शुक्रबार (वैशाख ३० गते) देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदैछ।
पाँच दलीय सत्ता गठबन्धन शुक्रबार राजधानीमा चुनावी सभा गरेको छ।काठमाडौँको शान्ति वाटिकामा सत्ता गठबन्धनका शीर्ष नेताको सहभागितामा चुनावी सभा भएको हो।
मन्दिरको सहर भनेर चिनिने काठमाडौं उपत्यका यत्तिबेला भने ज्याकारान्डाको सुन्दरताले ढपक्क छोपिएको छ।
काठमाडाैं, वैशाख ७ गते । काठमाडौँ उपत्यकाका ठूला तरकारी बजारमध्येकाे एक बल्खु तरकारी बजारले काठमाडाैं महानगरकाे दक्षिण भेग, ललितपुर महानगरकाे पश्चिम, उत्तर र मध्य भाग, कीर्तिपुर र चाेभार भेगका स्थानीय जनता लाभान्वित भएका छन् । चाेभार र कीर्तिपुर, ललितपुरका ग्रामिण इलाका, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकाका कृषककाे उत्पादन पनि साे बजारमा पुग्ने गरेका छन् । बढ्दाे जनसंख्याका कारण साे क्षेत्रका उत्पादन मात्र हाेइन आसपासका जिल्लाका तरकारी उत्पादनले पनि पुग्ने अवस्था छैन । त्यसैले बाहिरबाट नै आयात गर्नुपर्ने अवस्था विद्यमान छ । मौसमी तथा बेमौसमी दुवै तरकारी तथा फलफूल बाहिरबाट आउने गरेको पाइन्छ ।छिमेकी मुलुक भारतबाट आयात गरिएका कटहरले नेपाली भान्छामा एक महिनादेखि छाइसकेको छ ।बल्खु तरकारी बजारमा विगत ६ वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायी राजकुमार केशरीले भारतीय कटहर एक महिना पहिलेदेखि बजारमा आइसकेको बताउनुभयो । भारतीय कटहर भन्दा नेपाली कटहरको स्वाद मिठो हुने भएकाले नेपाली कटहरको बढी खोजी हुने गरेको उहाँको भनाइ छ । तर अहिले नेपाली कटहर बजारमा नआइसकेका कारण भारतीय कटहरले ठाउँ लिएको बताउनुभयो ।नेपाली तरकारी बजारमा छिमेकी मुलुकबाट आयातित तरकारी तथा फलफूलले ठूलो हिस्सा ओगटेको छ । अहिले नेपाली बजारमा रुख कटहर तयार भइसकेको छैन । तर बजारमा भने कटहरको तरकारी छ्याप्छ्याप्ती भेट्न सकिन्छ । बजारमा बोक्रा ताछेको कटहर सय रुपैयाँ किलोग्राम र बोक्रा नताछेको कटहर ८० रुपैयाँ किलोग्राममा बिक्री भइरहेको व्यवसायी केशरी बताउनुहुन्छ । उहाँको पसलमा दैनिक ८० देखि २०० किलोग्राम सम्म बिक्री हुने गरेको छ । बल्खु तरकारी बजारकै अर्का व्यवसायी विरेन्द्र पण्डितले होलसेल भन्दा खुद्रा किन्ने ग्राहकहरू बढी आउने गरेको बताउनुभयो । अहिले भारतबाट धेरै कटहर आइरहेकाले मूल्यमा पनि कमी आएको उहाँले बताउनुभयो ।
केशब गुरुङकाठमाडौँ, वैशाख १ गते । आजदेखि नयाँ वर्ष २०७९ प्रारम्भ भएको छ । नयाँ वर्षको उपलक्ष्यमा देशभर सबै नेपालीले आपसी सद्भाव, प्रेम र शुभकामना साटासाट गरी नयाँ वर्ष उत्सव मनाइरहेका छन्। गएको वर्षभरि भए गरेका कामकारबाहीको समीक्षा गर्दै आगामी वर्षका लागि नयाँ योजनाहरू बनाउने गरिन्छ । यो परम्परा परापुर्व कालदेखि नै चलिआएको छ । आम नेपाली होस् या नेपाली समुदायभित्रका विभिन्न समुदाय ती सबैले आ-आफ्नो संस्कृतिअनुसार मान्दै आएका ऋतु, पर्व विशेषलाई नयाँ वर्ष अर्थात् नयाँ शुरुआतको दिनको रुपमा लिन्छन् ।नयाँ वर्षमा नजिकका साथीभाईसँगै बसेर मीठोमसिनो खाने, राम्रो लगाएर रमाइलो गर्ने गरिन्छ। आफन्तजनसँग घुम्न जाने, रमाइलो गर्ने विशेष दिनको रुपमा लिइन्छ । अहिले बसन्त ऋतुको आनन्द लिइरहेका छौँ । बसन्त ऋतुको आगमनसँगै वरपरका वातावरण मनमोहक बनेको छ । यो ऋतु यस्तो ऋतु हो जतिबेला कुनै सुन्दर चिज देख्दा मन त्यसैत्यसै पुलकित भएर आउँछ । नयाँ वर्षमा ढकमक्क फुलेका फूलका तस्बिरहरु: