• १८ मंसिर २०८१, मङ्गलबार

'फिल्म सम्पादन तास खेलेको जस्तै हो'

blog

काठमाडौँ, पुस ९ गते । सानैदेखि कम बोल्ने स्वभावकी फिल्म निर्माता प्रश्ना डङ्गोललाई कुनै पनि विषयमा बोलेर अभिव्यक्त गर्नुभन्दा पनि देखाएर अभिव्यक्त गर्न पाए अझै सशक्त हुने महसुस हुन्छ । 

‘एक्सन सिप्किस लाउडर डेन र्वड’ अर्थात् बोलेर भनिएका कुराभन्दा धेरै देखाइएका विषय बुझिने र सबैलाई याद हुने जस्तो लाग्छ ।

उहाँ भन्नुहुन्छ, “मेरो मनमा लागेका विभिन्न विषयहरू बोलेर भन्नुभन्दा श्रव्य दृश्यको माध्यमबाट प्रस्तुत गर्दा विषय अझै बलियो भएको महसुस गर्छु । मैले आफूले पढेका कुरा व्यवहारमा उर्तान लागि मिहिनेत गर्दै गर्दा फिल्म निर्माणतिर अघि बढेँ ।’’

प्रश्नाको विद्यार्थी जीवनमा धेरै थरीका विदेशी फिल्म निर्माताहरूसँग भेट हुने गर्थ्यो । उहाँहरूको फिल्महरूको विश्लेषण गर्ने, अन्तर्वार्ताहरू पढ्ने गर्नुपर्थ्यो उहाँले । 

नेपाली भएर विदेशको कथा बनाउनुभन्दा पनि आफ्नै देशको कथा बनाउन सजिलो र ठिक होला लागेर म नेपाल फर्किएँ ।”

तर तीमध्ये नेपालका वृत्तचित्र निर्माता किसान छिटिङ जो धेरै समयदेखि फिल्म निर्माण गर्दै आउनुभएको छ, उहाँलाई हेरेर आफू प्रेरित भएको प्रश्ना बताउनुहुन्छ । एक फिल्म निर्मातामा हुनुपर्ने गुण सबै उहाँमा पाएको प्रश्नाको भनाइ छ । 

फिल्म पढ्न बेलायतको यात्रा

प्रश्ना भन्नुहुन्छ, “सन् २०१० मा म बेलायत जाँदा नेपालमा धेरै फिल्म पढ्ने विद्यालय थिएन । त्यसैले बेलायतमा तीन वर्षीय स्नातक पढ्न गएँ । फिल्ममा प्राविधिक भागभन्दा कथा सुनाउने भाग महत्त्वपूर्ण हुने जसले फिल्मका नैतिकताको बारेमा मैले पढेँ ।” 

यसबाहेक उहाँका अनुसार हरेक व्यक्तिको आ–आफ्नै सोच हुन्छ । किनभने आफूले भोगेका दिनमा नै हरेक व्यक्तिको सोच लुकेको हुने उहाँको भनाइ छ । 

“मानिसले किन यस्तो वा फरक सोच्छ भन्ने विषयको मलाई खुलदुली हुने गर्थ्यो । मलाई विदेशमा बसेर पनि काम गर्न मन थियो तर मेले त्यहाँ काम नै पाइनँ । म एक नेपालकी छोरी मैले विदेशभन्दा नेपाललाई धेरै बुझेको छु”, उहाँ भन्नुहुन्छ, “जन्मभूमिको भाषा संस्कृतिसँग लगाव राख्ने मलाई विदेशभन्दा नेपाल नै सजिलो होला भन्ने महसुस भयो । नेपाली भएर विदेशको कथा बनाउनुभन्दा पनि आफ्नै देशको कथा बनाउन सजिलो र ठिक होला लागेर म नेपाल फर्किएँ ।”

यसरी चार वर्षको विदेश बसाइपछि नेपालमा काम सुरु गर्न डङ्गोललाई धेरै गाह्रो भयो । किम्फमा इन्टर्नसिप गर्न सुरु गर्नुभयो । किम्फमा काम गरिरहेकै बेला उहाँले फिल्मका हरेक राम्रा नराम्रा सिक्दै, बुझ्दै आफूले पनि फिल्म निर्माण गर्ने सपना देख्न थालिन् र सन् २०१६ मा निर्माण भयो ‘स्ट्रगल इन के–पप’। 

