कलाकार रागिनी उपाध्यायले आफ्नो कला–अध्ययन, सिकाइ र व्यावसायिक कार्यकौशलको ४५ वर्षे अवधिमा सिर्जना गरिएका चित्रकलाको प्रतिनिधिमूलक प्रदर्शनीमा राख्नुभएको छ ।
चलचित्र कलाकार सङ्घको कार्यसमिति चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका कलाकार मोहन निरौलाले प्यानल घोषणा गर्नुभएको छ ।
यसबाहेक, सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापा गरी दुई जना, कोषाध्यक्षमा सुनिल कटुवाल, विनोदकुमार भट्टराई रसहकोषध्यक्षमा रोहित रुम्बा र पवित्रा आर्चायले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
भाइबहिनीहरू, किताबी ज्ञान सँगसँगै हामीहरूलाई बाहिरी ज्ञानको पनि उत्तिकै महत्व हुन्छ । किताबमा पढेका विषयहरू अभ्यासमा गर्न सकिए थप ज्ञानको वृद्धि हुनेगर्छ । अजभोलि हामीले पढेका विषय वास्तविकमा पनि देख्न सजिलो र सम्भव छ । हामीहरूका लागि घुम्न र सिक्न जरुरी छ । त्यसैले तपाईंहरू धेरै ठाउँ घुम्नु भएको छ । तीमध्ये एभिएसन म्युजियम नघुम्ने विद्यार्थीहरू झन् कमै हुनुहुन्छ होला । तपाईंहरू सबै जना घुम्नुभएको र घुम्न बाँकी भाइबहिनीहरूका लागि एभिएसनका बारेमा यो सन्देशमूलक जानकारी हुनसक्छ ।
नेपालकै पहिलो महिला न्यायाधीश हुनुहुन्छ शारदा श्रेष्ठ । सानै उमेरदेखि व्यस्त रहन मन पराउने न्यायाधीश श्रेष्ठमा ८१ वर्षको हुँदा पनि उस्तै जोश र जाँगर देखिन्छ । उहाँ आज पनि आफ्नो काममा व्यस्त रहनुहुन्छ र भविष्यको योजना बनाउने गर्नुहुन्छ ।
होली अर्थात् फागु पूर्णिमा विभिन्न रङ्गहरूको चाड हो । होली एक प्राचीन उत्सव हो । यो पर्व नेपाल एवम् भारतमा प्राचीनकालदेखि नै प्रचलित हुँदै आएको एक विशिष्ट पर्व हो ।
केही वर्षयता सामाजिक सञ्जाल टिकटक अचेल भने हरेक उमेर समूहमा लोकप्रिय बन्दैछ ।
उहाँले आजसम्म करिब एक सय १५ वटा गीत तथा हजारौं लाइभ दोहोरीमा स्वर दिइसक्नुभएको छ। सुरुवातमा दिनमा १२ वटासमेत लोक दोहोरी गाउने गरेको अनुभव अलिफ सुनाउनुहुन्छ।
हिन्दु धर्ममा महाशिवरात्रि पर्वको विशेष महत्त्व छ । आराध्यदेव भगवान् महादेव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा वर्णन गरिएको छ ।
“प्रेम आफैंलाई थाहा नभई बस्न सक्छ । आँखा–आँखाबीच कुरा हुन्छ । आँखा जुधेर प्रेम बस्छ । प्रेम पोख्न कुनै शब्दको प्रयोग गर्न जरुरी छैन ।”
गजलले युट्युबमा ३८ लाख बढी भ्युज पाएको छ। गजलको शब्ददेखि सङ्गीत र आवाजको चौतर्फी तारिफ भइरहेको छ। जुन सफलता देखेर अचम्मित र दंग हुनुहुन्छ गजलकार प्रदीप मैनाली।
अभिनेत्री स्वस्तिमा खड्काले कुनै पनि फिल्ममा आफूलाई समयभन्दा क्यारेक्टरले अर्थ राख्ने बताउनुभएको छ ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) मा यो वर्ष ३५ देशका ९५ वटा चलचित्रहरूले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष नियमित रूपमा महोत्सवको आयोजना गर्दै आएको हो ।
लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका युवाको कथामा आधारित वेब सिरिज ‘बिकमिङ’ सार्वजनिक भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली चलचित्रले समाजका बदल्नै पर्ने बालविवाह, दाइजो, बोक्सी लगायतका कुप्रथालाई अन्त्य गर्दै सभ्य समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गर्नुभयो ।