नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरूलाई २०७८ सालको नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
माघ महिनाको पहिलो दिन आज ‘घिउचाकु सँल्हु’, माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक मुख्य पर्व हो । ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर सङ्क्रान्ति’ पनि भन्ने चलन छ ।
'म पुष्कर बन्न चाहन्छु र पुष्कर नै बन्ने लक्ष्य लिएर लागिरहेको छु ।' यही उद्देश्य लिएर ८ वर्षदेखि उहाँ निरन्तर रूपमा मिहिनेत गर्दै हुनुहुन्छ रङ्गकर्मी पुष्कर कार्की ।
आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।
शैली थिएटरले १४ औँ राष्ट्रिय बाल नाटक महोत्सव आयोजना गर्ने भएको छ ।
मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ।
मैले आफ्नो आँखा खोल्दा आफूलाई अस्पतालको बेडमा पाएँ । त्यसपछि बल्ल म एसिड आक्रमणमा परेको मैले थाहा पाएँ ।
सानैदेखि कम बोल्ने स्वभावकी फिल्म निर्माता प्रश्ना डङ्गोललाई कुनै पनि विषयमा बोलेर अभिव्यक्त गर्नुभन्दा पनि देखाएर अभिव्यक्त गर्न पाए अझै सशक्त हुने महसुस हुन्छ ।
सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औँ संस्करण आजबाट सुरु भएको छ ।
नाटककार प्रनिश मगरले आफ्नो हजुरआमाबाट सुनेका कथामा तयार भएको यस नाटकमा खीमाको कथालाई नाटकमा रुपान्तरण गरिएको छ ।
कलाकार दयाहाङ राईको निर्देशनमा बनेको नाटक 'कुभिन्डोको कथा' काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ । यो नाटक मण्डलाले गरेको नाटक लेखन कार्यशालाबाट तयार भएको हो ।
भाइबहिनीहरू फुर्सदको समयमा हामी सबैजनालाई घुम्न जान मन पर्नु स्वाभाविक हो । विद्यालय बिदा वा हप्तामा हुने एक दिन शनिबार पनि घुमेर नै दिन बिताउने गर्छाैं । फुर्सदको समयमा घुम्नका लागि काठमाडौँमा अनेकौँ ठाउँ छन् । तीमध्ये काठमाडौँको फन पार्क नेपालको सबैभन्दा पुरानो फनपार्क हो । हामी जति नै बूढो भए पनि हामीभित्रको मन सधैँ बच्चा नै रहन्छ । त्यसैले काठमाडौँको फन पार्क बालबालिका र वयस्क र वृद्धवृद्धाका लागि घुम्नका लागि एकदमै उत्तम ठाउँ हो ।
नेवा: समुदायमा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाको दिनमा मनाइने विशेष पर्व हो, ‘य:मरी पुन्ही’ अर्थात् योमरी पूर्णिमा। नेवा: समुदायमा वर्षमा विभिन्न १२ वटा पुन्ही मनाउने चलन छ।
दुई दशकदेखि सिने जगतमा आबद्ध भई अभिनयमा क्रियाशील रहेर लाखौँ दर्शकको मन जित्न सफल कलाकार हुनुहुन्छ– रोहित रुम्बा ।
‘‘जिन्दगी आफूले सोचेजस्तो हुँदैन, चाहेजस्तो हुँदैन । जिन्दगीको कुनै अर्थ हुँदैन, यसलाई आफैँले अर्थपूर्ण बनाउनुपर्छ ।’’