काठमाडौं, जेठ १३ गते । नेपाल मिथिला येँ ग्यालरीमा 'लाइभ डेमोन्स्ट्रेसन' कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विधाका पाँच जना कलाकारहरुले 'लाइभ डेमोन्स्ट्रेसन' गर्नुभएको हो । हामीलाई कलाकृति हेर्न र किन्न सजिलो लाग्छ तर यो बनाउन कति परिश्रम लाग्छ देखाउनका लागि यो कार्यक्रमको आयोजना गरेको मिथिला येँका सञ्चालक श्याम सुन्दर यादवले बताउनुभयो । यस्तै, कार्यक्रमको उद्घघाटन पूर्व राजदूत डा. सुरेश चन्द्र चालिसेले गर्नुभएको हो भने प्रमुख अतिथिको रुपमा कला लेखक तथा कलाकार तीर्थ निरौला र वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्य हुनुहुन्थ्याे ।कार्यक्रममा भक्तपुरका श्याम प्रजापति, अमेरिकाका जेजी विल्स, भारतबाट बन्धना सिंह, महेश आचार्य र बंगालादेशबाट मह्मुदा असफरा मिमले ‘लाइभ डेमोन्स्ट्रेसन’ देखाउनुभएको हो ।यस कार्यक्रमको मूल उद्धेश्य भनेकै कला सजिलो काम हैन, यसमा धेरै मिहिनेत र परिश्रम लाग्ने देखाउन गरिएको यादवको भनाइ छ ।
काठमाडौं महानगरपालिकाको प्रमुख बन्नुभएका ३२ वर्षीय वालेनको चर्चाले प्रमुख राजनीतिक दललाई चिन्ता बढेको छ । वालेन अहिले युगौंदेखि चर्चा कमाएका राजनीतिक दलहरूका लागि चुनौती बन्नुभएको छ ।
गायिका धना परियारको जीवनसँग ठ्याक्कै मेल खाने यो गीत उहाँकै मार्मिक आवाजमा गुन्जिएको छ। गीतमार्फत् उहाँले आफूले भोग्नुभएका पीडा पोख्नुभएको छ।
पहिलेपहिले लमीकै भरमा बिहे गर्ने चलन थियो । केटाकेटीको कुरादेखि बिहेको सम्पूर्ण काम लमीबाट नै हुने गथ्र्याे तर अहिले सबै जना प्रविधिमैत्री बनेका छन् । लमी अर्थात् विवाहका लागि केटाकेटी र परिवारबीच सूचना आदानप्रदान गर्ने व्यक्ति । लमीलाई कुरा मिलाउन जान्ने व्यक्तिका रूपमा लिइन्छ । जस्तै, पहिलेपहिले विवाहका लागि वर वा वधु खोज्दा लमीको यो थेगो निकै प्रचलित थियो– केटी कस्ती छे भन्दा ‘हेर्नै नपर्ने’ र केटो कस्तो छ भन्दा ‘बोल्नै नपर्ने’ । सायद अझै पनि होला यो थेगो । यसरी विवाह गराउने चलन थियो ।
तेस्रोलिङ्गी महिलाहरुलाई राम्रो नाच्ने विशेष वरदान भगवानबाट नै पाएको रे भन्ने सुनेकी समाइरालाई सानैदेखि नाच्ने ठूलो रहर थियो । काठमाडौंमा जन्मिएकी समाइरा बच्चा बेलादेखि नै आफू केटा जस्तै देखिएपनि स्वभाव सबै केटीको रहेको बताउनुहुन्छ ।
भनिन्छ भगवानको अर्को रुप नै आमा हुन् । हामी संसारको जुनसुकै कुरा किन्न सकौंला तर आमा किन्न सक्दैनौं । आमालाई सम्झिँदै गर्दा दिलशोभाको नाम हरेकले सम्झिने गर्नुहुन्छ ।
