• १३ असोज २०८१, आइतबार

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

blog

राष्ट्रपति रामचन्द्र पौडेल सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुहुँदै । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले शुक्रबार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपतिले सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको हो ।