• १३ साउन २०८१, आइतबार

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

blog

काठमाडौँ,  जेठ २५ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. एक हजारले बढेको छ । बिहीबार प्रतितोला रु. एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु. एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि रु. एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा रु. ५० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार नौ सय निर्धारण भएको छ ।  रासस