काठमाडौं, जेठ ३ गते । होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२२ मङ्गलबार विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । मितिनी नेपालकाे आयाेजनामा 'हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार' भन्ने नाराका साथ आज यो दिवस मनाइएको हो । कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन प्रमुख अतिथीको रुपमा रहनुभएको हो भने महिला आयोग, समावेशी आयोग, सूचना आयोगका आयुक्तको साथै कलाकारको पनि बाक्लो उपस्थिति रहको थियो । संस्थाकी कार्यकारी अध्यक्ष सरिता केसीले महिला र पुरुषको जस्तै लैङ्गिक, अल्पसङ्खयक समुदायको पनि अधिकार हुने भएकाले यो दिनलाई विशेष दिनका रुपमा मनाउने गरेकाे बताउनुभयो ।यस्तै, कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसंख्यकहरुसँग जोडिएको 'हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार' नामक पुस्तक पनि सार्वजनिक गरिएको हो । नीति निर्माता, सरोकारवाला, संघसस्थाको ध्यानआकर्षण गराउन आजको दिनले प्रमुख भूमिका खेलेको उपराष्ट्रपति पुनको भनाइ छ । जाे जस्ताे छ, त्यस्तै रुपमा स्विकार गर्नुपर्ने र लैङ्गिक, अल्पसङ्खयक समुदायको भावनाकाे कदर गर्नुपर्नेसमेत पुनले बताउनुभयाे । होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस हरेक वर्षको मे १७ मा विश्वव्यापी रुपमा यौनिक तथा लैङ्गिक विविधता भएको समुदायले मनाउने गर्दछन् ।सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैङ्गिकलाई मानसिक रोगको सूचीबाट हटाई समलैङ्गिकता हुन प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै विश्वव्यापी रुपमा हाेमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ ।
काठमाडौं, वैशाख ३० गते । शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशी शुक्रबार आफ्नो १०३ औं वर्षमा प्रवेश गर्नुभएको छ । जोशीका अनुसार आज उहाँको नागरिकता अनुसारको जन्मदिन हो । उहाँको तिथि अनुसारको जन्मदिन भने नवमीको दिन परेको छ । स्थानीय तहको निर्वाचनको दिन जन्मदिन परेकाले आफ्नो परिवारका सदस्यबीच मात्र जोशीको जन्मदिन मनाइएको हो । यसअघि भने ललितपुर महानगरपालिकाले जोशीको जन्मोत्सवमा र्याली नै निकालेको थियो । आफ्नो जन्मोत्सवको सन्दर्भमा जोशी भन्नुहुन्छ, “माया माया हो । यो भावना मात्र होइन, यो व्यवहार, विश्वास, सम्मान अनि समर्पण हो । माया मनमा भएर मात्र हुँदैन, व्यवहारमा लागू हुनुपर्छ । शायद माया भन्ने शब्द नभएको भए संसार सम्भव हुने थिएन । माया मै अडिएको छ दुनियाँ । म सय वर्ष बाँच्नुको पछाडि पनि मायाको साथ छ । माया रोकियो भने संसार रोकिन्छ । सबथोक माया हो । यसको बयान गर्नै सकिन्न ।”
काठमाडौं, वैशाख २८ गते। गोरखापत्र संस्थानका कर्मचारी रामकुमार बस्नेतले आफूले पाएको पुरस्कारको रकम आमाको घरलाई हस्तान्तरण गर्नुभएको छ। गोरखापत्र प्रकाशनको १२२ औं वर्ष प्रवेशको अवसरमा गोरखापत्र संस्थानले उहाँलाई उत्कृष्ट कर्मचारी घोषित गर्दै २५ हजार नगदसहित सम्मान पत्रबाट सम्मानित र पुरस्कृत गरेको थियो। बस्नेतले सोही रकम आमा घरका सञ्चालक दिलशोभा श्रेष्ठलाई बुधबार हस्तान्तरण गर्नुभएको हो। विगत २९ वर्षदेखि आश्रम चलाउँदै आउनुभएकी श्रेष्ठले