्लामा कार्यक्रममा जाने क्रममा मुख्यमन्त्री सिन्धुलीमा बिरामी हुनुभएको हो।
गोरखापत्रको १२४ वर्षोत्सव
गोरखापत्रको १२४ वर्षोत्सव
हाम्रो प्रयास र प्रतिबद्धता
वैशाख २४ गते नेपाली समाजको विकास र रूपान्तरणका लागि एउटा महत्वपूर्ण दिन हो । १२४ वर्षअघि आजैका दिन नेपाली समाजमा आमसञ्चारको धिपधिपे दियो बल्न थालेको थियो । तत्कालीन राणा प्रधानमन्त्री देवशमशेरको पहलमा १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशनको सुरुवात भयो । अनुदार शासन र पुरातनवादले जकडिएको तत्कालीन नेपाली समाजमा अखबार प्रकाशनको प्रारम्भ सजिलो र सानो काम थिएन । त्यस्तो असहज परिवेशमा पनि जनतालाई सूचना दिनु पर्छ भन्ने चेतना शासकको दिमागमा जागृत हुनु र राज्यस्तरबाटै पत्रिका प्रकाशन गर्नुलाई एउटा साहसिक कदम मान्नु पर्छ । नेपाली समाजलाई लोकतन्त्रको मार्गमा लम्किने प्रा