“यस फिल्ममा हामीले थोरै पैसा पायौँ । फिल्ममा नेपाल र कोरियाबिचको सम्बन्धलाई प्रस्तुत गर्नुपर्ने थियो । यो फिल्म हामीलाई नेपाल उर्जु माउन्टेन फिल्म फेस्टिभलले प्रदान गरेको हो । फिल्ममा सामाजिक, संस्कृति वा राजनीतिक जुनसुकै विषयलाई उत्थान गर्नुपर्ने थियो । यसरी ‘स्ट्रगल इन के–पप’ भन्ने क्रू सदस्यहरूको ब्यान्डसँग मिलेर १५ मिनेटको वृत्तचित्र तयार भएको थियो । 

यो फिल्म कोरियाको प्रसिद्ध के–पप ब्यान्डका गीतमा नाच्ने सात नेपाली युवाको सङ्घर्षमा आधारित छ । कोरियाली नृत्य प्रतियोगितामा भाग लिएका ती युवाले प्रथम हुनेलाई कोरिया गएर नृत्य गर्न पाउने अवसर थियो । उहाँहरू प्रथम त भए तर कोरिया जान सकेनन् । तिनै युवाको घटनामा आधारित रहेर ‘स्ट्रगल इन के–पप’ निर्माण भएको हो । 

यसपछिको मिहिनेत र हौसलाले उहाँले फेरि डोल्पा डायरी वृत्तचित्र निर्माण गर्नुभयो । उहाँ भन्नुहुन्छ, “मैले फिल्म बच्चाहरूलाई पनि पढ्न दिन्छु । फिल्म सम्पादन तास खेलेको जस्तै हो । जे बोल्यो त्यो सुरुदेखि अन्त्यसम्म हुँदैन, त्यसलाई खेल्न मिल्छ र जति राम्ररी खेल्यो मिलायो त्यो कथा उत्तिकै प्रस्तुत गर्न सजिलो हुन्छ ।” 

‘बिफोर यु वेयर माई मदर’ मेरो आमाको कथा

हालै काठमाडौँ अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ) मा प्रश्ना डङ्गोलको फिल्म प्रदर्शन भयो– ‘बिफोर यु वेयर माई मदर’ अर्थात् ‘तपाई मेरी आमा हुनुभन्दा अगाडि’ । 

यो फिल्म साउथ एसिया नामक फिल्म फेस्टिभलमा प्रिमिएर भएको हो । यो फिल्म बनाउन प्रश्नालाई दुई वर्षको समय थियो । 

प्रश्नाको लागि यो फिल्म विशेष छ । उहाँ भन्नुहुन्छ, “मैले आफू जन्मेपछि मात्रै आमालाई चिनेको हो । त्यसैले म जन्मिनुअघि केरी आमा कस्तो हुनुहुन्थ्यो भन्ने जान्ने रहर थियो । मैले यो फिल्ममार्फत मेरो आमालाई बुझ्ने प्रयास गरेको छु ।” 

“सबै आमाबुबा र छोराछोरीको सम्बन्ध कम्प्लेक्स हुन्छ जहाँ माया र झगडा दुवै हुन्छ । मेरो पनि उस्तै हो । भारतबाट नेपालमा विवाह गरेर आउँदा मेरी आमालाई धेरै गाह्रो भएको थियो रे । भाषा नजानेकै कारण मनमा लागेको गुनासो र खुसी बाँध्न पनि नपाउँदाको दुःखलाई फिल्ममा प्रस्तुत गरिएको छ”, उहाँले भन्नुभयो ।  

आमालाई धेरै माया गर्छु भन्न सक्दिनँ तर फिल्ममार्फत आफूले यसलाई खुलाउन चाहेको उहाँको भनाइ छ । प्रश्नासँग गोरखापत्र अनलाइनकर्मी सनम महर्जनले गर्नुभएको भिडियो कुराकानी :

भिडियो : केशब गुरुङ र मनोजरत्न शाही ।