• ७ वैशाख २०८१, शुक्रबार

टुँडिखेलमा चण्डी नाच (फोटो फिचर)

blog

काठमाडौंको टुँडिखेलमा चण्डीनाच नाच्दै सुनुवार समुदाय । तस्बिर : केशब गुरुङ

काठमाडौं, मंसिर २४ गते । सुनुवार जातिले काठमाडौंको टुँडिखेलमा चण्डी नाच नाचेका छन् । उधौली पर्वको पहिलो शनिबार टुँडिखेलमा चण्डी नाचको आयोजना भएको हो ।  उधौली तथा उभौली पर्व सुरु भएको दिनदेखि उपत्यकामा एक महिना नाच्ने गरेको छ । उधौली  मङ्सिर पूर्णिमाको दिनदेखि सुरु हुन्छ । यस वर्ष मङ्सिर पूर्णिमा २२ गते बिहीबार परेको थियो ।

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।  खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मङ्सिर शुल्क पूर्णिमाको दिनलाई सुनुवारले फोलस्याँदर, राईले उधौली साकेला, याक्खाले चासुवा र लिम्बुले चासोक तङ्नाम भन्छन् । 


चण्डी सुनुवार जातिले मात्र नाच्ने गर्छन् । यसमा सुनुवार (नासो) पुजारीको ठूलो भूमिका हुन्छ किनकि ढोल, झेम्टा सबै उनी (नासो) हरुकै नामकरण जस्तै मुलीढोल, सुरिढोल, कैटाढोल गरिएको हुन्छ ।  


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।