शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                ललितपुर, कात्तिक १३ गते। नेपालीको ठूलो चाड दशैं र तिहार मनाएसँगै छठ पर्वको मनाइएको छ। सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिइन्छ।
ललितपुरको कुपण्डोलमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरिएको छ । सोमबार बिहान उदाउँदो सूर्यको पूजा गरेपछि छठ सकिने छ।अस्ताउँदो सूर्यलाई पूजा गर्ने भएता पनि कुपण्डोलमा ३ बजे देखिनै पूजा गर्ने थालिएको थियो। पूजा गर्ने ठाउँ सानो तलाउ बनाइएको कारण पालो नपुग्ने हुँदा छिट्टै पूजा थलिएको थियो। उपत्यकामा कुपण्डोल बाहेक कमल पोखरी, गौरीघाट, मनोहरा, टेकु लगायत क्षेत्रमा पूजापाठ गरेर छठपर्व मनाइएको छ।  




















 
                                        
                                                    केशब गुरुङ
                                                
                                            
                                                                                            केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                