दाताकै कारण आजसम्म आमा घर चलेको बताउँदै सहयोग प्राप्त भएकोमा खुशी प्रकट गर्नुभयो। गोरखापत्रमा २७ वर्षदेखि कार्यरत बस्नेतले आमाको प्रेरणाले नै सहयोग गर्ने भावना जागेको बताउनुभयो। बस्नेतले भन्नुभयो, “आमा शब्द आफैंमा व्यापक छ, आमाको घरलाई मैले पनि सहयोग गर्न पाए हुन्थ्यो भन्ने भावना पहिलेदेखि नै थियो, आमाले धेरै आमा पाल्नुभएको छ, आमाको प्रेरणाले नै मैले सहयोग गर्ने उत्प्रेरणा पाएँ।” काठमाडौंको रवि भवनमा रहेको आमा घरमा हाल ३० जना आमा आश्रित हुनुहुन्छ। अन्य ५ वटा स्थानमा पनि आमा घरका आश्रम छन्।
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा सुरु भएको छ।
अभिनेता भुवन केसी मंगलबार नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ। बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले भुवनसहितका कलाकारलाई पार्टी प्रवेश गराउनुभयो।
काठमाडौं उपत्यकाको एउटा ऐतिहासिक बस्ती हो ललितपुरको लुभू। लुभूमा महालक्ष्मी महाभैरव जात्रा सुरु भएको छ।
काठमाडौं, वैशाख ९ गते । चलचित्र विकास बोर्डले वैशाख महिनाभित्र बक्स अफिस प्रणालीमा नजोडिने हलहरुलाई बन्द गर्ने निर्णय गरेको छ । बोर्डका सदस्य तथा हल अनुगमन समितिका संयोजक अर्जुन कुमारले जेठ महिनादेखि कानुन अनुसार नचल्ने हलहरुलाई बन्द गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार सिनेमा हलहरुलाई नियम कानुनमा बाँध्न विकास बोर्डले यो निर्णय गरेको हो । बक्स अफिस जडान गर्न धेरै हलहरुले अटेर गरेको उहाँको भनाई छ ।नेपालमा बक्स अफिस प्रणाली २०७५ देखि लागू भएको हो । तर, अधिकांश सिनेमा हलहरु उक्त प्रणालीसँग जाेडिएका छैनन् । नेपाली सिनेमा हलहरुमा जतिपनि सिनेमा व्यापार हुन्छ, त्यसको तथ्याङ्क चलचित्र विकास बोर्डमा आउने बक्स अफिस प्रणाली हो ।
विशेषगरी देवीहरुका मन्दिरमा यौन आकृतिका चित्रहरु बढी मात्रामा कुँदिएका हुन्छन् । मन्दिरको पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर टुँडालले भरिएको हुन्छ । चारै दिशातिर फरक फरक खालका यौन आकृतिहरु देख्न सकिन्छ ।
तस्बिरः मनोजरत्न शाहीकाठमाडौं, वैशाख ४ गते। काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। चैते दशैंको दिनदेखि १५ दिनसम्म चलेको जात्रा आइतबार सम्पन्न भएको हो। जात्रा सबैभन्दा ऐतिहासिक, पुरानो र पौराणिक भएको बताइन्छ। राजा मानदेवको पालादेखि गहना खोज्ने जात्रा मनाउने चलन रहेको छ। टुँडालदेवी (वैषनवी) को पोखरीमा गहना हराएको भन्ने अर्को चर्चित मान्यता रहेको छ। टुँडालदेवीको गहना खोज्नकै लागि प्रत्येक वर्ष यो जात्रा मनाउने परम्परा रहिआएको छ। सर्वसाधारणकाअनुसार टुँडालदेवी गहना पोखरीमा नुहाउने क्रममा उहाँको गहना हराएको थियो। त्यो समयमा हराएको गहना हरेक वर्ष जात्रा गरेर खोज्ने गरिन्छ। यसरी गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ।