कार्यक्रममा ललितपुर महानगरपालिका भित्रका स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधिको उपस्थिति थियो ।
ललितपुर महानगरपालिकाले १०४ औं स्थापना दिवसको अवसरमा फोटो प्रदर्शनीको गरेको छ। ललितपुर नगर प्रहरीको संयोजनमा प्रदर्शनी आयोजना भएको हो ।
सुनुवार जातिले काठमाडौंको टुँडिखेलमा चण्डी नाच नाचेका छन् ।
शनिबार ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । समावेशी विकासका लागि रुपान्तरिक समाधान : पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान् सृजनशीलताको प्रावधान’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै शक्तिलाई जोड्नसक्ने नेतृत्व आवश्यक भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “नेतृत्वले चाहेमा दश वर्षमा विकासको क्षेत्रमा कायापलट गर्न सक्छ। विकासमा चमत्कार गर्न सक्ने र सबैको चाहना बुझ्ने नेतृत्व चाहिएको छ।”
काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि भर्ना गरिएको म्यादी प्रहरीको बिदाइ गरिएको छ ।
ललितपुरको क्षेत्र नं ३ को मतगणना जावलाखेलस्थित स्थानिय विकास प्रशिक्षण प्रतिष्ठाको हलमा भइरहेको छ ।
भोलि मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यकाे निर्वाचनको लागि ललितपुरमा मतदान केन्द्रको काम धमाधम भइरहेका छन् ।
सिटी साेलारले काठमाडौं महानगरपालिकामा जडित सोलार प्यानल सफा गर्न थालेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको सडक किनारमा रहेको रुख काटिएको छ । रुख ठुलो भएर विद्युत् तारलाई छोएर करेन्ट सर्ट हुने व्यक्तिको घरमा असर पुर्याउने गरेको उजुरी पछि काठमाडौँ महानगरपालिकाले त्यस क्षेत्रको रुख मंगलबार बिहान काटेका हुन् । काठमाडौँ महानगरपालिकाका अनुसार करिब दुई दर्जन बढी रुख काटिएको जनाएको छ ।
न्युरोडस्थित सङ्कटा मन्दिरमा शनिबार भक्तजनको भीड लागेको छ। कात्तिक महिनाको अन्तिम शनिबार संकटा मन्दिरमा भीड लागेको हो।
मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागेको छ। मंगलबार साँझ ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेको हो।
उपत्यकामा कुपण्डोलबाहेक कमलपोखरी, गौरीघाट, मनोहरा, टेकु लागायत क्षेत्रमा पूजापाठ गरेर छठपर्व मनाइएको छ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिइन्छ ।