• १४ वैशाख २०८१, शुक्रबार

तस्बिरमा ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवस

blog

ललितपुर महानगरपालिकाको चालु वर्षको नारा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : केशब गुरुङ

ललितपुर, पुस २ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जबाफदेही हुनुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसको अवसर पारेर शनिबार यहाँस्थित आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रूपमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गर्नुभयो ।  कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, ललितपुर महानगरका प्रमुख, उपप्रमुखको उपस्थिति थियो । कार्यक्रममा ललितपुर महानगरपालिका भित्रका स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधिको उपस्थिति थियो । 


ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवस कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । 

ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवस कार्यक्रममा कुमारी नृत्य प्रस्तुत गर्नुहुँदै कलाकार । 

कार्यक्रममा सहभागी ललितपुर महानगरपालिकाका कर्मचारी ।

ललितपुर महानगर गौरव पुरस्कार ग्रहण गर्नुहुँदै वरिष्ठ धातु मूर्तिकार स्व. राजकुमार शाक्यककी धर्म पत्नी । 

ललितपुर महानगर गौरव पुरस्कार ग्रहण गर्नुहुँदै वरिष्ठ साहित्यकार एवम् अनुसन्धानकर्ता छत्रबहादुर कायस्थ । 

ललितपुर महानगरको क्रोधकला शिरोमणि प्रज्ञा गौरव पुरस्कार ग्रहण गर्नुहुँदै कालु कुमाले ।

ललितपुर महानगर गौरव पुरस्कार ग्रहण गर्नुहुँदै ललितपुर महानगरपालिकाका पूर्व नगर प्रमुख बुद्धिराज बज्राचार्य ।


भजन शिरोमणि भक्तराज आचार्यलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गर्नुहुँदै प्रधानमन्त्री देउवा तथा पुरस्कार ग्रहण गर्नुहुँदै भक्तराज आचार्यका छोरा सत्यराज आचार्य ।

कार्यक्रममा सहभागी अतिथि तथा करदाता । 

कार्यक्रममा सहभागी वडा अध्यक्ष  । 


राष्ट्रिय गानमा सरिक हुनुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट अतिथि  । 


ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । 


ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसको उपलक्ष्यमा प्रदर्शनीका लागि राखिएका तस्बिर ।


ललितपुर महानगरपालिकाको बगैँचामा बनाइएको शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति तथा पृष्ठभूमिमा ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसको कार्यक्रम ।


ललितपुर महानगरपालिकाको कर सङ्कलन विद्युतीय माध्यम फोनपे को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । 


कार्यक्रममा सहभागी ।

Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।