शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, कात्तिक २९ गते । सिटी सोलारले काठमाडौं महानगरपालिकामा जडित सोलार प्यानल सफा गर्न थालेको छ । जाडो मौसम लागेसंँगै सडक सुख्खा हुँदा धुलो, धुवाँ धेरै हुने भएकोले सोलार प्यानल सफा गर्न थालिएको हाे । फोहोर भएका कारण बबरमहल, बिजुली बजार र बानेश्वर क्षेत्रमा साेलार प्यानल सफा गर्न थालिएको हो । एक दिनमा ४७ देखि ५० ओटा सोलार प्यानल सफा गर्ने सिटी सोलारका कर्मचारीले बताएका छन् । केही वर्ष अघि काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँँमा उज्यालोका लागि सोलार बत्ती जडान गर्न ठेक्का आह्वान गरेको थियो । सोलार जडान गर्ने ठेक्का सिटी सोलारले पाएको थियो । सोलार जडानपछि प्रत्येक वर्ष सोलार सरसफाइको काम पनि सिटी सोलारले नै गर्दै आएको छ ।















 
                                        
                                                    केशब गुरुङ
                                                
                                            
                                                                                            केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                