प्रधानमन्त्री दाहालसँग सिपिपिसिसीका उपाध्यक्ष बातेरको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदाता सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बातेरले आज शिष्टाचार भेट गर्नुभएको छ ।
बढ्दै सर्पदंशका बिरामी : सर्पदंश केन्द्रमा जान सुझाव
गर्मी महिना बढेसँगै सर्पदंशका बिरामी बढ्दै गएका छन् । जेठदेखि भदौसम्ममा सर्प खाना खोज्न बाहिर निस्कने हुँदा सर्पदंशका बिरामी बढ्ने चिकित्सकको भनाइ छ ।
सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिम प्रदेश सभामा बजेट पेश गर्नुभएको छ ।
गण्डकीमा ३३ अर्बको बजेट
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ को बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले शनिबारको प्रदेशसभामा आर्थिक वर्ष ०८१/०८२ को बजेट प्रस्तुत गर्नुभएको हो।
लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को लागि ३८ अर्ब ९७ करोड बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री चेतनारायण आचार्यले चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ९४ हजार र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराउनुभयो ।
कोशीको बजेट ३५ अर्ब २७ करोड, पूर्वाधार विकास प्राथमिकतामा
कोशी प्रदेश सरकारले शनिबार प्रदेश सभामा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विभिन्न शीर्षकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।
पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते
सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।
भरत ताल निर्माणमा भ्रष्टाचार : बागमतीका नगर प्रमुखविरुद्ध ३० करोडको मुद्दा
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरतकुमार थापाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार प्रमुख थापाविरुद्ध ३० करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा मङ्गलबार आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
गण्डकीमा दुई मन्त्री थप
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेको सिफारिसमा सांसद राजीव गुरुङ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र सांसद फणीन्द्र देवकोटा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री बन्नुभएको छ ।
सुदूरपश्चिम सरकारले आज पूर्णता पाउने
सत्ता गठबन्धनका दलहरु सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । यसका लागि दलहरुबिच आइतबार साँझ नै मन्त्रालय भागवण्डामा सहमति जुटेको बताइएको छ ।
निजी वनको दिगो व्यवस्थापन अति आवश्यक : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले निजी वनको दिगो व्यवस्थापन अति आवश्यक रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा पारिवारिक निजी वन संघले नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
जीवित बुवाको मृत्यु दर्ता अनि आमाको अर्कैसँग विवाह दर्ता
मोरङको रतुवामाई नगरपालिको ७ नं.वडाका पवन लिम्बूले जीवित बुवाको मृत्यु दर्ता गरेर आमाको अर्कैसँग विवाह दर्ता गराएका छन् । पवनले जीवित बुवा जितबहादुर लिम्बुको मृत्यु भएको भनी घटना दर्ता गराएर आमा होमादेवी लिम्बुलाई पदमबहादुर लिम्बुसँग विवाह दर्ता गराएका हुन् ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा सिंहले लिनुभयो शपथ
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ लिनुभएको छ । शुक्रबार मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट सिंहले शपथ लिनुभएको हो ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहलाई नियुक्त हुनुभएको छ । शुक्रबार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. एक हजारले बढेको छ । बिहीबार प्रतितोला रु. एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
सर्वोच्चले अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला सुनाउने
सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा आगामी असार १२ गते निर्णय सुनाउने आदेश दिएको छ ।
विद्युत व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै विद्युत व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताउनुभएको छ ।
टी-२० विश्वकप : नेपाल १० वर्षपछि सपना पूरा गर्ने बाटोमा
भौतिक संरचना निर्माणको हिसावले नेपाली क्रिकेट त्यति माथि जान सकेको छैन । तर, क्रिकेट खेलाडीको निरन्तर लगावले नेपाललाई १० वर्षपछि पुन: विश्वकपको मैदानमा उतार्न सफल भएको छ ।
नगर प्रमुखसहित नौ जनाविरुद्ध २६ करोडको भ्रष्टाचार मुद्दा
ललितपुरको गोदावरी नगरपालिकाका तत्कालीन नगर प्रमुख गजेन्द्र महर्जनसहित नौ जनाविरुद्ध २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
प्रधानमन्त्रीद्वारा अरुण तेस्रोको ‘ब्रेक थ्रु’ गरिने
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ मङ्गलबार छिचोलिने ‘ब्रेक थ्रु’ गरिने भएको छ ।
गुल्मीमा जिप दुर्घटना : एक जनाको मृत्यु, सात घाइते
गुल्मीमा जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । मृत्यु हुनेमा सत्यवती गाउँपालिका वडानम्बर–८ भार्से निवासी ३२ वर्षीया कमला बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिनुभयो ।
यार्सा सङ्कलन गर्न गएका चारजनाको मृत्यु
बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो ।