• ७ कात्तिक २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

blog

भेटवार्ता गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

काठमाडौँ, जेठ ३० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने तयारी र संसदमा सरकारको आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेका बेला उहाँहरूबिच बुधबार अपराह्न सिंहदरबारमा भेट भएको हो। 

भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको प्रतिक्रिया दिनुभयो। अध्यक्ष ओलीले बजेटमा देखिएको कमी हटाउन पनि प्रधानमन्त्रीसँग आफूले कुरा गरिरहेको बताउँदै आउनुभएको थियो।

त्यसैगरी एमाले सांसदले प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन पनि एमालेका सांसदहरूले माग गर्दै आएका छन्। ओलीले भन्नुभयो, ‘भेट राम्रो भयो।’

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी, नेपालसँग निकट सम्बन्ध कायम गर्ने प्रयास गरिरहेको बेला सत्तारुढ प्रमुख घटक एमाले र नेकपा (माओवादी केन्द्र)को शीर्ष नेताद्वय प्रचण्ड र ओलीको भेटलाई महत्त्वका साथ हेरिएको छ।