इन्धनको मूल्य घट्यो
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा ३ रुपियाँ, मट्टीतेल र डिजेलमा १–१ रुपियाँ मूल्य घटाएको हो ।
सहकारीको रकम हिनामिनामा मुछिएका सांसदसहित ३५ जनाविरुद्ध मुद्दा
नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडमा भएको घोटालाका आरोपविरुद्ध अदालतमा मुद्दा दायर हुने भएको छ।
काठमाडौँको तापक्रम ३४.४ डिग्री सेल्सियस
काठमाडौँको तापक्रम बिहीबार ३४.४ डिग्री सेल्सियस पुगेको छ । विगत केही दिन यता उपत्यकाको तापक्रम बढ्दै गइरहेको छ ।
धनगढीमा २९ वर्ष यताकै धेरै गर्मी : तापक्रम ४४ डिग्री नाघ्यो
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ।
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो
नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिला अग्रमोर्चामा छन् : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरू मैदानमा उत्रिएजस्तै पार्टी बचाउन महिलाहरू अग्रमोर्चामा खटिने गरेको बताउनुभएको छ ।
बजेटमा कर : आलु, प्याज र स्याउमा घट्यो, मदिरा, सुर्ती र चुरोटमा बढ्यो
सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मङ्गलबार अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरिएको छ ।
दलहरूबिच सहमति, सदनको गतिरोध अन्त्य हुने
प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा निष्कर्षउन्मुख सहमति भएपछि संसद्को गतिरोध अन्त्य हुने भएको छ ।
बजेट भाषण दुई घण्टा सर्यो
आज दिउँसो १ बजे प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०८१/८२ राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) वक्तव्य दुई घण्टाका लागि सरेको छ । संसद् सचिवालयका अनुसार नेपाल सरकारको अनुरोधमा बजेट प्रस्तुतका लागि दिउँसो १ बजे निर्धारित सङ्घीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजेका लागि तोकिएको हो ।
मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित
राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र तीन वर्षे मध्यकालीन खर्च संरचना पारित भएको छ ।
आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दैछ : परराष्ट्रमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक विकास केन्द्रित कूटनीति अगाडी बढाउने बताउनुभएको छ।
सहकारी प्रकरणः कम्पनीको नाम तोकेर संसदीय छानबिन समिति बनाउने सहमति
सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले कम्पनीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति गरेको छ।
भाषा, व्याकरण र लिपि
नेपालमा भाषा, व्याकरण र लिपिका बारेमा आआफ्नै खालका बुझाइ छन् । पछिल्लो राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा १२४ मातृभाषा बोलिन्छन् । यी सबै मातृभाषा नेपालको संविधानको धारा ६ अनुसार नेपालका राष्ट्रभाषाहरू हुन् ।
शीर्ष नेताको बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल : काँग्रेस सकारात्मक
शीर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको हो।
प्रधानमन्त्रीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव अग्नेष्ट कालामार्डले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
उपराष्ट्रपति यादवसँग र इजरायलका राजदूत गोल्डबर्गरको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा ओमिक्रोनको सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको जानकारी दिनुभयो ।
कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने
सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेको छ।
लुम्बिनीलाई विश्वभरका बुद्धिष्ट केन्द्रको रूपमा विकास गरौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनीलाई विश्वभरका बुद्धिष्टको ‘बर्थिङ सेन्टर’ का रूपमा विकास गरिने बताउनुभएको छ।
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण मङ्गलबार सार्वजनिक भएको हो।
माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् ।
विश्वासको मत लिनुहुँदै प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार संसद्मा विश्वासको मत लिँदै हुनुहुन्छ । सरकारले संसद्लाई विश्वासको मत लिने सन्दर्भमा पत्राचार गरेको छ । साथै नीति तथा कार्यक्रममाथि छलफल पारित गर्नुपर्ने, जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने भएकाले संसद् सुचारु गर्ने सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्षबिच संवाद अघि बढेको हो । कानुनमन्त्री गिरीले सोमबारको प्रतिनिधि सभा बैठक नियमित हुने बताउनुभयो ।
पौडी खेल्न गएका दुई युवकको मृत्यु
बन्दीपुर गाउँपालिका–२ बट्टार, धनुटार स्थित सोले रहमा डुबेर शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मोहनबहादुर खड्काले जानकारी दिनुभयो।
‘भोलिसम्म राजनीतिक गतिरोधले निकास पाउँछ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गतिरोधले निकासको दिशातर्फ अगाडि बढेको बताउनुभएको छ ।